• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

प्रजातन्त्र दिवस विशेष कविता: प्रजातन्त्र लौ…

अमित घिमिरेप्रकाशित मिति: २०८० फागुन ७, सोमबार (२ साल अघि)
  • १२३१ पाठक संख्या
  • Amit

     

    हे ! आधा शताब्दी बुढो प्रजातन्त्र
    गणतन्त्रे यो राज्यमा
    सर्वसुलभ तरिकाले सहज तरिकाले
    लौ ! मट्टितेल ल्याई दे, ग्याँस ल्याई दे
    लौ ! डिजेल र पेट्रोल ल्याई दे ।

    महान बलिदानलाई कुर्सीसँग साट्नाले
    पटक÷पटक जनतालाई छल, कपट र ढाट्नाले
    आस्थाका कुरा वकबास भो यहाँ
    हे ! आधा शताब्दी बुढो प्रजातन्त्र
    लोकतान्त्रिक यो मुलुकमा
    खानेपानी दे,
    स्वास्थ्य, सुरक्षा, शिक्षा र रोजगार दे
    जन आस्थालाई प्राण दे ।

    जनशक्ति सबै परदेशिए
    स्वदेश त फगत खण्डहर भो
    बृद्ध, बालक, महिला मात्र हैन यहाँ
    मरेको लाशैको पनि वेहाल भो
    मेला, पर्म, एैचो, पैंचो एकादेशको कथा भो
    आस्थाका कुरा वकबास भो यहाँ
    हे ! आधा शताब्दी बुढो प्रजातन्त्र
    दाश, रैती, प्रजाबाट
    जनता हुँदै नागरिक भएकाहरुलाई
    एउटा देश ल्याई दे ।

    हे आधा शताब्दी बुढो प्रजातन्त्र
    आस्थाका कुरा वकबास भो यहाँ
    लोकतान्त्रिक यो मुलुकमा
    खानेपानी दे, स्वास्थ्य, सुरक्षा, शिक्षा र रोजगार दे
    जन आस्थालाई प्राण दे ।

    सहिदहरुको खेती चलेको देशमा
    रगतसंग सत्ता साटेर
    आफू सरदार बन्ने मनोरथले
    भेंडा बनाइएका नागरिकहरु
    फरक फरक विचार भन्दै
    वल्लो घर जल्दा पल्लो घर अनदेखा गर्दछ
    आस्थाका कुरा वकबास भो यहाँ
    हे ! आधा शताब्दी बुढो प्रजातन्त्र
    राज्य पुर्नसंरचनामा उभिएको राष्ट्रमा
    अपनत्व दे, स्वभिमान दे, काम र माम दे
    शान्ति दे, समृद्धि दे नेपालीहरुको नेपाल दे
    नाबालक गणतन्त्रलाई जीवन दे
    फुर्का फुर्का जडेको जडउरी स्वतन्त्रता हैन,
    संघीय लोकतान्त्रिक गणतन्त्र भएको
    यो मुलुकका नागरिकलाई
    लौ काम दे, माम दे,
    शिक्षा स्वास्थ्य, कानून र संविधान दे
    अपनत्व दे, स्वाभिमान दे
    एउटा देश हुन लायक देश दे ।

    जन आस्थालाई प्राण दे
    आस्थाका कुरा वकबास भो यहाँ ….

    000

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution