• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

जनप्रतिनिधिले झेल गरेको भन्दै कर्मचारीले गरे खेल बहिष्कार (विज्ञप्तिसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०८० फागुन ६, आईतबार (२ साल अघि)
  • १३३७ पाठक संख्या
  • Game Football

    चौतारा । चौतारामा जारी नगर स्तरिय मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा महिला जनप्रतिधिहरुको समूहले नक्कली खेलाडी खेलमा सहभागी गराएको भन्दै कर्मचारी समूहले खेल बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

    नगर महिला सञ्जालको आयोजनामा आइतबार चौताराको मिनी रंगशालामा भएको खेलमा चौतारा साँगाचोेकगढी नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकै कर्मचारीबीच भिडन्त भएको थियो । ३० मिनेटको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।

    टाइब्रेकरमा २ गोलको विरुद्ध ३ गोल गर्दै जनप्रतिनिधि विजयी भएपछि कर्मचारीहरुले नक्कली जनप्रतिनिधि प्रतियोगितामा सहभागि गराइएको भन्दै आक्रोश जनाएका थिए । उनीहरुले जनप्रतिनिधिको समूहलाई कारबाही हुनुपर्ने माग राखे पनि कारबाही नहुने भएपछि सोमबार तृतीय स्थानका लागि हुने प्रतियोगिता आफूहरुद्वारा बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

    मैत्रीपूर्ण खेलमा गैर जनप्रतिनिधिहरु सहभागी गराइएको भन्दै उनीहरुले एक हस्तलिखित विज्ञप्तिमार्फत बाँकी खेल नखेल्ने घोषणा गरेका हुन् । १२ जना खेलाडिहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा खेल नियम अनुसार खेलाउन पनि सचेत गराइएको छ ।

    तर चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापा भने जनप्रतिनिधिमा खेल्ने खेलाडी नभएकोले अरु राखेको बताउँछिन् । ‘यो कुरा खेलको सुरुवातमै थाहा थियो, खेल हारजीत भएपछि मात्रै थाहा भएको होईन’, उनले भनिन्– ‘शिक्षक र सहकारीको टीममा पनि त्यस्तो भएको छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution