• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

निलो क्रान्ति मेलम्चीबाट सुरु भयोः लामिछाने

ग्लोबलपाटीप्रकाशित मिति: २०८० माघ २१, आईतबार (२ साल अघि)
  • ९०७ पाठक संख्या
  • Rabi Lamixane

    मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टीले सिनधुपाल्चोकको मेलम्चीबाट दवाव अभियान सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै मेलम्ची खानेपानी आयोजनाको पूरा गर्न दबाब दिएको हो ।

    ‘हिजोको राता क्रान्तिमा रगत बग्यो, अबको नीलो क्रान्तिमा पसिना बगाउनुपर्छ’, लामिछानेले दवाव अभियानलाई सम्बोधन गर्दै भने– ‘नीलो क्रान्तिको सुरुवात मेलम्चीबाट भएको छ ।’ हस्तान्तरण गरिएको रित्तो गाग्रीहरु पानी भर्नको लागि पठाएको भन्दै उनले गाग्री भरिनु भनेको केवल भर्नु मात्र नभई जनताले पानी पिउन पाउनु पर्यो भनेर माग्नुपर्ने अवस्थाको अन्त्य गर्नु भएको बताए ।

    ‘अधिकारलाई माग बनाएर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नको लागि हामी यो यात्रामा होमिएका छौं’, लामिछानेले भने– ‘जनताले पानी पिउन पाउनु पर्यो भनेर माग्नुपर्ने, विद्यालय चाहियो भनेर माग्नुपर्ने, सडक राम्रो चाहियो भनेर माग्नु पर्ने अवस्था अन्त्य गर्न यो अभियान आएको हो ।’ जनतालाई दुःख दिएर होईन जनतालाई सुख दिने हेतु र नेताले अग्रसरता बनाउन आन्दोलनको परिकल्पना गरिएको उनले जनाए ।

    ६२ अर्ब खर्च भएको मेलम्ची आयोजना पूरा हुन नसक्नु पर्याप्त अध्ययन नभएको भन्दै लामिछानेले पहिरोको अध्ययन नगरिकन खन्याईएको पैसा जनतालाई भार पार्नु वाहेक अरु केहि नहुने टिप्पणी गरे । ‘एडिबीले बाँध सार्न सुझाव दिए पनि त्यसको पर्याप्त अध्ययन भएको छैन’, उनले भने– ‘मेलम्ची र हेलम्बु क्षेत्र अझै जोखिममा छन् ।’ हेलम्बु–मेलम्ची क्षेत्रका नागरिकले पाउनुपर्ने २० प्रतिशत रोयल्टी अहिलेसम्म नपाएको भन्दै रास्वपा त्यसको सुनिश्चितताको लागि उभिने बताए ।

    ‘हाम्रो युगमा क्रान्तिको, आन्दोलनको आवश्यकता छ तर त्यसको स्वरुप र प्रभावकारीता फरक हुनसक्छ’, उनले भने– ‘जनतालाई दुःख दिएर होईन नेताले दुःख गरेर जनतालाई सुख दिनु नै राजनीति कर्मीको मूल उद्देश्य हुनुपर्ने हो तर त्यस्तो हुन सकेन । त्यसैको खिलाफ आज हामी मेलम्ची बगरमा उभिएका छौं ।’

    जनतालाई अग्रपंक्तिमा होमेर आफू राजनीति गर्नेहरु पछाडी बस्ने दिन गएको भन्दै उनले जनताको भोटबाट शक्ति लिने र जनतालाई शासन गर्ने संस्कारलाई रास्वपाले पार्टीको झण्डा नबोकी विरोध गरेको बताए । ‘रास्वपाले ज्ञापन पत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैन, सरकारलाई समाधान पत्र बुझाउँछ’, उनले भने ।

    घण्ट बजाएर सुरु गरिएको दवाव अभियानलाई सम्बोधन गर्दै उससभाति डा. स्वर्णीम वाग्लेले मेलम्ची आयोजना भ्रष्टाचारको जननीको रुपमा देखिएको बताए । ‘६२ अर्ब लागतको आयोजना निकम्मा अवस्थामा पुगेको छ’, उनले भने– ‘ढिलासुस्ती र ऋणमाथी ऋण थुपरिएको, नियुक्तिको किनबेच गरेर भ्रष्टाचार गरेका कारण योजना पूरा हुन नसकेको देखिन्छ ।’ नीतिगत भ्रष्टाचार, आयोजनामा कृतिम वा प्राकृतिक अवरोध गरेर गरिने भ्रष्टाचार र निर्माण व्यवसायीले गर्ने भ्रष्टाचारका कारण मेलम्ची समयमै सम्पन्न हुन नसकेको वाग्लेले जिकिर गरे ।

    त्यस्तै महामन्त्री डा. मुकुल ढकालले मेलम्चीबाट सुरु गरेको निलो क्रान्ति जनतालाई दुःख दिएर होईन, आफैं दुःख पाएर गर्न लागेको बताए । ‘यो निलो क्रान्तिको अध्याय सुरु गरेको छौं’, उनले भने– ‘यो क्रान्तिको अध्याय आम जनताले सहयोग गरेपछि मात्र पूरा हुन्छ ।’ काठमाण्डौबासीले पानी खान पाएका छौनौं, खाली गाग्री बोकेर मेलम्चीको मुहानसम्म पानी दिन आएका छौं भन्ने प्रतिकको रुपमा गाग्री हस्तान्तरण गरिएको उनले बताए ।

    अभियानको क्रममा देशभरको २१ वटा आयोजनामा पुगेर सरकारलाई दवाव दिने रास्वपाले जनाएको छ । मेलम्चीसँगै चितवनको पुल्चोक–गोन्द्राङ सडक, भेडेटार–रवि–राँके सडक आयोजना, सगरमाथा राजमार्गको गाईघाट दिक्तेल सडक, सुनसरीको इनरुवा–देवानञ्ज–कावाखोच सडक, धनुसा–सिराहको कमला पुल, जनपुर परिक्रमा सडक योेजना, काठमाण्डौ तराई मधेश द्रुतमार्गमा पुगि दवाव दिने कार्यक्रम रहेको छ ।

    त्यस्तै काठमाण्डौ–नुवाकोट–रसुवा पासाङलामु सडक आयोजना, वागलुङ–भुर्तिवाङ सडक मध्यपहाडी राजमार्ग, चितवन–तहनुको घुमाउनेघाटको पुलसहित बुद्धसिङ मार्ग, गोरखाको ११ किलो छेपेटार भाुस्वाँरा बारपाक सडक, राप्तीको तुलसीपुर कपुरबोट शितलपाटी सडक, न्यू बुटवल गोरखपूर ट्रान्समिसन लाईन, लुम्विनी विकास गुरुयोजना, भेरी बबई, ड्राईभर्सन बहुउद्देश्यिय आयोजना, दैलेख खण्डको कर्णाली राजमार्ग, कोहलपूर सुर्खेत जुम्ला ट्रान्समिसन लाईन, महाकाली करिडोर, सुदुरपश्चिमको दैजी जोगबुढा सडक र धनगढी दीपायल फास्ट ट्रयाकमा पुगेर दवाव दिने अभियानको सदस्य सांसद शोभिता गौतमले बताईन् ।

    अभियान चैत्र २१ गते सम्म सञ्चालन हुने रास्वपाले जनाएको छ । मेलम्चीमा भएको अभियानको शुभारम्भमा २० जना सांसदसहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । मेलम्ची बगरबाट सो टोली मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथान र मेलम्ची–हेलम्बु पहिरोको स्थल भ्रेमाथाङ पुग्ने कार्यतालिका रहेको रास्वपा सिन्धुपाल्चोकको संयोजक माया गुरुङले जानकारी दिईन ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution