• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

१४औं वर्षमा मैत्री बचत तथा ऋण सहकारी, विद्यार्थी र बचतकर्तालाई सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (२ साल अघि)
  • ८४८ पाठक संख्या
  • Maitri Bachat

    चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ कार्यक्षेत्र रहेको मैत्री बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिक साधरणसभा गरेको छ ।

    साधारण सभाको अवसरमा शनिबार सहकारीले विद्यार्थी र बचतकर्ताहरुलाई सम्मान गरेको छ । सिद्धिगणेश माद्यमिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई प्लसटू र एसईई उत्र्तीण गरेका शेयर सदस्यका सन्ततिलाई सहकारीले सम्मान गरेको हो । प्लसटू तर्फ उत्कृष्ट अंक ल्याई उत्र्तीण हुने श्रीजन दुलाल, विवेक लामिछाने, भुवन चौलागाई, सूर्य दुलाल र आयुष्मा नेपाललाई मायाको चिनोसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

    त्यस्तै एसईई तर्फ उत्कृष्ट अंक ल्याई उत्र्तीण हुने विकेश धिताल, आषिश नेपाल, रोशिना घिमिरे, आस्था श्रेष्ठ र सुस्मिता दुलाललाई मायाको चिनोसहित सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा रोशिना घिमिरेलाई नगद ५ हजार रुपैंयाको छात्रवृत्ति प्रदान गरिएको सहकारी संस्थाका सचिव कमलप्रसाद दुलालले जानकारी दिए ।

    सहकारीले उत्कृष्ट बचतकर्ताहरुलाई समेत सम्मान गरेको छ । उत्कृष्ट कोपिला बचत सम्मानबाट पुजन धिताल, उत्कृष्ट बचतकर्ता सम्मानबाट धनमाया रानामगर, उत्कृष्ट नियमित बचतकर्ता सम्मानबाट श्यामलाल दुलाल, उत्कृष्ट सामाजिक बचतकर्ता सम्मानबाट सीता नेपाल र उत्कृष्ट ऋणी सम्मानबाट रामजी सापकोटा सम्मानित भएका हुन् ।

    Maitri Bachat2

    ६ सय ६८ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ६८ लाख ५८ हजार ३ सय ६५ रुपैंया रहेको कोषाध्यक्ष जगतप्रसाद चौलागाईले जानकारी दिए । गत वर्षको तुलनामा २७ लाख ८८ हजार ३ सय ४३ रुपैंयाले शेयर पूँजी बृद्धि भएको उनको भनाई छ ।

    साधरणसभालाई सम्बोधन गर्दै बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ४० जना सदस्यबाट सहकारीको सुरुवात गरेको स्मरण गर्दै सहकारीले शेयर सदस्य र पूँजीमा बृद्धि गरेकोमा खुशी ब्यक्त गरे । ‘सहकारी आर्थिक समृद्धिको एउटा आधार हो, सहि ढंगले सहकारी सञ्चालन गर्दा निम्न वर्गलाई फाईदा पुग्छ भन्ने उदाहरण यो सहकारीले प्रस्तुत गरेको छ’, उनले भने– ‘हामीले सानो संख्या र सानो पूँजीबाट सुरु गरेको सहकारीले फड्को मार्नु गौरवको कार्य हो ।’

    स्थानीलाई आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यले सुरुवात गरेको सहकारीलाई सबै स्थानीय मिलेर अगाडि बढाउनुपर्नेमा मन्त्री दुलालले जोड दिए । समाजलाई पूँजीमा टेवा पुर्याउन सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले सहकारीका सदस्यहरुले पालना गनुपर्ने नियमहरु पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए ।

    Maitri Bachat1

    सहकारीका अध्यक्ष रुपक धितालले शेयर सदस्यहरुको आर्थिक उन्नतिको लागि सहकारीको क्षेत्र विस्तारको नीति ल्याएको बताए । ‘हामीले शेयर सदस्यहरुलाई ध्यानमा राख्दै सुत्केरी पोषण कार्यक्रम, स्वरोजगारी बृद्धिको लागि विभिन्न योजनाहरु ल्याएका छौं’, उनले भने– ‘यस्ता कार्यक्रमले शेयर सदस्यहरुको आर्थिक प्रगतिमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’

    कार्यक्रमकै बीच बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललाई सम्मान गरिएको थियो भने सहकारीका पूर्व अध्यक्ष बालकृष्ण लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो । साधारण सभाले आगामी कार्ययोजना, लेखा परीक्षण प्रतिवेदन, लाभासं दर, सञ्चालक समितिले गरेको निर्णयलाई पारित समेत गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution