• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत विजयी

ग्लोबलपाटीप्रकाशित मिति: २०८० चैत्र ११, आईतबार (२ साल अघि)
  • १४१० पाठक संख्या
  • Uddyog Banijya Sang

    चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेत विजयी भएका छन् । अध्यक्ष पदको उम्मेद्वारद्वय सुमन खत्री र शम्भुबहादुर तिमल्सिनालाई पराजीत गरी बस्नेत विजयी भएका हुन् ।

    बस्नेतले ९ सय ५ मत प्राप्त गरे भने खत्री र तिमल्सिनाले ६ सय ८४ र २ सय ९७ मत प्राप्त गरे । संघको २८औँ साधरणसभा तथा ११औँ अधिवेशनमा नयाँ नेतृत्वको लागि शनिबारबाट मतदान सुरु भएको थियो । मतगणना आईतबार साँझ ७ बजे सकिएको प्रमुख निर्वाचन अधिकृत भीमबहादुर पौडेलले बताए ।

    त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा ८ सय १२ मत प्राप्त गरी उमेश प्रधान विजयी भएका छन् । सो पदमा सूर्यबहादुर कार्की र विदुरप्रसाद पराजुलीले उम्मेदवारी दिएका थिए । उनीहरुले क्रमसः ६ सय ९४ र ३ सय ४७ मत प्राप्त गरे । संघको प्रथम उपाध्यक्ष पदमा भने भेषबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा १ हजार ५७ मत ल्याई इन्द्रबहादुर राउत निर्वाचित भएका छन् । त्यस्तै संघको तृतीय उपाध्यक्षमा विचारी पराजुली, महासचिवमा इश्वर गुभाजु, सचिवमा तिर्थराज पौडेल र सह–कोषाध्यक्षमा उद्धव पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

    १५ सदस्य पदको लागि अधिवेशमा २९ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये अम्मरबहादुर श्रेष्ठ, अशोककुमार श्रेष्ठ, इश्वर खत्री, उद्धव तिमल्सिना, उमेश श्रेष्ठ, कुमार थापा, गणेश नेपाल, चेङा शेर्पा, दलबहादुर रुम्बा, दावा ग्याल्जेन शेर्पा, प्रकाश पौडेल, मणिकलाल श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना र शुसान्त भट्टराई निर्वाचित भएका छन् । दुई महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएको छन् ।

    अघिवेशनमा २ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए । अध्यक्ष पदमा निर्वाचित भएलगत्तै बुद्धराज बस्नेतले स्थानीय उद्योगलाई बढावा दिंदै जिल्लाको अर्थतन्त्र बलियो बनाउन लागि पर्ने बताए । ‘साना तथा मझौला व्यावसायीहरुलाई प्रवद्र्धन गर्नेतर्फ मेरो पहिलो प्राथकिमता हुनेछ’, बस्नेतले भने । तातोपानी नाकालाई साना व्यवसायीको पहुँचमा पुर्याउन सम्बन्धित पक्षसँग छलफल गरेर दीर्घकालीन रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने बताउँदै उननले कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुका साथै समृद्ध सिन्धुपाल्चोक निर्माणमा आपूm प्रतिबद्ध रहेको जनाए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution