• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

लामोसाँघु–सिँगटी प्रसारण १३२ केभी प्रसारण लाइन निर्माण तीव्र

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • ८०४ पाठक संख्या
  • 5ff3b398df6dc_Untitled-2
    फाईल तस्विर

    लामोसाँघु । जग्गा विवादका कारण लामो समयदेखि सुस्त रहँदै आएको लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको आठओटा टावरको जग निर्माण भएसँगै कामले तीव्रता पाएको हो ।

    सन् २०१२ को अन्त्यमै सम्पन्न हुनुपर्ने प्रसारण लाइन निर्माणमा विभिन्न ठाउँमा जग्गा विवादका कारण ढिलाइ भएको थियो । प्रसारण लाइनका लागि निर्माण गर्नुपर्ने १२५ ओटा टावरमध्ये ११७ टावरको निर्माण सम्पन्न भइसकेको तथा बाँकी आठओटा टावरको जग निर्माण गर्ने काम सकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइन आयोजनाका आयोजना प्रमुख राजन ढुंगेलले जानकारी दिएका छन् । जग निर्माणको काम सकिएकाले अब टावरका लागि आवश्यक सामान निर्माणस्थलमा पुर्याउने काम भइरहेको उनले बताए ।

    ४० किलोमिटर डबल सर्किट तार तान्नुपर्नेमा निर्मित टावरहरूमा करिब ३१ किलोमिटर सिंगल सर्किट तार तान्ने काम समाप्त भएको आयोजनाले बताएको छ । ८ ओटा टावर निर्माण गर्ने, सिंगल सर्किट तार तान्ने तथा विद्युत् प्रसारण गर्न सिँगटी तथा लामोसाँघुमा रहेका सबस्टेशनमा उपकरण जडान गर्न अब डेढ महीना लाग्ने आयोजना प्रमुख ढुंगेलले जानकारी दिए । प्रसारण लाइन निर्माण समयमा सम्पन्न नहुँदा सिँगटी खोला र खानी खोला तथा खारे खोला बेसिनमा निजीक्षेत्रका निर्माण भएको जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादन शुरू गर्न सकेका छैनन् । १० मेगावाटको सिप्रिङ खोलाको विद्युत् खेर गइरहेको छ । यस्तै ११ मेगावाटको तल्लो खारे खोला, ५ मेगावाटको घट्टे खोला, २५ मेगावाटको सिँगटी खोला आयोजना पूरा गरी परीक्षणको चरणमा छन् ।

    विद्युत् प्राधिकरणले लामोसाँघु–सिँगटी प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा २ वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सबस्टेसनसमेत निर्माण गर्नुपर्ने थियो । सबस्टेसन निर्माणका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का सम्झौता गरेको थियो । पहिलोपटक म्याद थप भएपछि ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि कम्पनीका स्थानीय प्रतिनिधिले अहिले प्रसारण लाइनको काम गरिरहेका छन् । कुनै असहज परिस्थिति उत्पन्न नभए डेढ महीनामा सिंगल सर्किटबाट विद्युत् प्रसार गर्ने अवस्थामा आयोजना पुग्ने आयोजना प्रमुख ढुंगेलले बताए ।

  • जलविद्युत् आयोजना
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै

  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution