• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

चिनौं गुराँस, बुझौं गुराँस

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार (५ साल अघि)
  • १२०० पाठक संख्या
  • Rhododendron-Flower_20200312062510
    नेपालको राष्ट्रिय फूल लालिगुराँस ।

    नेपालको राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङबारे कसैले प्रश्न गर्‍यो भने भाइबहिनीलाई पक्कै पनि अलमल हुँदैन। सामान्य ज्ञान, विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा दोहोरिने भएकाले अल्मलिने कुरै भएन।

    अन्य बोटबिरुवाका पात झरेर तिम्रो हाम्रो आसपासको वातावरण उजाड देखिए पनि हिजोआज राष्ट्रिय फूल लालीगुराँसले भने वनपाखा उज्यालो बनाएको छ। विज्ञले निकै लामो अध्ययन गरेर राय÷सुझाव दिएपछि तत्कालीन राजा महेन्द्रले २०१९ सालमा लालीगुराँसलार्ई राष्ट्रिय फूल घोषणा गरेका थिए।

    राजा महेन्द्रले २०१९ साल पुस १ मा सार्वजनिक गरेको संविधानमा राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङसहित अन्य राष्ट्रिय पहिचान समेटिएको थियो। त्यसपछि रूख आकार अर्थात् वृक्ष कदको लालीगुराँसले राष्ट्रिय पहिचान पाएको हो। नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन्। लालीगुराँस पूर्वदेखि सुदूरपश्चिमका डाँडापाखामा भेटिने भएकाले विज्ञहरूले यो वनस्पतिलाई राष्ट्रिय फूल बनाउन सिफारिस गरेका थिए।

    झाडी, बुट्ट्यान र मझ्यौला रूख आकारका गुराँस सयौं थरीका छन्। तर सबै लालीगुराँस होइनन्। ठूलो रूख आकारको लालीगुराँस भने नेपाल र चीनमा मात्रै पाइने वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले जानकारी दिए। वृक्ष कदको लालीगुराँसले अन्य देशका राष्ट्रिय फूलभन्दा छुट्टै परिचय दिएको उनको बुझाइ छ। लालीगुराँसले राष्ट्रिय पहिचान पाएको केही महिनाभित्रै इजरायलको हाइफा सहरमा भएको विश्वस्तरीय राष्ट्रिय फूलको चित्र प्रर्दशनीमा नेपालले पनि भाग लिएको थियो। त्यो प्रदर्शनीमा नेपालको राष्ट्रिय फूलबारे धेरै विदेशीले चासो लिएका श्रेष्ठ स्मरण गर्छन्।

    ल्याटिन भाषाको ‘रोडो’ (रातो) र ‘डेन्ड्रन’ (वृक्ष) शब्दको संयोजनबाट अंग्रेजी शब्द रोडोडेन्ड्रन बनेको वनस्पतिविद् बताउँछन्। संसारभर गुराँसका एक हजार एक सय ५७ प्रजाति फेला परेका छन्। नेपालमा ३१ प्रजाति पहिचान गरिएको वनस्पति विभागले जनाएको छ। नेपालको कुल वन क्षेत्रको करिब १० प्रतिशत भू–भाग गुराँस पाइने मि िश्रत जंगल छ। यस्तो जंगलले करिब ६ लाख ९२ हजार हेक्टर क्षेत्रफल ओगटेको छ।

    नेपालको पूर्वीभेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) मा लालीगुराँसको जंगल लै छ। टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानीसमेत भनिन्छ। फागुन, चैत, वैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र बाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ।

    त्यसैले त सरकारले गुराँसको राजधानी टीएमजेलाई नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गरेको छ। पूर्वको पर्यटकीय सहर धरान–धनकुटा हुँदै तेह्रथुमको वसन्तपुर टुटेदेउराली हुँदै सो क्षेत्र पुग्न सकिन्छ। ताप्लेजुङ र संखुवासभाका विभिन्न क्षेत्रबाट पनि त्यहाँ पुग्न सकिन्छ। यसपटक अझै तापक्रममा सुधार नआएकाले त्यहाँ ढकमक्क गुराँस फुल्न चैत महिना नै कुर्नुपर्ने धरानका पत्रकार किशोर थुलुङ राई बताउँछन्।

    नेपालमा समुद्र सतहको एक हजार तीन सयदेखि दुई हजार पाँच सय मिटर उचाइ हाराहारीमा लालीगुराँस गुराँस पाइन्छ। लालीगुराँसबाहेक तर अन्य थरीका गुराँस भने चार हजार पाँच सय मिटर उचाइ हाराहारीमा पनि फेला परेका छन्। हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँससमेत भन्ने गर्छन्। अहिले हिमाली भेग हिउँले ढाक्ने भएकाले रेडोडेन्ड्रन निभालजस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन्।

    उन्यूको झाँडी झैं देखिने रेडोडेन्ड्रन निभालको उचाइ एक मिटरभन्दा पनि कम हुने वनस्पतिविद् डा. श्रेष्ठले जानकारी दिए। ‘लालीगुराँसको रूख जति कम उचाइमा हुन्छ, त्यसको उचाइ र लाली रङ निकै गाढा हुन्छ, उनी भन्छन्, ‘जति उचाइमा यो वनस्पति भेटिन्छ, फूलको रङ पनि फिका र सेतो हुँदै जान्छ।’ उनका अनुसार टीएमजेबाहेक ताप्लेजुङको कञ्चनजंघा र मनाङ र गोरखाको लार्केभन्ज्याङ, डिम्जाकोठी क्षेत्र आसपासका भेगमा पनि लालीगुराँसका धेरै प्रजाति पाइन्छन्।

    गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्टे«लियामा पाइन्छ। यीबाहेक अन्य देशमा गुराँस भेटिए पनि अन्यत्रबाट ल्याइएकाले प्राकृतिक वातावरणमा हुर्किएका भन्न नमिल्ने अर्का वनस्पतिविद् पुष्पमान अमात्य बताउँछन्।

    गुराँसको राजधानी टीएमजेबारे विदेशी विज्ञले पञ्चायतकालदेखि चासो राख्दै आएका थिए। पर्यटक पथ प्रदर्शकसमेत रहेका फ्रान्सेली नागरिक रेने डी मिलभिल्लेले पञ्चायतकालमा पटकपटक टीएमजेको स्थलगत अध्ययन÷अवलोकन गरेका थिए। त्यहाँको जैविक विविधता र गुराँसका प्रजातिबारे रिपोर्ट तयार गरेका उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सो भेगलाई संरक्षण गर्न सुझाव दिएका थिए।

    मिलभिल्लेले सुझाएका पथ पछ्याउँदै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले २०५० सालदेखि टीएमजेमा संरक्षण क्रियाकलाप सुरु गरेको थियो। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २०५४ मा वन मन्त्री हुँदा संरक्षणकर्मीले त्यहाँको महत्व अवगत गराउँदै संरक्षित क्षेत्र बनाउन सुझाव दिए। तत्कालीन वातावरण तथा जनसंख्या मन्त्रालयले २०५५ मा राष्ट्रिय लालीगुराँस संरक्षण क्षेत्र घोषणा गरेपछि त्यहाँ समुदायद्वारा संरक्षित क्षेत्रको अवधारणा अघि बढेको छ। टीएमजेको महत्वलाई टेवा पुर्‍याउन तत्कालीन वातावरण तथा जनसंख्या मन्त्रालयले २०५५ मा राष्ट्रिय लालीगुराँस संरक्षण क्षेत्रसमेत घोषणा गरेको थियो। सो क्षेत्र पाँच सय ८५ वर्ग किमिमा फैलिएको छ।

  • बाल संसार
  • प्रतिक्रिया दिनुहोस
    बाल संसार सम्बन्धि थप
  • बाल कविताः झाेला फाट्याे

  • बालकविताः नानीको बानी

  • पानीको चमत्कार !

  • राजुको होमवर्क कसले गरिदियो ?


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution