• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

तातोपानी नाका सुधार गर्न सर्वपक्षीय छलफल

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
  • १२४० पाठक संख्या
  • Tatopani

    तातोपानी । मानवसहित दोहोरो आवत जावत खुलेको नेपाल–चीन बीचको व्यापारिक नाका तातोपानीलाई सुधार गर्न सर्वपक्षीय छलफल गरिएको छ ।

    प्रतिनिधि सभा सदस्य माधव सापकोटाको अगुवाईमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य संघ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन र चुनौतिबारे छलफल भएको हो ।

    नाकाको सञ्चालन र चुनौतिबारे पूर्व बजेट छलफल र बर्षातको समय सुरु हुन लागेकोले छलफल राखिएको प्रतिनिधि सभा सदस्य माधव सापकोटाले बताए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतीका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआर अनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताए ।

    चीनले नेपालले तयार गरेको डिपिआर अनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाई छ । सडक स्तरोन्नति, नाकामा अध्यागमन सहितको एकिकृत भवन, नेपालतर्फ स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकरी दिए ।

    जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिएका उनले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रविसे क्षेत्रमा सडक सुचारु गर्ने साधन तयारी अवस्थामा राख्न निर्देशन दिए । सांसद सापकोटाले सडक विभागका अधिकारीहरुलाई तत्कालिन र दीर्घकालिन प्राथमिकता अनुसार काम गर्न सुझाव दिए ।

    पुरानै लयमा फर्केको नेपाल चीन बीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् । सर्वपक्षीय छलफलमा बाह्रविसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे समेत चिन्ता व्यक्त गरिएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution