• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

विद्यार्थीलाई कविता लेखन सीप प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ जेष्ठ ३२, शुक्रबार (१ साल अघि)
  • १०५४ पाठक संख्या
  • Kavita Lekhan Karyasala

    चौतारा । ‘अन्तिम शुक्रबार, फरक शुक्रबार’ भन्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई रचनात्मक सीप प्रदान गर्ने उद्देश्यले चौतारा साँगाचोगढी नगरपालिका– ९ जितपूरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयले शुक्रबार कविता लेखन कार्यशाला सञ्चालन गरेको छ ।

    कार्यशालालाई प्रगतिशील लेखक संघ बागमती प्रदेश सचिव एवम् राष्ट्रिय कविता प्रतियोगिता– २०८० का गोलमेडलिष्ट कवि सुन्दर शिरीषले सहजिकरण गरेका थिए । कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागि कार्यशालामा शिरीषले कविताको सैद्धान्तिक पक्षको चर्चा गर्दै कवितामा समावेश हुने विम्ब, प्रतिक, मिथक, सौन्दर्य र लयबोधको बारे जानकारी दिएका थिए ।

    कार्यशालामा दश मिनेट समय दिएर विद्यार्थीलाई कविता लेख्न लगाईएको थियो । ‘हामीले आजको कार्यशालाबाट कविता लेखनबारे धेरै ज्ञान प्राप्त ग¥यौं’, कार्यशालामा सक्रिय सहभागि भई ‘मेरा गुरुबा–आमा’ शीर्षकको कविता प्रस्तुत गरेकी कक्षा १० को छात्रा रिकिषा भुजेलले भनिन्– ‘हामीले कविता लेख्न जानेका थिएनौं, छोटो समयमै पनि उहाँको प्रशिक्षणबाट राम्रो कविता लेख्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’

    कार्यशालामा सहभागि सबै विद्यार्थीहरुले एक–एकवटा कविता लेखेर सुनाएका थिए । विद्यार्थीहरुले कार्यशालामा प्रस्तुत गरेका कवितामाथी कवि सुन्दर शिरीषले सुझावसहितको टिप्पणी गरेका थिए । ‘विद्यालयले बालबालिकालाई कविता लेखन र वाचन बारे प्रशिक्षणको व्यवस्था गरेर उनीहरूभित्र लुकेर रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गराउने अवसर दिएको छ’, शिरीषले प्रतिक्रिया दिए ।

    विद्यालयको नेपाली विषय समन्वय समितिको आयोजना र अतिरिक्त क्रियाकलाप सञ्चालन समितिको समन्वयमा भएको कार्यशालामा विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर तामाङले हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त सीप प्रदान गर्ने उद्देश्य अनुरुप कविता लेख्ने तौर तरिका सिकाउन कार्यशाला सञ्चालन गरेको बताए । कार्यशालाको सञ्चालन शिक्षक सुनिल तामाङले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution