• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

मित्रता संघको अध्यक्षमा तामाङ

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन १३, शनिबार (२ साल अघि)
  • १२३२ पाठक संख्या
  • Mitrata Sang

    चौतारा । चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ९ जितपुरमा रहेको मित्रता संघको अध्यक्षमा मंगले तामाङ निर्वाचित भएका छन् ।

    शुक्रबार गोल्मादेवी माद्यमिक विद्यालयमा भएको ९औं अधिवेशन एवम् १३औं वार्षिक साधारणसभाले तामाङको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत् निर्वाचित गरेको हो । उपाध्यक्षमा कृष्णबहादुर आराण, सचिवमा गंगा तामाङ र कोषध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, प्रेमबहादुर तामाङ, लोपन लामा, लालकाजी तामाङ, अस्मिता तामाङ, रिता तामाङ र रामबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएको संघको कार्यकारी निर्देशक विष्णु लामाले जानकारी दिए ।

    Mitrata

    संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गरिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले मित्रता संघले असहाय बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउन गरेको योगदानलाई सम्मान गर्नुपर्ने बताए । सरकारले गर्नुपर्ने कर्तव्यलाई एउटा सामाजिक संस्थाले गर्नु भनेको गर्वलायक भएको उनको भनाई थियो ।

    मित्रता संघलाई गतिशील बनाउन नगरपालिका सदैव तत्पर रहेको भन्दै नगरप्रमुख सापकोटाले सकारात्मक सोच राखेर सामाजिक कार्यमा लाग्न संघलाई आग्रह गरे । पूर्वाग्रह र संकृणताले समाजलाई उन्नति हुन नदिने बताउँदै उनले आफ्नो पथमा निरन्तर लाग्नुपर्नेमा जोड दिए ।

    Mitrata

    कार्यक्रममा संघको कार्यकारी निर्देशक विष्णु लामाले आर्थिक वर्ष २०७९/८० को प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बालबालिकालाई शिक्षित, सवल, सक्षम, आत्मनिर्भर बनाउँदै गुणस्तरीय शिक्षाको विकास गर्नु संघको लक्ष्य रहेको बताउँदै बालमैत्री समाजको लागि शिक्षामार्फत आर्थिक विकासमा सम्मान सहभागिता सुनिश्चित गर्न संघ लागिरहेको बताए । संघले समुदायमा आधारित कार्यक्रम अन्र्तगत स्थानीयको आयआर्जनमा टेवा पुर्याउनने, स्वास्थ्यमा पहुँच पुर्याउन विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गरेको लामाको भनाई थियो ।

    itrata

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका महिला बालबालिका शाखा प्रमुख दुर्गाप्रसाद ढुङ्गेलले सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा मासमाजसेवी सिताराम गिरी, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष, समाजसेवी एवम् शिक्षक कृष्णबहादुर तामाङ, गोल्मादेवी माविका प्रधानाध्यापक ज्ञानबहादुर तामाङ लगायतले अधिवेशन एवम् वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमका बीच बालबालिकाले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । सो कार्यक्रम संघका अध्यक्ष हरिचन्द्र भारतीको अध्यक्षतामा भएको थियो ।

    itrata

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution