• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

इन्द्रावती– ३ को कार्यालयमा स्थानीयले लगाए ताला

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार (१ साल अघि)
  • ९१७ पाठक संख्या
  • Wodama Tala

    चाैतारा । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन्। वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा वडाका राजनीतिक दलहरूको सहभागितामा स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन्।

    वडा कार्यालय निर्माणको ठेक्का लागिसक्दा समेत जनप्रतिनिधिले उपयुक्त स्थानको छनोट गर्न नसकेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। जनप्रतिनिधिहरूले वडा कार्यालय खुतुमेडाँडामा बनाउने निर्णय गरेपछि स्थानीय आक्रोशित भएका हुन्। ‘वडा कार्यालय सबैलाई सहज पहुँच हुने र सहजता हुने ठाउँमा हुनुपर्छ’, पूर्ववडाध्यक्ष देवप्रसाद बानियाँले भने, ‘वडा कार्यालय बन्नु राम्रो भए पनि स्थानीय नागरिकको अपेक्षाअनुसार नहुनु दुःखको कुरा हो।’

    उनले वडा जनप्रतिनिधिहरूले रोजेको स्थान स्थानीयको लागि पायक नपर्ने बताए। वडा कार्यालय स्थानीयको रोजाइको ठाउँमा हुनुपर्ने उनको धारणा छ। वडा कार्यालय निर्माण गर्ने स्थलको टुंगो नलागेसम्म वडा कार्यालयमा लगाइएको ताला नखोलिने स्थानीय एवं राप्रपाका नेता भूपेन्द्र बानियाँले बताए। ‘स्थानीयलाई पायक पर्ने सतीको माने, लाकुरीको बोट, भन्ज्याङ र पातालमध्ये कुनै एउटा तोक्ने हो भने सर्वदलीय संयन्त्रले सहयोग गर्छ’, उनले भने, ‘तर अपायक हुने खुतुमेडाँडामा हामी वडा कार्यालय बनाउन दिँदैनौं।’ कसैको स्वार्थका कारण आम नागरिकलाई सास्ती भोग्ने वातावरण स्थानीय सरकारले बनाउन नहुने उनले बताए।

    १ करोड २१ लाख रुपैयाँमा वडा कार्यालय बनाउन ठेक्का सम्झौता भए पनि वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विवादले कार्यालय बन्ने अनिश्चितता थपिएको छ। वडाध्यक्ष भीमसेन थापाले भने यसअघि नै जग्गा खोजको लागि सर्वदलीय संयन्त्रलाई अधिकार दिए पनि सो संयन्त्रले जग्गा खोज्न नसकेपछि जनप्रतिनिधिले सहजीकरण गरेको बताए। ‘वडा कार्यालय बनाउन पर्याप्त जग्गासहितको उचित ठाउँ नभेटिएपछि खुतुमेडाँडालाई नै वडा कार्यालय कायम गर्ने निर्णय गरिएको हो’, उनले भने।

    वडा कार्यालयका अनुसार गत वर्ष २०८० असोज ६ गते सर्वदलीय संयन्त्र र वडा कार्यालय बीच बैठक बसी ४५ दिनको समय दिएर सर्वदलीय संयन्त्रलाई जग्गा खोज्ने अधिकार दिएको थियो। तर सो समितिले तोकिएको अवधिमा जग्गा खोज्न नसकेपछि आफूहरूले नै जग्गा व्यवस्थापन गर्नु परेको वडाध्यक्ष थापाले बताउँछन्।

    ‘दिएको अधिकार प्रयोग गरी उपयुक्त स्थानमा वडा कार्यालय निर्माण गर्ने जग्गा उपलब्ध गराउन नसक्ने अनि आफैं वडा कार्यालयमा आएर ताला लगाउने, यो त न्यायसंगत भएन नि’, वडाध्यक्ष थापाले भने, ‘भवन निर्माणको लागि ठेक्का लागिसकेको छ, समयमै जग्गा उपलब्ध नगराए भवन बन्दैन। उहाँहरूले जग्गा उपलब्ध नगराएपछि हामीले खुतुमेडाँडामा भवन बनाउने निर्णय गरेका हौं।’ वडा कार्यालय निर्माण भए सेवा प्रवाह सहज हुने बताउँदै उनले यस कार्यमा स्थानीयलाई सहयोग गर्न आग्रह गरे।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution