• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन १, सोमबार (२ साल अघि)
  • ६५१ पाठक संख्या
  • uml-logo_dampboJyTg

    काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम लगभग सकिएको छ । यही असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमालेले जनाएको छ ।

    एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले एकाधबाहेक सबै जिल्लाको प्रतिनिधि छनोटको काम सकिएको बताए । पाण्डेका अनुसार ललितपुर महानगर र भक्तपुरको एक स्थानीय तहबाट प्रतिनिधि छनोट हुन बाँकी नै छ । ‘यी तहमा बुधवार प्रतिनिधि छनोट भइसक्छन्’, पाण्डेको भनाइ छ । एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । यो जिल्लाबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् ।

    त्यस्तै काठमाडौँपछि काभ्रेबाट १२५ र तेस्रोमा मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । त्यसैगरी धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । यो संख्या जोड्दा एकहजार ११३ जना हुन आउँछ । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् । यो संख्या जोड्दा १२ सय ८ पुग्छ ।

    ८० प्रतिशत प्रतिनिधि सर्वसम्मत छनोट भएको पाण्डेले जानकारी दिए । त्यसैगरी  यसबाहेक प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत हुनेछन् । यो समेत जोड्दा एमाले बागमती प्रदेशमा प्रतिनिधिको संख्या १२ सय ५० हाराहारी पुग्ने एमाले प्रदेश कमिटीका उपसचिव महेश वर्तौलाले जानकारी दिए ।

    काठमाडौँको भृकुटीमण्डपमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । प्रदेश कमिटीको अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा बागमतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वको लिने आकांक्षा देखाएका छन् । बागमती प्रदेशमा  एमालेका एक लाख नौ हजार संगठित सदस्य रहेका छन् । तीमध्येबाट साढे १२ सयको हाराहारी प्रतिनिधि छनोट भएका हुन् । एमालेले १२५ संगठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० संगठित सदस्य बराबर एकजना प्रतिनिधि छानिएका छन् ।

    त्यस्तै २२ जनसंगठन रहेकामा एक जनसंगठन बराबर २ र तीन जना छनोट हुने व्यवस्था गरेको छ । त्यस्तै ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution