• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

संविधानको उपलब्धीबारे परिसम्वाद

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन ३, बुधबार (२ साल अघि)
  • ६८२ पाठक संख्या
  • Parisambad

    चौतारा । संविधान दिवस– २०८० का अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति सिन्धुपाल्चोकले संविधानको उपलब्धीबारे परिसम्वाद गरेको छ ।

    शहीद प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटाले नेपालको संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता धेरै महत्वपूर्ण पक्ष रहेको बताए । नेपाल जस्तो जातीय, क्षेत्रीय विविधतायुक्त मुलुकमा संघीयता अनिवार्य रहेको भन्दै उनले संघीयताले दिएको अवसरलाई ग्रहण गर्न नसकिएको बताए । ‘अहिले भएका मन्त्रालय फुटाएर भागवण्डा गर्ने, संघीयताको गलत उपयोग र विश्लेषण गर्ने प्रवृत्ति बढेको छ’, उनले भने– ‘यसले गर्दा संघीयताले सोचेजस्तो फस्टाउने मौका पाएको छैन ।’

    सापकोटाले सच्चा गणतन्त्रवादीहरुले संविधानको रक्षाको पिल्लर बनेर उभिनुपर्ने बताए । उनले संविधानमा समेटिएका केहि विषयहरुमा विमत्ति रहेपनि अहिलेको अवस्थामा संविधानको रक्षा र कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको बताए । ‘संविधानमा भएका विमत्तिहरुलाई सुल्झाउन सकिन्छ,’ उनले भने– ‘जनचाहनालाई अग्रगामी रुपान्तरण गर्नु नै आजको अभिभारा हो ।’ नेकपा (माओवादी केन्द्र) ले बलदिँदो परिस्थिति अनुकुल पार्टीको विचारको विकास गर्नुपर्नेपर्नेमा उनले जोड दिए ।

    परिसम्वाद् कार्यक्रममा संघीय सांसद् एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटाले संविधानमा भएका आधारभूत अपरिवर्तनीय विषयवाहेक संसोधन गरेर लैजान सकिने बताए । ‘मौलिक हकका हिसावले, समानुपातिक समावेशीताको हिसाबले र जनताप्रति उत्तरदायी रहेको कोणबाट हेर्दा विश्वका उत्कृष्ठ संविधानमध्ये नेपालको संविधान पनि लिईन्छ’, सापकोटाले भने– ‘अबको कार्यभार भनेको संविधानको जगमा टेकेर आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्नु हो ।’

    नेपाली राजनीतिमा एउटा शक्तिले परिवर्तनलाई उल्ट्याउन जोडबल गरिरहेको भन्दै उनले संघीयताको बिरुद्धमा आक्रमक तरिका उत्रिन थालेको बताए । ‘संविधानबिरुद्धको भ्रमहरु चिर्ने र संविधानमा भएको त्रुटी, कमजोरीहरुलाई सच्याउन रचनात्मक प्रयत्न गर्नुनै अहिलेको कार्यभार हो’, सांसद सापकोटाले भने– ‘समय अनुकुल परिवर्तन र संविधानलाई कार्यान्वयन गर्न चाहिले ऐन, नियम, कानुन बनाउन जोडबल दिनुपर्छ । प्राप्त व्यवस्थालाई संस्थागत गर्दै संघीयतालाई सवलिकरण गर्न जोड दिनु आवश्यक छ ।’

    सुशासन र समृद्धि एक अर्का अन्र्तरसम्बन्धित विषय भएको भन्दै उनले भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासन लागु नगर्दासम्म देश समृद्धिको दिशामा नजाने धारणा व्यक्त गरे । ‘नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन नसके हामी समृद्धितर्फ जान सक्दैनौं, सुशासनसहितको समृद्धि नभईकन हामी समाजवादमा जान सक्दैनौं’, उनले भने– ‘त्यसको लागि भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नु एउटा खुट्किलो हो ।’ सांसद् सापकोटाले निरन्तरताको शासन भन्दा फरक कोणबाट शासन व्यवस्था अंगिकार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सचिवालय सदस्य गणेश विकले संविधानसभाबाट संविधान बनाउने कुरा ऐतिहासिक महत्वको विषय रहेको बताउँदै जनता नै सार्वभौमसत्ता सम्पन्न बन्ने कुरा लोकतन्त्रको आधारभूत पक्ष रहेको बताए । संविधानका मूलभूल विषयलाई जोगाउँदै उन्नत प्रकारको समृद्ध समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले विभिन्न बहानामा यसलाई उल्ट्याउन खोज्ने प्रवृत्तिबाट हामी सतर्क रहनुपर्नेमा जोड दिए ।

    अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला सचिव सुवास गौतमले सहजिकरण गरेको कार्यक्रममा जिल्ला अध्यक्ष क्षितिज तामाङले कार्यक्रम गर्नुको मूल ध्येयबारे प्रष्ट्याएका थिए । कार्यक्रममा नागरिक समाज, बुद्धिजीवि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, विभिन्न संघ संगठनका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    परिसम्वाद कार्यक्रमलाई समापन गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले संविधानले प्रदान गरेको व्यवस्थालाई बुझ्न नसक्दा नागरिकले त्यसको उपयोग गर्न नसकेको बताए । ‘संविधानमा कयौं राम्रा पक्षहरु छन् त्यसको उपयोग गर्ने र भएका त्रुटीहरुलाई सच्याउन हामीले मत हालेर पठाएका सांसदहरुलाई रचनात्मक दवाव दिनु पर्दछ’, उनले भने– ‘अहिले अध्ययन संस्कृति कम हुँदै गएको र सतही विश्लेषणमा धारणा बनाउने कारणले संविधानको उपलब्धी ओझेलमा पर्दै गएको छ । यसलाई बौद्धिक वर्गले चिर्न जरुरी छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution