• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २८, शनिबार | Saturday, 12, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (१ साल अघि)
  • ६७२ पाठक संख्या
  • Malikadevi Cup

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको तेस्रो संस्करण सुरु भएको छ ।

    मेलचौर युवा जागरण समाजको आयोजनामा खुला ७ ए साइड नगर कप प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । एक साता चल्ने प्रतियोगितामा अन्तरजिल्लासहित २७ टोलीले भाग लिएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । नकआउटको आधारमा खेलाइने प्रतियोगिताको उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको पहिलो दिन मेलचौर युवा जागरण समाज बि र शहीद स्मृति युवा क्लव बि बीच खेल भएको थियो । सो खेलमा मेलचौर युवा जागरण समाज बिले शहीद स्मृति युवा क्लव बिलाई ३–१ गोल अन्तरले पराजित गर्यो । मेलचौर युवा जागरण समाज बिका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेल धार्पा युवा क्लव र इन्द्रध्वज गणबीच भएको थियो । खेलमा इन्द्रध्वज गणले धार्पा युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । त्यस्तै फाइभ स्टार युवा क्लव र धोबिखोला युवा क्लवबीच भएको तेस्रो खेलमा फाइभ स्टारले धोबिखोलालाई ८–३ गोल अन्तरले पराजित गर्यो । सो खेलमा फाइभ स्टारका रोशन मगर म्यान अफ द म्याच घोषित भए ।

    पहिलो दिनको अन्तिम खेल थुम्की डाँडा युवा क्लब र भिमेश्वरी समाजसेवा क्लबबीच भएको थियो । थुम्की डाँडा युवा क्लबसँग १–० गोल अन्तरले भिमेश्वरी समाजसेवा क्लब पराजीत बन्यो । सो खेलमा थुम्की डाँडाका खेलाडी आकाश सापकोटा र म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगिताको दोस्रो दिन ५ टोलीले खेल्ने जागरण समाजका सचिव सविन दंगालले जानकारी दिए । बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर छ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लव, दिउँसो ४ बजे शहीद स्मृति युवा क्लव ए र रोयल फ्यामेलीबीच प्रतिष्पर्धा हुने जनाईएको छ ।

    कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए । जागरण समाजले विगत तीन वर्षदेखि विजया दशमी तथा शुभदिपावलीको अवसरमा वर्षेनी यो प्रतियोगिता गर्दै आएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution