• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

दसैं अगाडि मेलम्चीको पानी वितरण नहुने

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
  • ६९५ पाठक संख्या
  • Melamchi Hedwax

    मेल्मची । पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।

    आयोजनाको हेडवर्क्सअन्तर्गत काठमाडौं पानी पठाउने मुख्य स्थान १ नम्बर गेट र पानी खोल्ने तथा बन्द गर्ने ९ नम्बर गेट बाहिर बाढीले ढुंगामाटो ल्याई थुपारेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए। ‘ढुंगा माटोले पुर्दा के कति क्षति भयो भन्नेचाहिँ वर्षात् रोकिएपछि मात्रै थाहा हुन्छ। अहिले मुहान क्षेत्रमा जानसक्ने अवस्था नै छैन,’ उनले भने, ‘प्राविधिकहरूले भनेअनुसार १५/१६ मिटरको गेग्रान हेडवर्क्स र सुरुङक्षेत्र वरिपरि थुप्रिएको छ।’

    बाढीले सडक र गोरेटो बाटोसमेत बगाएकाले आयोजनाका कर्मचारी हेडवर्क्ससम्म जान नसकेका श्रेष्ठले बताए। वर्षात् रोकिएलगत्तै प्राविधिकहरूको टोली पठाएर कति क्षति भयो र अब के गर्ने भन्ने योजना बनाइने उनले जनाए। कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मुहानको अवस्थाबारे जानकारी लिन ड्रोनको प्रयोग गरिएको थियो। ड्रोनले खिचेको भिडियोमा हेलम्बुको भ्रेमाथाङ आसपासबाट बाढीले बगाएर ल्याएको लेदो माटो र ढुंगा हेडवर्क्स वरपर थुप्रिएको देखिएको उनले जनाए। गेग्रानले हेडवर्क्स क्षेत्रमा क्षति बनाएको जानकारी मुख्य ऋणदाता एसियाली विकास बैंकलाई गराइसकेको आयोजनाले जनाएको छ।

    हेडवर्क्समा क्षति भएसँगै दसैं अगाडि मेलम्चीको पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ। ‘अहिलेको अवस्था हेर्दा दसैं अगाडि राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन सक्ने देखिँदैन’, कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हेडवर्क्सको अस्थायी मर्मत गर्न दुई महिनाभन्दा बढी लाग्छ, त्यसमा पनि के कति क्षति भयो भन्ने नै यकिन हुन सकिएको छैन।’ सकेसम्म दु्रत गतिमा राजधानीवासीलाई पानी खुवाउन आफू प्रयत्नशील रहने उनले बताए।

    असारको अन्तिम साता नै आयोजनाले काठमाडाैतर्फ पानी पठाउने कार्य बन्द गरेको कारण सुरुङमा भने क्षति नभएको अनुमान आयोजनाको छ। ‘हामीले बाढी पहिरोको जोखिम देखिएलगत्तै पानी पथान्तरण रोकेका थियौं’, श्रेष्ठले भने, ‘त्यसकारण सुरुङमा ठूलै क्षतिचाहिँ पुगेको छैन भन्ने हाम्रो अनुमान छ।’ मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बाढी आएपछि असार १८ बाट आयोजनाको अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी हाल्न रोकिएको थियो।

    बाढीले हेडवर्क्समा क्षति पुर्‍याएपछि गत वर्ष काम चलाएको रूपमा फलामको पाता राखेर पानी बन्द गरिएको थियो। यो वर्ष हेडवर्क्समा सिलिन्डर जडान गर्ने र १ नम्बर गेटमा जाली राखिएको थियो। ‘अहिले ग्रेगानले बनाएको क्षति अघिल्लो सालको भन्दा बढी रहेको अनुमान गरेका छौं’, आयोजनाका इन्जिनियर पदम कुँवरले भने, ‘माथिबाट आएको ढुंगा माटोले गेट नै छोपिएको छ।’

    २०७८ असार १ मा आएको बाढीले यसअघि अम्बाथानमा निर्माण गरिएको मुहानस्थल क्षति पुर्‍याएपछि सरकारले भौगोलिक रूपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोजिरहेको छ। बाढीपछि तयार भएर सञ्चालनको तयारी अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र मुहानस्थल पुरिएको छ। जसको मर्मत हुन सकेको छैन। नदीको सतहभन्दा मुनि परेका अन्य संरचनाहरूको अवस्था के छ भन्ने अहिलेसम्म खोतलेर हेर्न नसकिएको आयोजनाले जनाएको छ।

    पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ। मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो। सोही वर्षको चैत १५ देखि परीक्षण स्वरूप पानी वितरण गरिएको थियो। तर, २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्‍याएपछि पानी वितरण बन्द भएको थियो। तर, मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution