• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर ५, शुक्रबार | Friday, 21, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

बालबालिकालाई सहयोग गर्दै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले मनायो स्थापना दिवस

ग्लोबलपाटीप्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
  • १२१६ पाठक संख्या
  • Uddyog Badijya Sang

    बाह्रविसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले बालबालिकालाई आवश्यक सामग्री सहयोग गर्दै २९औं स्थापना दिवस मनाएको छ ।

    दिवसको अवसरमा मंगलबार बाह्रविसे नगरपालिका वडा नं. ८ मा रहेको सिन्धु बहिरा आधारभूत विद्यालका फरक क्षमता भएका ३० जना बालबालिकालाई संघले सहयोग गरेको हो । संघका अध्यक्ष होमबहादुर बस्नेत(राजकुमार)ले ३० जना बालबालिकालाई ट्रयाकसुट, टी सर्ट र खाजा सहयोग गरेका थिए ।

    विद्यालयको प्रधानाध्यापक मैना कार्कीले संघले गरेको सहयोगले बालबालिकाको पढाईमा थप सहयोग पुग्ने बताईन् । ‘उहाँहरुको यो सहयोगले विद्यार्थीहरुको अध्ययनमा केहि मात्रामा भएपनि सहयोग पुगेको छ’, उनले भनिन्– ‘विद्यालयको तर्फबाट यस्तो सामाजिक कार्यप्रति म उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गर्दछु ।’

    सो अवसरमा संघका अध्यक्ष बस्नेतले विद्यालय व्यवस्थापनका लागि ५१ हजार रुपैंया सहयोगसमेत गरे । उनले विद्यालयलाई सहयोग गर्न संस्थागत रुपमा र आवश्यक परे ब्यक्तिगत रुपमा सहयोग गर्नसमेत तयार रहेको बताए । ‘यो विद्यालयले अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा विशेष सहयोग गरिरहेको पाएको छु’, उनले भने– ‘तसर्थ विद्यालयको विकासको लागि संस्थागत रुपमा होस् वा व्यक्तिगत रुपमा सधैं तयार छु ।’

    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य यादव दाहल, संघका उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमल्सिना, सचिव ईश्वर गुभाजु, सहकोषाध्यक्ष बिचारी पराजुलीलगायत कार्यसमिति सदस्य, सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति थियो ।

    विद्यालयमा सहयोग गरेपश्चात संघको कार्यालय बाह्रविसेमा केक काटी दिवसको मनाएको थियो । संघले २९औं स्थापना दिवसको अवसरमा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई व्यवसायिक उन्नतीको शुभकामनासमेत प्रदान गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution