• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

वाइसीएल सिन्धुले गर्याे प्रशिक्षण

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ जेष्ठ ५, शनिबार (२ साल अघि)
  • ८४९ पाठक संख्या
  • YCL

    चौतारा । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल सिन्धुपाल्चोकले चौतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    वाइसीएलले गरेको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्र पार्टी केन्द्रीय सदस्य एवं वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले देशमा गलत कुराको अफवा फैलाउनेहरु हावी भइरहेकोले त्यसलाई रोकेर राष्ट्रप्रेमको भाव पैदा गराउन अग्रसर हुनमा सवैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले माओबादी जनयुद्ध र शान्तिप्रकृयापछि पार्टीको नेतृत्वमा भएको सामाजिक परिवर्तन र बिकास निर्माणको कामले तिब्र गति लिएको बताए ।

    खागगरि पछिल्लो समय नीति, विधि र पद्धतिभन्दा बाहिर समाजको गतिविधि चल्दै आएकोले उक्त गतिविधि नियन्त्रणको वाइसीएलले गर्नुपर्ने बर्तमान कार्यभार रहेको महसुस गरि प्रशिक्षण कार्यक्रम गरिएको वाइसीएलले जनाएको छ ।
    कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद माधब सापकोटा, पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल र वाग्मती प्रदेश समिति अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले युवाहरुलाई प्रशिक्षित गरेका छन् । प्रशिक्षण कार्यक्रममा जिल्लाभरबाट युवाहरु सहभागी भएका थिए ।

    प्रशिक्षणको क्रममा नेता माधब सापकोटाले वाईसीएल नेताहरुमा वर्तमान परिबेशको आवश्यकतालाई पकड्दै नेतृत्व गर्ने क्षमताको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । उनले बिश्वका धेरै मूलुकको सामाजिक तथा आर्थिक व्यवस्थाको निति र नेपालको नितिको बारेमा भएको अन्तरहरु बताउदै युवाहरुको ध्यानाकर्षण गराएका थिए । सांसद् सापकोटाले परिवर्तित व्यवस्था संगै आफुलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजको आवश्यकता भएको बताए ।

    त्यस्तै मन्त्री दुलालले बिचारद्वारा निर्देशित अनुशासन नै अहिलेको आवश्यकता भएको बताए । दुललाले बिना बिचार र लक्षयबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथी धावा बोल्ने गरेकोले कसैलाई संघियताको बिरुद्ध अभिव्यक्ती दिन छुट नभएको बताए । वाईसियलले आगामी दिनमा बिकास निर्माणमा जोडिएर नकारात्मक कुराहरुको भण्डाफोर गर्ने र सकारात्मक कुराहरु समाजमा फैलाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।

    प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका नेता सरल सहयात्री पौडेलले मपाइत्वले देशमा घर गरेको र त्यसको असर सामाजिक रुपमा समेत पर्दै गएकोले त्यसप्रति सचेत रहँदै साझा मनोबिज्ञान बनाउने भूमिका युवाहरुकै काँधमा आइलागेको बताए । उनले ‘एक्लै हिड्न यात्री छिटो हिड्छ र बिचबाटोमै अलपत्र पर्छ, समूहमा हिड्नेहरु गन्तव्यसम्म पुग्छ’ त्यसैले सामुहिक भावनाको बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार रहेको तर्क गरे ।

    जिल्ला संयोजक सुमित काफ्लेले जिल्लाको कामलाई चुस्त बनाउन ईन्चार्ज, संयोजक र सचिबको कार्यालय टिम बनाएको र पालिकास्तरमा आगामि दिनमा गरिने कामको समेत जिम्मेवारी बाँडफाँड गरिएको बताए ।

    https://www.globalpatee.com/wp-content/uploads/2024/05/5056020021716047180.mp3

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution