• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
  • ६४१ पाठक संख्या
  • anfa_logo
    फाईल तस्विर

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।

    हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो । जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन् ।

    कर्णाली प्रदेश फुटबल सङ्घका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए । उनकाअनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो ।

    सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ । छनोटमा आउने खेलाडीले आफू २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नुपर्नेछ । जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ ।

    बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब तीन वर्षदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रासरुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ ।

  • खेलकुद
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • जिल्ला स्तरीय जलबिरे भलिबल कपको उपाधी मेलम्चीलाई

  • जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि सेलाङ माविलाई

  • हिराहरिले गर्यो शुभकामना आदानप्रदान

  • जिल्ला अन्तर वडा स्तरीय पुरूष भलिबलको उपाधी पाङ्ताङ युवा समाजलाई


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution