• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २०, शुक्रबार | Friday, 04, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

विपद् अध्ययन गर्दै मन्त्री दाहाल सिन्धुपाल्चोकमा

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ श्रावण २९, मंगलबार (१० महिना अघि)
  • ७३५ पाठक संख्या
  • Mantri in sindhu

    खाडिचौर । संघीय सरकारको भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवस्थाको अवलोकन गरेका छन् ।

    सिन्धुपाल्चोकको खाडीचौर, जुरे, बाह्रविसे, सुनकोशी, खागदल, ब्वाँसेरीलगायतका स्थानमा विपद्को क्षतिको निरीक्षण गरिएको हो । विपद्ले पुर्याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारी समेत लिएका छन् । अनुगमनको क्रममा खाडीचौरमा बषौदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै तत्काल बाँकी काम अगाडि बढाउन निर्देशन दिए ।

    सडक विभागका महानिर्देशक समेतको निरीक्षण टोलीले दुबै पुलको बाँकी काम तत्काल सम्पन्न गर्नेगरी आवश्यक प्रक्रिया सुरु हुने प्रतिबद्धता जनाएका छन् । गत असारमा आएको बाढीले बगाएको खागदल खोलाको अवस्था समेत सो टोलीले निरीक्षण गरेको छ । नेपाल चीन बीचको मूख्य ब्यापारिक नाकासम्मको अरनिको राजमार्गमा दुई साता भित्रै वेलिब्रिज निर्माण सम्पन्न हुनेगरी काम अगाडी बढाउन मन्त्रीले निर्देशन दिए ।

    बाह्रविसे–पिस्कर सडक, बाह्रविसे–बुधेपा–घोर्थली सडक स्तरोन्नती, बाह्रविसे वडा नम्बर ६ र ७ जोड्ने ब्वाँसेरी मोटरेवल पुल, जुरे क्षेत्रको सडको दिगो समाधान लगायतका विषयमा स्थानीय, जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वले मन्त्री तथा सडक विभाग समक्ष ध्यानाकर्षण गराएका छन् । ती स्थानका अवस्थाको जानकारी लिदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जाहेर गरे ।

    विपद्को अवलोकन तथा विकास आयोजनाको अनुगमन पश्चात सुनकोशी गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री दाहालले भर्खरै निर्माण भएको सरकार स्थायीत्वको लागि निर्माण भएको र विकास र समृद्धिका लागि केन्द्रीत हुने बताए । ‘मन्त्रीले विकासको जानकारी लिनै नपाई सरकार परिवर्तन हुने परिपाटीले पनि विकास आयोजनाहरु प्रभावित हुन पुगेका हुन्, अब विकासले गति लिन्छ,’ मन्त्री दाहालले भने– ‘सरकारले स्थिरता दिन्छ, उत्पादन, रोजगारीसहितको समृद्धिको बाटोमा रहेका स्थानीय सरकारका कार्यक्रममा सहकार्य रहनेछ ।’

    मन्त्री समक्ष सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले स्थानीय सरकारले सञ्चालन गर्न नसकेका उद्यम विकास तथा विकास आयोजनाहरु सञ्चालनमा केन्द्र सरकारको सहयोगको अपेक्षा समेत राखेका थिए ।

    विपद्प्रस्त जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकमा यो वर्षको वर्षातले थप क्षति पुर्याएपछि मन्त्रीसहितको सरोकारवालाहरुलाई जिल्लाको अवलोकनको लागि अनुरोध गरिएकोले मन्त्रीको अवलोकन कार्यक्रम तय भएको नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सरेश नेपालले जानकारी दिए । नेता नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रदेश कमिटी सदस्य अशोक चौलागाईसहितले समग्र अवस्थाबारे दाहाललाई जानकारी गराएका थिए ।

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution