• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

गायक थापालाई उपचार गर्न सहयोग

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
  • १४१९ पाठक संख्या
  • Singer Thapa

    चाैतारा । लोकदोहोरी, घाँसेलगायत गीतबाट चर्चा बटुलेका गायक तथा सर्जक रेशम थापाको उपचारका लागि सहयोग प्रदान गरिएको छ।

    गायक थापाको गृहजिल्ला सिन्धुपाल्चोकको जलवीरे, बतासे लगायतको ठाउँबाट संकलित एक लाख ४३ हजार ७० रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको हो। बलेफी गाउँपालिका–१ का वडाध्यक्ष हुपबहादुर खड्का, राप्रपा युवा नेता दीपक थापा र जलवीरे युवा क्लबले गायक थापाको उपचारका लागि सहयोग संकलन गरेका थिए।

    उनको उपचार भइरहेको अन्नपूर्ण न्यूरो अस्पतल माइतीघरमा पुगेर स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम हस्तान्तरण गरिएको क्लबका सचिव दिपेन्द्र थापाले जानकारी दिए। गायक थापा अचानक बिरामी भई अस्पतालमा उपचाररत रहेको खबर पाएपछि सहयोग संकलनमा आफूहरू जुटेको उनले बताए।

    सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका–२ बतासे बालुवा टोल स्थायी घर भएका थापाको उच्च रक्तचापका कारण अस्वस्थ भएपछि भदौ १० गते अस्पताल भर्ना गरिएको थियो। उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको र मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

    उपचारका लागि ठूलो धनराशी खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै राष्ट्रिय संगीतकर्मी संघलेसमेत विज्ञप्ति जारी गर्दै उपचारका लागि सहयोगको अपिल गरेको छ। संघका संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका थापाले ‘रुमालै छ चिनो, मेरो फोटो किन पो जलायौ, सरिता, मेरै भन्थेऊ अर्कैलाई सुहायौ, छुट्नै परे बीस पिउला नि, मेरो झल्को मेटाउने को पायौ, नउने आमा मखमली, पराई घरमा, फुल्यो जमुना, बेसी टारी खेत’जस्ता सयौं गीत गाएका छन्।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution