• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २४, मंगलबार | Tuesday, 08, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

सम्पत्ति बेचेरै भए पनि प्रतियोगिता सम्पन्न गर्छुः अध्यक्ष भण्डारी

ग्लोबलपाटीप्रकाशित मिति: २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • ६१० पाठक संख्या
  • Tekwando

    चौतारा । तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी मंसिर १९ र २० गते बाह्रबिसेमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।

    ‘प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ । प्रतियोगिता स्थल, बसोबासलगायतको काम अन्तिम चरणमा पुगेको छ’, अध्यक्ष भण्डारीले भने– ‘खेलाडीसँग दर्ता शुल्क पनि लिँदैनौं र खानेबस्ने सबै सुविधा आयोजकले बेहोर्ने छौं ।’ दुई दिने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ र आयोजकको एक गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदलगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्ने छन् ।

    प्रतियोगितामा ग्योरोगीतर्फ १२ सिनियर र चार जुनियर गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुम्सेमा महिला तथा पुरुष एकल, पेयर र टिम पुम्सेमा प्रतिस्पर्धा हुनेछ । बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुन लागेको प्रतियोगिताको टिम च्याम्पियनले ७० हजार नगद पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । आयोजक टोलीका स्वर्ण विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

    २०५४ सालमा बाह्रबिसे डोजाङमार्फत सिन्धुपाल्चोकमा तेक्वान्दो भित्र्याएका भण्डारीले २०६९ सालमा पहिलो र २०७१ सालमा दोस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेका थिए । ‘यो तेस्रो प्रतियोगिता गर्न २० लाख भन्दा बढी लाग्ने अनुमान गरेका छौं’, भण्डारीले भने– ‘यो रकम हामीसँग छैन । हामीले विभिन्न निकायलाई सहयोग मागेका छौं । त्यो पनि अपुग भयो भने सम्पत्ति बेचेर भएपनि प्रतियोगिता सम्पन्न गर्छु ।’ उनले प्रतियोगिताको सुरुवात गर्न आफूले लगाएको सुनको सिक्री बेचेको बताए ।

    बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएका भण्डारीको अभियानलाई अगाडि बढाउन र नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउन प्रतियोगितामा सहआयोजकका रुपमा जोडिएको बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution