• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

मेलम्चीको पानी निर्धारित समयमै पठान्तरण हुन्छः खानेपानी मन्त्री यादव

ग्लोबलपाटीप्रकाशित मिति: २०८० पौष १३, शुक्रबार (२ साल अघि)
  • ६८६ पाठक संख्या
  • Melamchi Mantri

    मेलम्ची । खानेपानी मन्त्री महेन्द्रराय यादवले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौमा पुग्ने बताएका छन् ।

    शुक्रबार आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागी आएका मन्त्री यादवले माघको पहिलो सातानै पानी काठमाडौ पुग्ने दावी गरे । मन्त्री यादवले द्रुत गतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौमा पुग्ने कुरामा ढुक्क हुन उपत्यका वासीमा आग्रह गरे । आयोजनाका स्थानीय भेण्डरहरु, सप्लायर्स लगायतको समस्या समाधान गर्ने प्रतिबद्धता पछि अहिले तिव्र गतिमा काम भइरहेकाले बताउँदै उनले तोकिएकै मितिमा पानी झार्न सकिने बताए ।

    ‘मैले पटक पटक मेलम्ची खानेपानी आयोजनाको अध्ययन र अनुगमन गरिरहेको छु’, मन्त्री यादवले भने– ‘पछिल्लो अवस्था हेर्दा काम द्रुत गतिमा भईरहेको देखिन्छ । हामीले माघको पहिलो साता नै काठमाण्डौमा पानी लैजाने गरी काम गर्न चिनिया ठेकेदार कम्पनीलाई भनेका छौं ।’ पानी पठान्तरणको लागि अन्तिम तयारी भईरहेको भन्दै राजधानीबासीलाई पानी उपभोग गर्न पाउनेमा ढुक्क रहन उनले आग्रह गरे ।

    अम्बाथान स्थित ९ नम्बर, २१ नम्बर र १७ नम्बरको गेट सफा गर्ने काम भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए । उनले यहि गतिमा काम भइरहने हो भने लक्ष्य अनुसार पानी पठाउन सकिने बताए । दैनिक १६ घण्टा ३० देखि ३५ जना कामदारले काम गरिरहेको बताउँदै कुँवरले सरकारको लक्ष्य अनुसार पानी पठाउने गरि काम भइरहेको बताए ।

    ‘कुनै अवरोध नहुने र ठेकेदारले यहि गतिमा काम गर्ने हो भने समयमै पानी काठमाण्डौ जाने विश्वास व्यक्त गर्न सकिन्छ’, कुँवरले भने– ‘त्यसको लागि सबै क्षेत्रले आयोजनालाई सघाउनुपर्ने हुन्छ ।’ माघको पहिलो साताबाटै दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने सरकारको तयारी छ ।

    अवलोकनमा मन्त्री यादवसंगै प्रदेश सभा सदस्य कौशल किशोर राय, खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारी, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य बिष्णुमणी आचार्यलगायको समूह अम्बाथान पुगेको हो ।

    आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाए पनि पुस लाग्दासमेत वितरण गर्न नसकेपछि काठमाडौमा विरोध भइरहेको छ । सरकारी निकायको ढिलासुस्तीका कारण ६ महिनामा पनि पानी वितरण नभएपछि उपत्यका वासीले असन्तुष्टि जनाउँदै आएका थिए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution