• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

स्थानीय तहका कर्मचारी आन्दोलित, निजामती दिवस बहिस्कार गर्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०८० भाद्र १९, मंगलबार (२ साल अघि)
  • ६०८ पाठक संख्या
  • Balephi

    बलेफी । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा र वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन्।

    गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाललाई मंगलबार ८ बुँदे मागसहितको संयुक्त विज्ञप्ति बुझाउँदै कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका हुन्। प्रस्तावित संघीय निजामती ऐनको मस्यौदाप्रति विमति जनाउँदै उनीहरूले राखेको ८ बुँदे माग सम्बोधन नभए भदौ २२ गते मनाइने निजामती सेवा दिवस बहिस्कार गर्ने र कालो पट्टी बाँधी विरोध जनाउने बताएका छन्।

    प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भने विभेदकारी नीति राखिएप्रति कर्मचारीको विमति छ। संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, सेवा समूहका आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय रूपमा गर्नुपर्ने कर्मचारीहरूको माग छ।

    त्यस्तै अन्तरप्रदेश सरुवाको व्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै खुलाउनुपर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरूलाई समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवासुविधा र वृद्धि विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवा अन्तर्गतको सेवा मध्येबाट हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनीहरूको माग छ।

    ज्ञापनपत्र बुझाउँदै बलेफी गाउँपालिकाका पशु सेवा प्राविधिक दिपेन्द्र दंगालले सरकारले कर्मचारीलाई विभेद गरेको जनाए। प्रस्तावित संघीय निजामती ऐनको मस्यौदामा आफ्ना मागहरूलाई नसमेटिए थप आन्दोलन गर्ने उनले चेतावनी दिए।

    ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहालले कर्मचारीहरूको मागलाई सम्बन्धित निकायमा पुर्‍याउने बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते स्थानीय सरकारलाई निजामती सेवा दिवस मनाउन पत्राचार गरेको थियो। मन्त्रालयले कर्मचारीप्रति ध्यान नदिई दिवसलाई मात्रै महत्व दिएको उनीहरूको आरोप छ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution