• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (२ साल अघि)
  • ८२५ पाठक संख्या
  • Malikadevi Cup

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा जिल्लाकै चर्चित फुटबल प्रतियोगिता मालिकादेवी कपको तेस्रो संस्करण सुरु भएको छ ।

    मेलचौर युवा जागरण समाजको आयोजनामा खुला ७ ए साइड नगर कप प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । एक साता चल्ने प्रतियोगितामा अन्तरजिल्लासहित २७ टोलीले भाग लिएको आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ । नकआउटको आधारमा खेलाइने प्रतियोगिताको उपबिजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ हात पार्ने जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको पहिलो दिन मेलचौर युवा जागरण समाज बि र शहीद स्मृति युवा क्लव बि बीच खेल भएको थियो । सो खेलमा मेलचौर युवा जागरण समाज बिले शहीद स्मृति युवा क्लव बिलाई ३–१ गोल अन्तरले पराजित गर्यो । मेलचौर युवा जागरण समाज बिका बिपिन गिरी म्यान अफ द म्याच घोषित भए ।

    दोस्रो खेल धार्पा युवा क्लव र इन्द्रध्वज गणबीच भएको थियो । खेलमा इन्द्रध्वज गणले धार्पा युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गर्यो । त्यस्तै फाइभ स्टार युवा क्लव र धोबिखोला युवा क्लवबीच भएको तेस्रो खेलमा फाइभ स्टारले धोबिखोलालाई ८–३ गोल अन्तरले पराजित गर्यो । सो खेलमा फाइभ स्टारका रोशन मगर म्यान अफ द म्याच घोषित भए ।

    पहिलो दिनको अन्तिम खेल थुम्की डाँडा युवा क्लब र भिमेश्वरी समाजसेवा क्लबबीच भएको थियो । थुम्की डाँडा युवा क्लबसँग १–० गोल अन्तरले भिमेश्वरी समाजसेवा क्लब पराजीत बन्यो । सो खेलमा थुम्की डाँडाका खेलाडी आकाश सापकोटा र म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगिताको दोस्रो दिन ५ टोलीले खेल्ने जागरण समाजका सचिव सविन दंगालले जानकारी दिए । बिहान ७ः३० बजे वडा नम्बर ८ र जल्किने युथ क्लब, बिहान ९ बजे वडा नम्बर छ र जिल्ला प्रहरी कार्यालय, दिउँसो १ बजे सुकुटे युवा जागरण र वडा नम्बर ४, दिउँसो २ः३० बजे चौतारा ५ युवा क्लव र सिंहमति युवा क्लव, दिउँसो ४ बजे शहीद स्मृति युवा क्लव ए र रोयल फ्यामेलीबीच प्रतिष्पर्धा हुने जनाईएको छ ।

    कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गरेका थिए । जागरण समाजले विगत तीन वर्षदेखि विजया दशमी तथा शुभदिपावलीको अवसरमा वर्षेनी यो प्रतियोगिता गर्दै आएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution