• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

खानेपानीको उपभोग गर्दा पैसा तिनुपर्ने अवस्था हट्छः मन्त्री यादव

ग्लोबलपाटीप्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)
  • ७३४ पाठक संख्या
  • Khanepani

    चौतारा । गुणस्तरीय खानेपानीको उपभोग गर्न पाउने जनताको मौलिक हकको उपयोग गर्दा पैसा तिनुपर्ने अवस्थाको अन्त्य गरिने खानेपानी मन्त्री प्रदीप यादव बताएका छन् ।

    सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा निर्मित गुणस्तरीय खानेपानी प्रशोधन केन्द्र एवम् नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री यादवले निःशुल्क खानेपानीको उपभोग गर्न पाउने जनताको मौलिक हकलाई आपूmले स्थापित गर्ने बताए । ‘विश्वकै जलश्रोतको धनी देशका जनताले खानेपानीको उपभोग गर्दा पैसा तिनुपर्ने अवस्था छ, अब म त्यो हुन दिन्न’, उनले भने– ‘हरेक नेपालीले निःशुल्क रुपमा खानेपानीको उपभोग गर्नपाउनु पर्नेमा मैले जोड दिँदै आएको छु ।’

    हरेक जनताको घरमा गुणस्तरीय खानेपानी पुर्याउने सरकारको उद्देश्य अनुरुप आफूले काम गरिरहेको बताए । ‘जनताको पानी, सरकारको लगानी’ भन्ने मूल योजनाको साथ खानेपानी मन्त्रालयले काम गरिरहेको बताउँदै उनले शुद्ध खानेपानीको लागि जनताले पैसा तिनुपर्ने व्यवस्था हटाईने उद्घोष गरे । खानेपानी उपभोग गरेपावत चर्को मूल्य तिर्नु न्यायोचित र वैज्ञानिक नभएको बताउँदै मन्त्री यादवले उपभोक्ताले खानेपानीको उपभोग गरेवापत गर्नुपर्ने ३० प्रतिशत सहलगानी पद्धतिलाई खारेज गरिने बताए ।

    १ वर्ष भित्रमा ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य मन्त्रालयले राखेको बताउँदै उनले यस पटकको बजेट ४२ हजार उपभोक्तालाई ध्यानमा राखेर बनाईने बताए । ‘यो पटकको बजेट निर्माण कुनै नेताको व्यक्तिगत मनसाय र धाँदलीले हुँदैन, उपभोक्ताको रायले हुन्छ’, मन्त्री यादवले भने– ‘शुद्ध खानेपानी उपभोग गर्न पाउने जनताको अधिकारलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयमा विशेष बजेटको मागसमेत गरेको छु ।’

    जनताको सेवा दिन बनेको उपभोक्ता समितिलाई लिने कर खारेज गर्नेबारे संसदमा आवाज उठाएको बताउँदै उनले जनताका खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्नु आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको स्पष्ट पारे । ‘मन्त्रालय सम्हालेदेखि नै जनताको खानेपानी समस्या समाधानका निम्ति निरन्तर कार्यरत छु’, मन्त्री यादवले भने– ‘खानेपानी क्षेत्रका समस्याहरू समाधान गर्ने म प्रतिबद्धता व्यक्त गर्दछु ।’

    गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित र प्रशोधित खानेपानी उपलब्ध गराएर स्वास्थ्य, सरसफाई एवम् समग्र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकिने बताए ।

    ६ करोड २६ लाख रुपैंयामा निर्माण गरिएको प्रशोधन केन्द्रबाट २५ लिटर प्रति सेकेण्ड पानी शुद्धिकरण गरी उपभोक्तासम्म पु¥याईने जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सुभाष कर्मचार्यले बताए । हाल समिति अन्र्तगत ५ हजार ५ सय उपभोक्ता रहेको बताउँदै उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पानी परीक्षण गरी गुणस्तरीय खानेपानी उपभोक्तालाई वितरण गरिएको बताए ।

    कार्यक्रमको अवसरमा योजना सम्पन्न गर्न सघाउ पुर्याएवापत तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिडन ईन्जिनियर अरुण सिंखडा, निर्माण कम्पनी सगरमाथा मालिकादेवी जेभी, जग्गादातालगायतलाई सम्मान गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution