• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १७, मंगलबार | Tuesday, 31, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

लुओ जनजातिको अनौठो परम्परा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन ११, सोमबार (१ साल अघि)
  • १६६४ पाठक संख्या
  • Luwo Janajati
    ‌‌‌

    संसारभर अहिले पनि फरक–फरक परम्परा अवलम्बन गर्ने जनजातिहरू भेटिइन्छन् । जनजातिहरूको आफ्नै नियम र परम्परा हुन्छन् । केही जनजातिकाहरु आश्चर्य लाग्दा रीतिथिति मान्ने गर्छन् । उनीहरुले अंगाल्ने संस्कारका बारेमा जान्दा जो कोहीलाई आश्चर्य लाग्छ । यस्तै, जनजातिभित्र पर्छन् लुओ जनजाति । यो जनजातिलाई जोनागीरओनागी पनि भनिन्छ । यो जनजाति उत्तरी युगान्डा र उत्तरी तान्जानीया क्षेत्रमा बसोबास गर्ने गर्छन् । यो जनजाति अनौठो परम्परा र सांस्कृतिक प्रथाका कारण प्रसिद्ध छ ।

    शवसँग सुत्ने
    यो जनजातिभित्र मृत्यु भएका पतिसँग पत्नीले एक रात बिताउनुपर्ने प्रचलन रहेको छ । पतिको अन्तिम संस्कार गर्नुअघि शवसँग एउटै कोठामा सुत्नुपर्ने हुन्छ । एउटै कोठामा सुतेर पतिसँग प्रेम गरेको सपना देखिन्छ भन्ने विश्वास रहेको छ । त्यसपछि उक्त महिला स्वतन्त्र हुन्छिन् र उनी अर्को विवाहका लागि योग्य ठहरिन्छिन् ।

    विशेष स्थानमा शारीरिक सम्बन्ध
    लुओ जनजातिहरुको शारीरिक सम्बन्ध विशेष स्थानमा राखिन्छ । यो जनजातिमा झगडाको क्रममा खाना पकाउँदा प्रयोग गरिने छडीले श्रीमतीले श्रीमानलाई कुटपिट गर्न हुँदैन । तर, यदि यस्तो भएमा यसभित्रका सज्जन तथा वृद्धले बनाएको एक अनुष्ठानका अनुसार दुवैलाई एक हर्बल पेय पदार्थ पिलाइन्छ । जसलाई ‘मान्यसी’ भनिन्छ । यसपछि दुईबीचको तनाव कम गर्न शारीरिक सम्बन्ध राख्नुपर्ने हुन्छ ।
    यसका साथै, अन्नबाली भित्र्याउने समयमा पनि शारीरिक सम्बन्ध राख्नुपर्ने परम्परा छ । लुओ जनजातिमा विवाह गर्ने प्रथा छ तर अन्नबाली काट्ने समयमा लुओ पुरुषले सबैभन्दा पहिले आफ्नी पहिलो श्रीमतीसँग सम्बन्ध राख्नुपर्ने हुन्छ । अर्को प्रथा अनुसार छोराले बुहारी ल्याएपछि मातापिता एकसाथ बिस्तारामा नसुतेसम्म छोराबुहारी एकसाथ सुत्न सक्दैनन् । यसलाई नवविवाहित जोडीका लागि आशीर्वादको रुपमा लिइन्छ ।

    जेठा सन्तानअघि विवाह
    पहिलो सन्तानले विवाह गरेपछि मात्रै पछिका सन्तानले विवाह गर्ने प्रचलन यो जनजातिमा रहँदै आएको छ । युवतीहरू आफ्ना दिदिहरुको विवाह नभइ विवाह गर्न सक्दैनन् । जो युवती आफ्नी दिदिभन्दा पहिले विवाह गर्छिन् उनलाई समाजबाट बहिष्कृत गरिन्छ । जुन युवतीको बेहुला भेट्न गाह्रो हुन्छ ती युवतीलाई जबरजस्ती विवाह गराइन्छ । यो प्रथाको अर्को नकारात्मक पक्ष भनेको विवाह गर्ने इच्छा नहुँदा नहुँदै पनि भाइबहिनीका लागि विवाह गर्नुपर्ने हुन्छ । यदि कुनै कान्छी बहिनीले पहिले विवाह गरेमा दुलाहाको दाइजो उनका पितालाई होइन दुलहा–दुलहीका काका काकीलाई दिनुपर्ने हुन्छ । यस्तै, कान्छो भाइले पहिले विवाह गरेमा कान्छो भाइको श्रीमतीको हातले बनाएको खाना जेठो दाइले खाँदैनन् । साथै, दुवै दाजुभाइ एकसाथ बसेर पनि खान खान सक्दैनन् ।

    आत्महत्या गर्नेलाई कोर्रा
    लुओ जनजातिमा आत्महत्या गर्नुलाई जघन्य अपराध मानिन्छ । यसका लागि कडा सजाय पनि दिइन्छ । कोही व्यक्ति झुन्डिएर आत्महत्या गर्छ भने उसलाई भुँइमा राखेर कोर्रा हान्ने चलन रहेको छ । आत्महत्या गर्नेको शव घरबाहिर ‘गुण्डा’ नामको स्थानमा गाडिन्छ । आत्महत्या गर्नेहरुको शवलाई अन्य व्यक्तिहरुको शवभन्दा टाढा राखिन्छ भने शवलाई बाकसमा बन्द गरिन्छ । यसका साथै, आत्महत्या गर्नेहरुको शव सोही रात नै गाडिन्छ । उनीहरुको मृत्युमा शोक पनि मनाइँदैन । मृत्युको शोक मनाएमा आत्माले दुःख दिने विश्वास यो जनजातिमा छ । अविवाहित वा सम्बन्धविच्छेद भएकाहरुले आत्महत्या गरेको खण्डमा उनीहरुको शव सानीआमाको घर नजिकै गाड्ने गरिन्छ । ति व्यक्तिहरुलाई ‘मिगोगो’ भनिन्छ । (एजेन्सी)

  • ग्लाेबलपाटी
  • राेचक
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • यस्तो हुनेछ अन्तरिक्षमा जन्मिने पहिलो बच्चा !

  • फालेको चूरोटको फिल्टर जम्मा गरेर बन्यो करोडौंको कम्पनि

  • विश्व कीर्तिमान रचे ६ महिने बालकले

  • कंगारुसँग जोडिएका अनौठा रहस्य


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution