• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

मित्रता संघले गर्याे लेखा परीक्षण

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ आश्विन २०, आईतबार (१ साल अघि)
  • ६३८ पाठक संख्या
  • Mitrata

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ९ जितपूरमा रहेको मित्रता संघले १४औं वार्षिक साधारण सभा तथा सामाजिक लेखा परीक्षण गरेको छ ।

    आईतबार गोल्मादेवी माविको सभाकक्षमा भएको कार्यक्रममा मित्रता संघले गरेको विभिन्न गतिविधिको बारेमा जानकारी दिँदै संघका कार्यकारी निर्देशक विष्णु लामाले विशेष गरी शिक्षा क्षेत्रमा काम गरिरहेको बताए । ‘यस गृहले हालसम्म ३० जना बालबालिकालाई एसएलसी, एसईई परीक्षा पास गराउन सफल भएको छ भने ३५ जना बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ’, उनले भने– ‘बालबालिकाहरुलाई शिक्षासँगै सीप, अतिरिक्त क्रियाकलापमा, भ्रमणजस्ता कार्यक्रममा समावेश गर्दै आएको छ ।’

    उनले बालबालिकालाई शिक्षित, सवल, सक्षम, आत्मनिर्भर बनाउँदै गुणस्तरीय शिक्षाको विकास गर्नु संघको लक्ष्य रहेको बताउँदै बालमैत्री समाजको लागि शिक्षामार्फत आर्थिक विकासमा सम्मान सहभागिता सुनिश्चित गर्न संघ लागिरहेको बताए । संघले समुदायमा आधारित कार्यक्रम अन्र्तगत स्थानीयको आयआर्जनमा टेवा पुर्याउनने, स्वास्थ्यमा पहुँच पुर्याउन विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गरेको लामाको भनाई थियो ।

    कार्यक्रममा कार्यकारी निर्देशक लामाले आर्थिक वर्ष २०८०/०८१ को आयव्यव विवरण समेत प्रस्तुत गरेका थिए । आयव्यव विवरण अनुसार दातृ निकाय, स्थानीय सरकार र व्याजवापत ९५ लाख ३२ हजार ४ सय २२ रुपैंया आम्दानी गरेको संघले सो रकम बालगृहमा रहेका बालबालिकाको खाद्यान्न, औषधी उपचार, स्टेशनरी, लत्ताकपडा, शैक्षिक सामग्री, खेलकुद सामग्री, भवन मर्मत, तलबभत्ताजस्ता कार्यमा खर्च गरेको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाका दुर्गाप्रसाद ढुङ्लले सामाजिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, पूर्व प्रमुख अमानसिं तामाङ, वडा अध्यक्ष विमल श्रेष्ठ, समाजसेवी सिताराम गिरी, राजनीतिक व्यक्तित्व विदुर भारती, बादल तामाङ, प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमका बीच संघका पूर्व अध्यक्ष हरिचन्द्र भारतीलाई सम्मान समेत गरिएको थियो । संघको लेखापाल संगीता नेपालीले सञ्चालन गरेको कार्यक्रममा बालबालिकाले नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । सो कार्यक्रम संघका अध्यक्ष मंगले तामाङको अध्यक्षतामा भएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution