• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ १, शुक्रबार | Friday, 15, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

नगरप्रमुख विरुद्ध स्थानीयको नाराबाजी

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार (१ साल अघि)
  • ५५५ पाठक संख्या
  • Nagar Birod

    चाैतारा । योजनाको उपभोक्ता समिति बनाउँदा आफ्नो पार्टीको कार्यकर्ता मात्रै समावेश गर्न खोजेको भन्दै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख विरुद्ध स्थानीयले नाराबाजी गरेका छन्।

    आक्रोशित स्थानीयले नगरपालिकाको मुख्य भवनको मूलगेटमै ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटा विरुद्ध नाराबाजी गरेका हुन्। चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का लागि विनियोजित दलित बस्ती विकास शीर्षकको उपभोक्ता समिति बनाउँदा नगर प्रमुखले माओवादी पार्टीका कार्यकर्तालाई मात्रै समावेश गर्न खोजेका भन्दै स्थानीयले नगरपालिकामा पुगेर नाराबाजी गरेका हुन्।

    आठ लाख रुपैयाँको सो योजनामा अन्य दलका प्रतिनिधिले समेत समितिको जिम्मेवार पदमा रहन खोजेपछि विवाद उत्पन्न भएको थियो। सो वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका विमल श्रेष्ठ छन् भने नगर प्रमुख नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका कृष्णप्रसाद छन्।

    आफूले सबै दलका प्रतिनिधिलाई समेटेर समिति बनाउन खोजेको भएपनि नगर प्रमुखको निर्देशनका कारण स्थानीय माओवादी कार्यकर्ताले अरू दलका व्यक्तिलाई समितिमा बस्नबाट रोक्न खोजेको वडाध्यक्ष श्रेष्ठले बताए। पाँच पटकसम्म बस्तीमै पुगेर समिति गठन गर्न खोज्दा पनि सहमति हुन नसकेपछि स्थानीय आक्रोशित भएको उनले बताए।

    नगर प्रमुखले वडाको योजना कार्यान्वयनमा हस्तक्षेप गरेको भन्दै नगरपालिका भित्रका चार वडाध्यक्षहरूले स्थानीयको मागप्रति ऐक्यबद्धता जनाउँदै माग सुनुवाइ गर्न दबाब दिएका छन्। वडा नम्बर २ का वडाध्यक्ष सुदीप श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष विमल श्रेष्ठ, वडा नम्बर १४ का वडाध्यक्ष उद्धव नेपाल लगायत विभिन्न दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

    विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘केही योजनाहरू नगरप्रमुखको रोहवरमा उपभोक्ता समिति गठन गरी योजना सम्झौता र भुक्तानीसमेत भएकोले स्थानीयले गरेको विरोधमा ऐक्यबद्धता जनाउँदै संयुक्त रुपमा विरोध जनाउँदछौं।’

    उपभोक्ता समिति गठन तथा योजनाको रकम भुक्तानी प्रक्रियामा वडाध्यक्षको प्रत्यक्ष संलग्नता हुने गरेको भएपनि वडा नम्बर २ मा भने नगर प्रमुखकै रोहवरमा मात्रै सो कार्य गर्ने गरेको वडा नं २ का वडाध्यक्ष सुदिप श्रेष्ठले बताए। नगर प्रमुखले वडाध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप गरेकाले नागरिकता सिफारिसमा समेत नगर प्रमुखले नै हस्ताक्षर गर्न वडाध्यक्ष श्रेष्ठले चुनौती दिए।

    स्थानीयहरूको नाराबाजीकै बीच नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा नगर प्रमुख सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिए। ‘सबै प्रमुख दलका प्रतिनिधिलाई समितिको मुख्य पदहरूमा सहभागी गराऔं,’ नगर प्रमुख सापकोटाले भने–‘बरु बैंक खातामा पनि फरक फरक दलकै व्यक्तिको हस्ताक्षर चल्ने गरि निर्णय गरौं।’

    नगर प्रमुख सापकोटाको राय पछि सहमत हुँदै वडाध्यक्षहरू छिट्टै नयाँ उपभोक्ता समिति निर्माण गर्ने सहमतिका साथ बैठकबाट बाहिरिएका थिए। सो स्थानमा अघिल्लो वर्ष एउटा खानेपानी आयोजनाको उपभोक्ता समिति गठन गर्दा समेत विवाद भएको थियो। उपभोक्ता नै नभएका व्यक्तिलाई समितिमा राख्न नगर प्रमुख सापकोटाले दवाव दिएका थिए।

    सो खानेपानी आयोजनाको उपभोक्तामा माओवादी कार्यकर्ता भएको एउटा पनि परिवार नहुँदा समेत प्रमुख पदमा माओवादी नै राख्न नगर प्रमुखले दवाव दिएकोमा त्यसलाई अटेर गरि उपभोक्ता मात्रै राखि समिति बनाएकोले त्यसैको बदला स्वरूप यो समितिमा अन्य दलका कार्यकर्तालाई पेल्न खोजेको स्थानीयको आरोप छ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution