• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ पौष १, सोमबार (१ साल अघि)
  • ११७७ पाठक संख्या
  • Haspital

    चौतारा । बागमती प्रदेश सकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न राजनीतिक दलभन्दा माथी उठ्न जरुरी रहेको बताएका छन् ।

    सिन्धुपाल्चोकको चौतारामा सोमबार बागमती प्रदेश अन्र्तगत रहेको चौतारा अस्पतालमा आँखा ‍उपचार शाखा एवम् मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्ष स्थापनाको उद्घाटन गर्दै मन्त्री थापा मगरले सबै राजनीतिक दलले स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘यो प्रादेशिक अस्पताललाई सुधार गर्दै सेवा विस्तार गर्न सक्दा सिन्धुपाल्चोकभरका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ’, उनले भने– ‘त्यसका लागि यहाँका राजनीतिक नेतृत्व, जनप्रतिनिधिले राजनीतिक दलभन्दा माथी उठेर सहयोग र चासो दिन जरुरी छ ।’

    चौतारा अस्पताल ५० शैयामा सञ्चालन हुनु सिन्धुबासीको गौरवको विषय रहेको बताउँदै मन्त्री थापामगरले जिल्लाभरका आम नागरिकलाई स्वास्थ्य सेवामा जोड्ने र प्रादेशिक अस्पालको स्तरोन्नती गर्दै गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिए । ‘अब यहाँका १२ वटै स्थानीय तहलाई चौतारा अस्पतालसँग जोड्न सरोकारवालाहरुबीछ छलफल सुरु गर्नुपर्दछ’, उनले भने– ‘यो अस्पताललाई दक्ष जनशक्ति, स्वास्थ्य औजार र विशेषज्ञ सेवा विस्तार गर्न बागमती प्रदेश सरकार सहयोग गर्न तत्पर छ ।’

    अस्पताललाई १ सय शैया बनाउन प्रयत्न गरिएपनि भूगोल र जनसंख्याको आधारबाट तत्काल सम्भव नभएको बताउँदै उनले अस्पतालले सेवा विस्तार गर्ने, अस्पताल सुधारमा जोड दिने, गुणस्तरीय सेवा प्रदान गर्ने हो भने केही समयपछि त्यसको शैया थप गर्न प्रयत्न गर्न सकिने बताए । स्वास्थ्य क्षेत्रमा तीनै तहले बजेट विनियोजन गरेको भएपनि तीन तह तीनतर्फ फर्कदा नागरिकले स्वास्थ्य सेवामा पहुँच राख्न नसकेको मन्त्री थापामगरले बताए । तीनवटै सरकार जोडिएर काम गर्न सके स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउन सकिने उनको धारणा थियो ।

    स्वास्थ्यकर्मीहरुले मुस्कानसहितको सेवा दिन सके केही हदसम्म रोकको निदानमा सहयोग पुग्ने भन्दै मन्त्री थापामगरले स्वास्थ्य केन्द्रलाई रिफर सेन्टरको रुपमा मात्रै उभ्याउन नहुने बताए । स्वास्थ्य बिमालाई विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापामगरले स्थानीय सरकारले त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले अस्पतालमा राजनीति पूर्ण रुपमा बन्द गर्नुपर्ने बताए । संविधानले नै गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको समान पहुँचको अधिकार दिएकोले संघीयताले दिएको सेवा सुविधालाई समान रुपमा वितरण गर्नुपर्नेमा उनले जोड दिए ।

    ‘सबैभन्दा बढी चुनौति कसरी अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई टिकाउने भन्ने रहेको छ, भवन भन्दैमा, उपकरण गुणस्तरीय हुँदैमा उपचार गुणस्तरीय हुँदैन’, उनले भने– ‘मूख्य गरी अस्पतालको सेवा बृद्धि र दक्ष जनशक्ति पनि आवश्यक हुन्छ ।’ बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्राथमिकता दिएको बताउँदै दुलालले आग्रह पूर्वाग्रह त्यागेर विकास र नागरिकको सेवामा जोड दिनुपर्ने बताए ।

    कार्यक्रमकै बीच चौतारा अस्पतालले उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरेको छ । असोज, कार्तिक र मंसिर महिनाका मासिक उत्कृष्ट कर्मचारी क्रमसः रामकृष्ण नेपाल, बुद्ध गुरुङ, सुनिलकुमार यादवलाई सम्मान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रहरी भण्डारीले बताए । उत्कृष्ट कर्मचारीलाई स्वास्थ्य मन्त्री किरण थापा मगर र प्रदेश सभा सदस्य युवराज दुलालले संयुक्त सम्मान पत्र प्रदान गरेका थिए ।

    सेवा शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माइली तामाङ, अमृता नेपाल, स्थानीय जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी किरण थापा, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायणबहादुर कार्की, जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution