• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

चौतारा अस्पतालले सञ्चालन गर्यो फिजियोथेरापी सेवा

राजेन्द्र रानामगरप्रकाशित मिति: २०८१ बैशाख २१, शुक्रबार (१ साल अघि)
  • १०५४ पाठक संख्या
  • Chautara Hospital

    चौतारा । सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पतालले फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको छ ।

    २०७२ को विनासकारी भूकम्प पश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थपानको लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गरेको हो । फिजियोथेरापी सेवाको उद्घाटन गरी शुक्रबारबाट चौतारा अस्पतालमा सेवा सुभारम्भ गरिएको छ । सेवा प्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको थियो ।

    फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मा‌ंसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विजयकुमार साहले बताए । उनका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका विरामीहरुलाई फिजीयोथेरापी प्रभावकारी हुनेछ ।

    चौतारा अस्पतालले हाल बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरेको जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाईको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन् ।

    सेवाको उद्घाटन कार्यक्रममा जनस्वास्थ कार्यालय सिन्धुपाल्चोकका कार्यलय प्रमुख दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवादिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्नेमा स्थानीय सरकारको ध्यानकर्षण गराइकी थिइन् ।

    चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले प्रदेशकै नमूना अस्पताल बनाउने अभिप्रायका साथ लागिपरेको बताउँदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाए । उनले अब छिट्टै डाइलासिस सेवा पनि सञ्चालनमा ल्याउन लागिरहेको समेत जनाकारी गराए ।

    अस्पतालवाट सामान्य जाँच सेवा, मुख तथा दन्त सेवा, आकस्मिक सेवा, बिरामी भर्ना सेवा, निदानात्मक सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, यूएसजी सेवा, इसिजी सेवा, प्रसुति सेवा, मातृशिशु स्वास्थ्य तथा परिवारनियोजन सेवा, २४ सै घण्टा अस्पताल फार्मेसी सेवा, खोप सेवा, सुरक्षित गर्भपतन सेवा, क्षय तथा कुष्ठ रोग उपचार सेवा, मेडिको लिगल सेवा, एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा स्वास्थ्य बीमा कार्यक्रम, एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा ईकाइ, विशेषज्ञ चिकित्सकवाट मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञ क्लिनिक, विशेषज्ञ चिकित्सकवाट अस्पतालमा नाक, कान, घाँटी, आकस्मिक प्रसुति शल्यक्रिया सेवा, सुरक्षित प्रसुति सेवा, लगाएका सेवाहरु उपलव्ध गराउदै आइरहेको भण्डारीले बताए ।

    सरकारले उपलब्ध गराएको ९८ प्रकारका निःशुल्क औषधि कहिल्यै कमी हुन नदिने र एक हजारभन्दा बढी प्रकारका औषधी अस्पतालको फार्मेसीमा पाइने व्यवस्था मिलाइएको अस्पताल प्रशासनको भनाइ छ । अस्पताललाई सरकारले दिने बजेट नियमितभन्दा बढी छैन । अस्पताल टिमको मिहिनेतले १५ बेडको सरकारीस्तरमा चौतारा अस्पताल देशकै पहिलो बनेको छ । सरकारी मूल्यांकनमा गत वर्ष ८९ प्रतिशत ल्याएको यो अस्पतालले यस वर्ष ९२ प्रतिशत स्कोर हासिल गरेर देशकै पहिलो बनेको हो ।

    कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधिहरुले चौतारा अस्पतालले दिएको फिजियोथेरापी सेवा प्रभावकारी रहेको भन्दै आगमी दिनमा समेत यसको महत्वलाई समुदायस्तरसम्म पुर्याउन अस्पताललाई आग्रह गरेका थिए । फिजिथेपारीसँगै आयुर्वेद सेवालाई पनि सँगै जोडेर लैजान सके झनै प्रवाहकारी हुने उनीहरुको धारणा थियो ।

    सो अवसरमा अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष टंकबहादुर कार्कीले अस्पतालको विकासका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै चीन सरकारको सहयोगमा निर्मित सुविधा सम्पन्न भवनबाट छिट्टै नै सेवा दिने गरी व्यवस्थापन समूह जुटिरहेको जनाए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution