• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

जनयुद्ध दिवसको अवसरमा प्रेस सेन्टरले गर्यो वक्तृत्वकला

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन २, बुधबार (२ साल अघि)
  • ७४७ पाठक संख्या
  • Baktitwo Press Center

    चौतारा । २९औं जनयुद्ध दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले ‘परिवर्तनमा जनयुद्धको भुमिका’ विषयमा खुल्ला वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा मंगलबार आयोजित प्रतियोगितामा सरोज लामा प्रथम भएका छन् । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका– ७ की बेली दुलाल द्वितिय र जुगल गाउँपालिका– १ की जयन्ती बस्नेत तृतीय भईन् । प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमसः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैंया नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । बामपन्थी नेता विलबहादुर रायमाझी, नेपाल पत्रकार महासंघ काठमाण्डौका अध्यक्ष सूर्य सुवेदी, पत्रकार ध्रुव दंगालको समूहले प्रतियोगिताको मूल्याङ्कन गरेको थियो ।

    कार्यक्रममा प्रेस सेन्टर नेपालका सल्लाहकार एवम् प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले माओवादीले थालनी गरेको जनयुद्ध नोकरसाही, पुँजीपति, दलाल, शासकका विरुद्धमा गरिनुका साथै दलित, जनजाती, आदिवासी, थारु मुस्लिम, महिला, मजदुरको उन्मुक्तिका लागि गरिएको स्मरण गरे । ‘यो आन्दोलन संविधानसभाबाट संविधान जारी गर्ने, देशमा संघीयताको विकास गर्ने, केन्द्रिकृत राज्य सत्तालाई विकेन्द्रिकरण मार्फत जनताको घरदैलोसम्म पुर्याउननु पनि रहेको थियो’, उनले भने ।

    लोकतन्त्र, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता जस्ता मुल मुद्धाहरु पनि माओवादी आन्दोलनबाट नै सुरुवात भएर आजका दिनमा क्रमिक रुपमा रुपान्तरण पनि हुँदै गइरहेको बरालले बताए । जनयुद्धले समाजमा गरेको परिवर्तनलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले अहिले जनयुद्ध उपलब्धीहरु छाँयामा परेको जनाए । ‘युवा पुस्तालाई जनयुद्धले ल्याएको परिवर्तनको बारेमा सूचित गराउँदै गाउँ गाउँमा दुतको रुपमा परिचालन गर्न जरुरी छ’, उनले भने– ‘आज भएको प्रतियोगितामा जुन कुराको उठान युवाहरुले गर्नु भएको छ, त्यसलाई फैलाउन जरुरी छ ।’

    उपलब्धि हातपार्न जति सजिलो छ, त्यसलाई कार्यान्वयन गर्ने पनि त्यति नै कठिन हुने बताउँदै बरालले प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्दै लैजानु हामी सबैको कर्तव्य भएको बताए । ‘माओवादी आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु संघीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिक जस्ता उपलब्धिहरुलाई अबको दिनमा सरकार–जनता एकआपसमा सद्भाव कायम गर्दै सफल पार्न अझ कसरत गर्दै जानु पर्दछ’, उनले भने ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का चौतारा साँगाचोकगढी नगरपालिका इञ्चार्ज उजारसिं तामाङ, जनयु, जनयुद्धका घाईते एवम् युवा नेता सागर परियार, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु, जनप्रतिनिधिहरुले जनयुद्धको उपलब्धीहरुको चर्चा गर्दै दिवसको शुभकामना व्यक्त गरेका थिए । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुलाई प्रेस सेन्टरको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution