• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

८ हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार (१ साल अघि)
  • ७१४ पाठक संख्या
  • Heart

    चाैतारा । बाल हृदय बचाउ अभियान अन्र्तगत सिन्धुपाल्चोकको विभिन्न २१ विद्यालयका ८ हजार विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको छ ।

    चौतारा साँगचोकगढी नगरपालिकाको श्रीकृष्ण रत्नगंगा मावि, जनविकास मावि, जनजागृति मावि, रामदेवी मावि, ईखु मावि, ज्ञानमन्दिर मावि, सेतीदेवी मावि, सिद्धिकमला मावि लगायत १४ वटा विद्यालयका विद्यार्थी, मेलम्ची नगरपालिकाको तेर्से मावि, इन्दे्रश्वरी मावि, जालपा मावि लगायत ६ वटा बिद्यालय र हेलम्बुको सरस्वती माविका ७ हजार ९ सय ३८ विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको हो ।

    ‘हामीले विद्यार्थीको अलवा ५ सय बढी शिक्षक, शिक्षिका र स्थानीयको पनि मुटु परीक्षण गरेका छौं’, नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाका सभापति कमलचरण कक्षपतिले भने– ‘यसको अलवा मुटुको बारे समुदायमा सचेतनाको कार्यक्रम पनि गर्यौं ।’ तीन दिनसम्म चलेको निःशुल्क मुटु परीक्षण शिविरमा शल्यक्रिया गर्नुपर्ने र मुटुमा प्वाल परेका विद्यार्थीहरुसमेत भेटिएको संलग्न चिकित्सकले बताएक छन् ।

    ३४ जना विद्यार्थीको मुटुमा प्वाल परेको र १२ जना विद्यार्थीलाई छिटो नै शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानका कार्यक्रम निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । मुटु परीक्षणको क्रममा ७ सय बढी विद्यार्थीको इको परीक्षण समेत गरिएको थियो । डा. रेग्मी, धुलिखेल अस्पतालका डाक्टर राजेन्द्र कोजु लगायतका स्वास्थ्यकर्मीको समूहले मुटु परीक्षण गरेको थियो ।

    मुटुमा प्वाल परेका विद्यार्थीलाई तत्काल अप्रेशन गर्न आवश्यक नभए पनि डाक्टरको निगरानीमा राखेर उपचार गर्नुपर्ने र तत्काल शल्यक्रिया गर्नुपर्ने १२ जना विद्यार्थीलाई अभिभावक, विद्यालयको समन्वय र अनुमतिमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय समिति, जिल्ला समिति लगायतका संस्थाले काठमाडौंस्थित शहीद गंगालाल हृदय प्रतिष्ठान अस्पतालमा निःशुल्क अप्रेशन गराउने सभापति कक्षपतिले बताए ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाको आयोजना र केन्द्रीय समितिको आर्थिक र प्राविधिक सहयोगमा भएको शिविरलाई रेटरी क्लब र पद्मोदय भेट्रान्स क्लब– ३१ ले साथ दिएको थियो । प्रतिष्ठानले चौतारास्थित श्रीकृष्ण रत्नगंगा माविमा गरेको मुटु स्वास्थ्बारे समुदाय सचेतनामूलक कार्यक्रममा पूर्व राजदूत केदार श्रेष्ठ, पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकालले सहजिकरण गरेका थिए भने स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरकारी कार्यालकाका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता थियो । २०६५ सालमा स्थापना भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान सिन्धुुपाल्चोक शाखाले मुट स्वास्थ्यबारे विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution