• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

जिल्ला खेलकुद विकास समिति अध्यक्ष दंगाललले गरे पदभार ग्रहण

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ अषाढ ३०, आईतबार (२ साल अघि)
  • ९५३ पाठक संख्या
  • Padh Var

    चौतारा । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको अध्यक्षमा नियुक्त भएसँगै आईतबार रामकृष्ण दंगालले पदभार ग्रहण गरेका छन् ।

    युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको असार १३ गतेको निर्णय गरी उनलाई अध्यक्ष नियुक्त गरिएको थियो । ४ महिनादेखि रिक्त रहेको अध्यक्ष पद सम्हालेलगत्तै दंगालले सिंगो जिल्लाको खेलकुदको विकासमा आफू कटिबद्ध रहेको जनाए । पदभार ग्रहण गर्दै उनले आफ्नो एकमात्र लक्ष्य जिल्लाको खेलकुदलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन रहने जनाए ।

    ‘जिल्लाको खेलकुदभित्र विभिन्न समस्या होलान् तर तिनलाई पन्छाउँदै सबै खेलसम्बद्ध संघसंस्था र खेलप्रेमीको सहयोगमा जिल्लाको सबै खेललाई उठाउने प्रयत्न गर्नेछु’, दंगालले भने– ‘एकल प्रयासले मात्रै यो सम्भव हुँदैन, यसको लागि स्थानीय सरकारदेखि सबैको सहयोग अपरिहार्य छ ।’


    पदभार ग्रहण तथा स्वागत कार्यक्रममा सम्पूर्ण खेलका संघ संस्थाहरुको तर्फबाट तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले शुभकामना व्यक्त गर्दै केन्द्रबाटै खेललाई उपेक्षा गरिदै आएको बताए । ‘खेल क्षेत्रमा बढी राजनीति छिरेको छ, कुन खेलाडीले कति खेल क्षेत्रको उन्नयनमा लागेको छ, कसले कति मेडल ल्याएको छ भन्दा पनि राजनीतिक आस्थाको आधारमा छुट्याईने गरेको छ’, उनले भने– ‘यस्ता क्रियाकलाप जिल्ला खेलकुद विकास समितिले चिर्नु पर्दछ ।’

    भण्डारीले खेल क्षेत्रलाई उठाउन नवनियुक्त अध्यक्षले प्रयत्न गर्ने विश्वास व्यक्त गर्दै सबै खेल संघ संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिहरुले शुभकामना दिएका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त सदस्य रमेश श्रेष्ठले समेत पदभार ग्रहण गरेका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution