• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

पत्रकार महासंघ सिन्धु शाखाको साधारणसभा तथा अधिवेशन सम्पन्न

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (२ साल अघि)
  • ८१० पाठक संख्या
  • Mahasang

    चौतारा । नेपाल पत्रकार महासंघ सिन्धु शाखाको २९औं साधारणसभा तथा १२औं अधिवेशन शुक्रबार चौतारामा सम्पन्न भएको छ ।

    साधारणसभा तथा अधिवेशनलाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद सापकोटाले पत्रकारिता जगतले समाजमा भएका विकृति र विसंगतिका विरुद्व खवरदारी गर्नुपर्ने बताए । पत्रकार माहासंघ सिन्धुपाल्चोकले बागमति प्रदेशभरीकै जिल्ला शाखाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै सांसद सापकोटाले प्रसंशा गरे । आगमी कार्यकालको लागि ज्यादा प्रगतिशिल कार्य गर्न वर्तमान समूहले चुनौति खडा गरेको समेत उनले बताए ।

    कार्यक्रममा बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले राज्यले पत्रकारिताको क्षेत्रलाई चौथो अंगको रुपमा व्यवहार गरिरहेको दावी गर्दै उनले राज्यको लगानी र अपनत्व संचार क्षेत्रमा रहेको उनले ठेकुवा गरे । यसलाई व्यवस्थित गरेर लैजाने, अभिभावकत्व गर्ने कुरा अझै अपुग भएको उनले जनाए । त्यस्तै कार्यक्रममा बागमती प्रदेश सदस्य अमृता नेपाल, विभिन्न स्थानीय तहका प्रमुख, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, महासंघ बागमति प्रदेश अध्यक्ष शिव देवकोटा, बागमती प्रदेश रजिष्टार रेवती सापकोटालगायतले कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमकै बीच पत्रकार महासंघ सिन्धु शाखाले महासंघको संस्थागत विकासका लागि टेवा पु¥याएकाहरुलाई सम्मान गरेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिका र सिन्धु सदावहार बोर्डिङ स्कूललाई सम्मान गरेको हो । त्यस्तै पत्रकारितामा स्नातकोत्तर गरेका शाखाका १० जना सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

    ऋषिराम पौडेल, डम्बर रसिक भारती, नेत्र तामाङ, ध्रुव दंगाल, दिनेश थापा, शर्मिला ठकुरी, कला अनुरागी, दुर्गा आचार्य, सिताराम कोइराला र उद्धव थापालाई दोसल्लासहित सम्मान गरिएको हो । त्यस्तै पत्रकारितामा स्नाकोत्तर अध्ययन गरिरहेको शाखाका तीन सदस्यलाई जनही २० हजार रुपैंया शाखाले सहयोग गरेको छ । सुन्दर शिरीष, कमला तामाङ र विजय नेपाललाई अध्ययन सहयोग भन्दै २० हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमकै बीच शाखाले प्रकाशन गरेको सिन्धु पत्रकारिता नामक स्मारिका विमोचन गरिएको थियो । उद्घाटन पछि बसेको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि आवश्यक परिमार्जन गर्ने गरी पारित गरेको छ । अधिवेशनको निर्वाचन भने केन्द्रले मिति तय गरेसँगै हुने पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले बताए ।

    https://www.globalpatee.com/wp-content/uploads/2024/04/14257513291714304770.mp3
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution