• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

युक्रेनमाथी दर्जनौँ क्षेप्यास्त्र प्रहार

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)
  • १८२३ पाठक संख्या
  • Ucren
    ‌‌‌

    किएभ । रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ। यो राजधानी किएभमा महिनौँयता भएको सबैभन्दा ठूलो गोलाबारी हो ।

    आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ। घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन्। युक्रेनले आइतवार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ। अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो। आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ।

    किएभस्थित शिशु कक्षाको खेल मैदानमा ठूलो विस्फोट भएको थियो। त्यस नजिकै रहेको एक नौ तले भवनको माथिल्लो भाग ध्वस्त भएको थियो। विस्फोटमा परी घाइते बालिकाकी आमा जो एक रुसी नागरिक थिइन्, उनलाई त्यहाँको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको अधिकारीहरूले जानकारी दिए। उनीहरूका अनुसार ती घाइते बालिकाको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ।

    युक्रेनी सेनाले टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। शनिवार सेनाले बताए अनुसार रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको थियो। रुसी रक्षा मन्त्रालयले आइतवार किएभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ।

    विश्वका धनी राष्ट्रहरूको समूह ‘जी सेभेन’का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन्। सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।

    “हामी सँगै रहनुपर्छ,” अमेरिकी राष्ट्रपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई शिखर सम्मेलन सुरु हुनुअघि भने। “रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुदेखि कुनै न कुनै रूपमा नेटो र जी सेभेन विभाजित हुने अपेक्षा गर्दै आएका छन् … तर हामी त्यस्तो गर्ने पक्षमा छैनौँ। त्यसैले हामीले आक्रामकताको यो स्वरूपलाई अस्तित्वमा रहन दिन र त्यसलाई त्यतिकै रहन दिन सक्दैनौँ,” राष्ट्रपति बाइडनले आफ्नो मत राखे। शिखर सम्मेलनमा केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेका छन् भने अन्य केहीले युक्रेनलाई बलियो र दिगो साथ दिनु पर्नेमा जोड गरेका छन्। –बीबीसीकाे सहयाेगमा

  • विश्व
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    विश्व सम्बन्धि थप
  • युक्रेनमाथी रुसले गर्यो शैन्य आक्रमण

  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा खड्का

  • इराकी प्रधानमन्त्रीको हत्या प्रयास

  • श्रेष्ठले जिते अमेरिकाको ब्रानफोर्ड नगर सदस्य


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution