• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

‘किबी जोन’ बन्दै सिन्धुपाल्चोक

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • ३७४ पाठक संख्या
  • 199
    फाईल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका किसान किवीखेतीतर्फ आकर्षित हुन थालेका छन् । किवीखेतीमा किसानको आकर्षण बढेपछि कृषि ज्ञान केन्द्र धुलिखेलले सिन्धुपाल्चोकलाई ‘किवी जोन’ बनाउने तयारी गरेको छ ।

    ‘हामीले मेलम्ची नगरपालिका–१ लाई किवीको पकेटक्षेत्रको रूपमा समेत घोषणा गरी अनुदान दिँदै आएका छौं,’ ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दुवाडीले भने, ‘अब जिल्लालाई नै किवी जोन बनाउने तयारी गरिएको छ ।’ पकेट क्षेत्रका अलवा जिल्लाका बतासे, कार्कीटार, थुमपाखर, जेठल र नवलपुरमा कृषि ज्ञान केन्द्रबाट गतवर्ष अनुदानमा बिरुवा वितरण गरिएको उनले बताए ।

    जिल्लाका हेलम्बु, भोटेचौर र हैबुङमा गतवर्ष १ हजार ५०० टन किवी फलेको केन्द्र प्रमुख दुवाडीले जानकारी दिए । वाइन, जुसलगायत पेयपदार्थ बनाएर बजारमा लैजाने योजना भएकाले जिल्लामा किवी खेतीमा थप प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ । गाउँमै जुस, वाइनजस्ता पेयपदार्थ बनाउन मेशिन प्रयोगमा ल्याइएको उनले बताए । केन्द्रको अनुसार यस वर्ष जिल्लाभर २ दशमलव ५ मेट्रिक टन किवी उत्पादन हुने अनुमान छ । केन्द्रले सहयोग गर्न थालेपछि पश्चिम क्षेत्रमा पर्ने मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिकासम्मका कृषक किवीखेतीमा जुटेका छन् । राम्रो उत्पादन तथा आम्दानी हुने भएपछि कृषकले व्यावसायिक रूपमा किवीखेती गर्न थालेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–३ को खाले र कार्कीटारका कृषकले ३५० बिरुवा लगाएर यसै वर्षबाट किवीखेतीको थालनी गरेका छन् ।

    त्यस्तै भोटेचौरमा ६ वर्षअघि लगाएको किवीले उत्पादन दिन थालेको छ । दिनेशप्रसाद सिग्देलसहितका स्थानीय युवाको समूहले भोटेचौरमा ८० लाख रुपैयाँको लगानीमा २०६९ सालमा ६० रोपनी क्षेत्रमा किवीका बिरुवा लगाएको हो । ‘अहिले १ हजार २०० रोपनीमा किवी खेती भइरहेको छ,’ उनले भने, ‘वर्षेनि बढाउँदै लाने गरेका छौं ।’ यो व्यवसायले प्रत्यक्ष रूपमा वार्षिक १ हजार जनालाई रोजगारी दिइरहेको उनले बताए ।

    २ करोड रुपैयाँ लगानीमा हैबुङमा पनि २२० रोपनीमा किवीका बिरुवा रोपिएका छन् । हाल दुवै ठाउँमा १ हजार ४२० रोपनीमा १६ हजार बिरुवा रोपिएको छ । बिरुवा रोप्न चार करोड लगानी गरेको उद्यमी सिग्देल बताउँछन् । गत वर्षदेखि उत्पादन हुन थालेको किवी फल व्यापारीको माग अनुसार विक्री गरिँदै आएको छ ।

    शुरूमा काभ्रेको धुलिखेलबाट प्रतिबिरुवा ६०० रुपैयाँमा खरीद गरी ल्याएको र यस वर्षदेखि आफैले नर्सरी स्थापना गरी प्रतिबिरुवा २५० मा विक्री गरेको सिग्देलले बताए । त्यहाँबाटै हेलम्बुमा ५०० बिरुवा विक्री वितरणसमेत गरिसकेको छ । यस वर्षदेखि परीक्षणको रूपमा जुस उत्पादन गरिएको छ । तर आर्थिक अभावले चिस्यान केन्द्र राख्न नसकिएको उनले बताए । शुरू गरेको केही समय उत्पादन कम भएकाले निरुत्साहित भएको हैबुङ बन्जाराटोलका महलाल दुलालले सुनाए । ‘अहिले पहिलेको जस्तो बजार नपाउने र विक्री नहोला भन्ने समस्या छैन,’ उनले भने । किवीको फल लाग्न ४ देखि ५ वर्ष कुर्नुपर्ने भए पनि यसबाट राम्रो आम्दानी हुने थाहा पाएपछि अधिकांशको कृषकको चासो बढेको उनको भनाइ छ ।

    भोटेचौरको हिमालयन किवी प्रालिले बिरुवा उत्पादन गरी विक्री गरिरहेकोले खेती विस्तार गर्न सजिलो भएको कृषकहरू बताउँछन् । यसका लागि ३२ जनाको कृषक समूह नै बनेको छ । ‘फर्मले राम्रो किवी उत्पादन दिन थालेपछि सबैले लगानी गर्न थाले,’ स्थानीय सुवास दुलालले भने । त्यस्तै ५ वर्षअधि भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले १० रोपनीमा लगाएको किवी फल्न थालिसकेको छ । किवीको बिरुवा रोपेको ४ वर्षदेखि फल लाग्न शुरू हुन्छ । यहाँका किसानले पहिलो चरणमा नेपाली बजारलाई नै प्राथमिकतामा राख्ने र दोस्रो चरणमा निर्यात गर्ने लक्ष्य लिएका छन् । मङ्सिरदेखि फागुनसम्म उत्पादन हुने यो फलबाट वाइन र जामजस्ता खाद्य पदार्थ पनि बनाउन सकिन्छ । किवीबाट त्यस्ता पदार्थ उत्पादन गर्न गृहकार्य शुरू भइसकेको ज्ञान केन्द्रले बताएको छ ।

  • कृषि
  • समाज
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution