• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

चौतारा नगरमा शिक्षक हुन माओवादी मात्रै योग्य !

ग्लोबलपाटीप्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार (२ साल अघि)
  • २९६८ पाठक संख्या
  • Nagar

    चौतारा । राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा ६९ दशमलव ५ प्रतिशत नागरिक साक्षर छन् । त्यो मध्ये पनि प्लस टू भन्दा माथी शिक्षा शास्त्र संकाय अध्ययन गर्नेको संख्या ५२ दशमलव ५ प्रतिशत छ ।

    तर चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षक बन्न नेकपा (माओवादी केन्द्र) नेता, कार्यकर्ता वा समर्थक हुनुपर्छ नत्र अरु शिक्षित नागरिकहरु शिक्षक बन्न योग्य हुँदैनन् भन्ने कुराको पुष्टि नगरले नै देखाएको आरोप लाग्न थालेको छ । पछिल्लो उदाहरण हेर्ने हो भने नगर शिक्षा तथा खेलकुद शाखाले २०८० चैत्र ४ गते छुट्टछुट्टै सूचना प्रकाशन गरी ८ जना बालविकास सहजकर्ता र ४ जना प्रावि राहत शिक्षक माग गर्यो ।

    सूचना प्रकाशनको एक साता पछि २०८० चैत्र १४ गते पुनः ४ जना थप प्रावि राहत शिक्षक माग गर्यो। सूचना बमोजिम बालविकास सहजकर्ताको लागि ६७ जना प्रथम पत्रको परीक्षामा सहभागी भए । चैत्र २० गते भएको परीक्षाबाट १२ जना प्रथम पत्र परीक्षा उत्र्तीण भए । उत्र्तीण भएकाहरुलाई सोही दिन लिखित परीक्षा लिईयो र ८ जना छनौट गरियो ।

    छनौट भएका ८ जना परीक्षामा उत्र्तीण भएर होईन, माओवादी नेताका आफन्त, नगर पार्टीले सिफारिस गरेका, नगर सामाजिक विकास समिति संयोजक र वडा नं. १ का अध्यक्ष र केही माओवादी सम्बद्ध कर्मचारीको ‘पकेट’का मान्छेहरु भएको परीक्षार्थीहरु बताउँछन् । ‘मैले आवेदन दिन जाँदा नगरकै जिम्मेवार मान्छेले तपाईले भर्नु पर्दैन, तपाईको सिफारिस हुँदैन किन ५ सय खर्च गर्नुहुन्छ भनेको थिए’, एक परीक्षार्थीले भनिन्– ‘तैपनि परीक्षा फेयर हुने भयो भने त नाम निक्लेला भनेर दिँए, तर नाम निकाल्न माओवादीको झण्डा बोक्नु पर्ने रहेछ ।’

    उनीजस्तै अन्य परीक्षार्थीको पनि उस्तै गुनासो छ । ‘यो नगरपालिकामा मात्र होइन हजुर यो देश पूरैमा खोक्रो आदर्श बोकेको मान्छे बसेको छन्’, सोही विषयलाई लिएर नगरपालिकाप्रति टिप्पणी गर्दै एक परीक्षार्थी आफ्नो फेसबुकमा लेख्छिन्– ‘जता गयो राजनीति, पावर अनि घुस ।’ उनको भनाईलाई समर्थन गर्दै अर्का परीक्षार्थी लेख्नछन्– ‘भाग्यले मात्र हैन नेताले पनि साथ दिन पर्छ आजकल जागिर खान ।’

    त्यसो त नाम नखुलाउने सर्तमा नगर शिक्षा तथा खेलकुद शाखाका एक कर्मचारीले परीक्षा मिति तोकिनु अगाडी नै उत्र्तीण गराईनेहरुको नामसूची बनाईसकेको बताउँछन् । ‘भन्नु पो भएन, परीक्षा हुनु अघि नै केहि माओवादी समर्थित कर्मचारी, नगर सामाजिक विकास समिति संयोजक, केहि जनप्रतिनिधिहरु मिलेर उत्र्तीण गराईनेहरुको सूची बनाईसकेका थिए । अरु परीक्षार्थीलाई त दुःख दिईएको मात्र हो,’ उनले भने ।

    यता चैत्र २१ गते भएको प्रावि राहत शिक्षकको प्रथम पत्रको परीक्षामा ८४ सहभागि भए । जसमध्ये १५ जना उत्र्तीण भए । २२ गते लिईएको द्वितीय खण्डको विषयगत परीक्षामा ८ जना उत्र्तीण भए । ‘उत्र्तीणको सूची हेर्नुस्, माओवादीमा रहेका र केहि जनप्रतिनिधि, कर्मचारीको पकेटको मान्छेको मात्रै छन्’, एक परीक्षार्थीले भने– ‘म चुनौति दिएर भन्न सक्छु कि उत्र्तीण हुनेहरु र उत्र्तीण नहुनेहरुबीच खुला रुपमा प्रतिष्पर्धा गराउन्, उत्र्तीण भएकाहरु एउटैको पनि नाम निस्किदैन । हिम्मत भए नगरले नागरिक समाजको अगाडि परीक्षा लेओस् ।’ उनले नगरपालिका माओवादीको भर्ति केन्द्र भएको आरोप लगाए ।

    उनले भनेजस्तै परीक्षामा उत्र्तीण हुनेहरुको सूची हेर्दा नेकपा (माओवादी केन्द्र) का जनवर्गीय संगठनका नेता, चुनावमा झण्डा बोकेर हिँड्ने कार्यकर्ता, जनप्रतिनिधि र कर्मचारीका आफ्ना मात्रै देखिन्छन् । यो पटक मात्रै होईन यस अघि पनि पटक पटक माओवादी समर्थक र कुविण्डेका वाहेकले नगरपालिकामा जागिर खान अयोग्य ठहर्याईरहेको उनले बताए ।

    ‘अहिलेको शिक्षक छनौटको प्रवृत्ति हेर्दा माओवादीलाई मात्र होईन, सिंगो नगरपालिकालाई असर गर्ने देखिन्छ,’ लामो समय शिक्षा क्षेत्रमा जीवन बिताएका एक शैक्षिक अगुवाले भने– ‘के यो नगरमा माओवादी बाहेक अरु शिक्षक बन्न योग्य नै छैनन् त ? १ सय ५१ परीक्षार्थी मध्ये १६ जना माओवादी समर्थित र नातागोता भित्रका बाहेक अरु सबै अयोग्य नै थिए त ? यस्तो लाजमर्दो हर्कत गरेर नरप्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरु शिक्षा क्षेत्रको विकास गर्छु भन्दै हिँड्न कसरी सकेका छन् । लाज नै लजाउने काम त नगर्नु नि ।’ राजनैतिक प्रतिशोधले योग्यलाई फाल्दै जाने र अयोग्यलाई भर्ति गर्दै जाने हो भने दीर्घकालिन रुपमा नगरको शैक्षिक स्तर उठ्नै नसक्ने गरी खस्कने उनले बताए । यस्तो प्रवृत्तिको बिरुद्ध नागरिक समाज, बुद्धिजीविहरुले आवाज उठाउनुपर्नेमा जोड दिए ।

    त्यसो त माओवादीकै नेता कार्यकर्ता, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक समाज, बुद्धिजीविहरु पनि शिक्षक नियुक्तिप्रति नगरले गैरजिम्मेवारपूर्ण काम गरेको भन्दै असन्तुष्ट छन् । गुणस्तरीय शिक्षा नारामा मात्रै सिमित रहने भन्दै त्यस्ता अमान्य गतिविधि रोक्नुपर्ने उनीहरुको तर्क छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न टिकाटिप्पणीहरु र रोष प्रकट गरिरहेका छन् । सञ्चारकर्मीहरुले समेत यो विषयमा राष्ट्रिय सूचना आयोगमा समन्वय गरी नगरसमक्ष सत्यतथ्य सूचनाको माग गर्दै निवेदन पेश गरेको जानकारी प्राप्त भएको छ ।

    तर चौतारा साँगाचोकगढी नगरपालिकाको नगर शिक्षा अधिकृत वसन्तराज जोशीले भने दुबै पदको परीक्षा स्वच्छ रुपमा गरेको बताउँछन् । ‘त्यस्तो केही होईन्, लेख्ने र पास हुने मान्छेले जागिर खाएका हुन्’, जोशीले भने ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution