• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

यो बलात्कार उद्योग हो !

विमल नेपालप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (१ साल अघि)
  • ४५४ पाठक संख्या
  • Bimal Nepal
    फाईल तस्विर

    एक वर्षअघि एउटा न्यूज आयोः मोरङमा भैंसी बलात्कार गर्ने पक्राउ । उक्त न्यूजले निकैबेर घोरिन बाध्य बनायो । सुरुमा लाग्यो, ‘मान्छे किन यति निकृष्ट भएको होला ? मान्छेले किन विवेक र स्वनियन्त्रण गुमाउँदैछ ? किन अराजक बन्दैछ समाज ?’ अलिपछि लाग्यो, ‘मान्छेलाई किन यति निकृष्ट बनाउँदैछ समाज ?’ यो प्रश्न दिमागमा घुमिरह्यो । धेरैबेर सोचेपछि यो निष्कर्षमा पुगें, ‘हाम्रो समाजले नै बलात्कारी उत्पादन गरिरहेको छ । व्यवस्थाले नै बलात्कार बढाइरहेको छ । बलात्कार गर्ने कसैको रहर हुँदैन ।’

    चिन्ता ‘भैंसी बलात्कार’को होइन । पछिल्लो समय हाम्रो समाजमा ‘महिला बलात्कार’ बढ्दो छ । समाज बलात्कारी जस्तै भएको छ । ‘बृद्धद्वारा बालिका बलात्कार, बालिकाको सामूहिक बलात्कारपछि हत्या, बाबुद्वारा छोरी बलात्कृत, शौचालय जान लागेकी युवतीको बलात्कारपछि हत्या’ । यी र यस्तै प्रकारका समाचार दिनहुँजसो सार्वजनिक भइरहेका छन् । यस्ता समाचारले माथिङ्गल हल्लाउँछ । पुरुष हुनुप्रति नै घृणा जगाउँछ । तर, यो विषयको बहस घटनाकेन्द्रित भएर गर्दा अपूर्ण हुन्छ ।

    केही दिनअघि एउटा ट्वीट पढेको थिएँ । लेखिएको थियो, ‘बलात्कार पुरुषले गर्दैन, बलात्कारीले गर्छ ।’ एउटी महिलाले नै गरेको उक्त ट्वीटले हल्का ढाडस मिल्यो । तर, सन्तोष भएन । अलि पहिलासम्म लाग्थ्यो, ‘यो समाज पुरुषसत्तावादी भएर बलात्कार बढेको हो । पुरुषले बलात्कार गर्नुलाई पुरुषार्थ मान्छ । नारीलाई उपभोग गर्ने साधन ठान्छ । आफ्नो यौनप्यास मेटाउन पुरुषले जे पनि गर्छ । एकैछिनको तिर्सना मेटाउन बलात्कार गरेर हत्यासम्म गर्नसक्छ ।’ यस्तो कल्पनाले ‘म किन पुरुष भएँ हुँला ?’ जस्तो लाग्थ्यो । तर अहिले लाग्दैन । म उक्त ट्वीटलाई समर्थन गर्दै भन्छु, ‘बलात्कार पुरुषले गर्दैन, बलात्कारीले गर्छ ।’

    कुनै पनि चाहनालाई बढी दबाउँदा कुण्ठामा परिणत हुन्छ । त्यही कुण्ठाको उत्कर्ष पनि हो– बलात्कार । एक हिसाबले बलात्कार कुण्ठाको विस्फोट हो ।

    हुनचाहिँ हो, हाम्रो समाज व्यवस्थामा पुरुषसत्ता हाबी छ । धर्मका नाममा पुरुषले सधैं महिलामाथि राज गर्ने नीति बनाइएको छ । संस्कार या परम्पराको हवला दिएर श्रम, पारिश्रमिक, लवाइखवाइदेखि सम्पूर्ण जीवनशैली नै पुरुषभक्त हुनुपर्ने गरी नियम बनाइएको छ । पुरुषले बनाएको नियम मान्न महिलालाई बाध्य बनाइएको छ । नमाने अश्लील, चरित्रहीनको संज्ञा दिइन्छ । तर, बलात्कार बढ्नुको यीमात्रै कारण होइनन् ।

    बलात्कार, यौन र समाज

    सोझो हिसाबमा बलात्कार यौनसँग जोडिने विषय हो । महिलाले पुरुष बलात्कार गरेको न्यूज खासै आउँदैन । पुरुषले महिलालाई बलात्कार गरेको न्यूज प्रायः आउँछ । अब स्वभाविक प्रश्न उठ्छ– पुरुषले किन बलात्कार गर्छ ? यौनप्यास मेट्न हो ? हो, भने घरमा श्रीमती भएका पुरुषले बलात्कार नगर्नुपर्ने थियो । ‘महिलालाई जे गरे पनि हुन्छ’ भन्ने पुरुष मानसिकताले हो ? नहुनुपर्छ ।

    किनकि, हाम्रो समाजले यौनलाई जबरजस्त अतिरहस्यमयी बनाउन खोजेको छ । जहाँ बढी रहस्य हुन्छ, त्यसलाई खोतल्ने प्रयास धेरै हुन्छ । यो मानवीय स्वभाव हो । यसले पनि बलात्कार बढाउन सहयोग गरेको छ । यौन स्वभाविक जैविक प्रक्रिया हुँदाहुँदै पनि चरित्र र अनुशासनसँग जोडिने विषय बनाइएको छ । विवाहलाई यौनसम्पर्क गर्ने अनुमतिका रूपमा लिन बाध्य बनाइएको छ । पुरुष या महिला यौनचाहनालाई दबाएर चरित्रवान् हुन अभिषप्त छन् । कुनै पनि चाहनालाई बढी दबाउँदा कुण्ठामा परिणत हुन्छ । त्यही कुण्ठाको उत्कर्ष पनि हो– बलात्कार । एक हिसाबले बलात्कार कुण्ठाको विस्फोट हो ।

    म किन बलात्कारी भइनँ ?

    हाम्रो समाज, धर्म, संस्कार र परम्पराले मलाई पनि बलात्कारी बनाउनुपर्ने हो । एक अर्थमा, म बलात्कारी नहुनुपर्ने कुनै कारण छैन । मन र शरीरको चाहनालाई जबरजस्त विवेकले नियन्त्रण गरेकै कारण म बलात्कारीको सूचीमा सूचीकृत छैन । मेरो मन र मष्तिस्कले धेरै बलात्कार गरे पनि विवेकको नियन्त्रणका कारण शारीरिक रूपमा बलात्कारी हुन परेको छैन । अचेल धेरैले तर्क गर्छन् कि, कानुन कडा बनाएर बलात्कार निर्मुल पार्नुपर्छ । बलात्कारीलाई कारबाही हुनुपर्छ । तर म यसमा सहमत छैन कि कुनै पनि बलात्कारीलाई फाँसी दिएर बलात्कार रोकिन्छ ! अपराध गर्नेलाई कारबाही गर्दैमा अपराध घट्ने होइन । हामीले बलात्कारै नहुने समाज निर्माण गर्नु जरुरी छ । बलात्कार नहुने समाज व्यवस्थाको निर्माण गर्नुछ । त्यस्तै सोचको विकास गर्नुछ ।

    भनिन्छ, ‘ताल्चा चोरका लागि होइन, सज्जनका लागि हो ।’ हो पनि, चोरलाई चोर्नका लागि एउटा स्यानो ताल्चा बाधक हुँदैन । उसले चोर्नै पर्यो भने जसरी पनि चोर्छ । मुख्य कुरा यो हो कि, उसलाई चोर्नपर्ने परिस्थितिको निर्माण कसले गरिदियो ? उसलाई रोजगारी दिने हो भने वा नचोरी पनि सहज र सुन्दर जीवन जिउने ग्यारेन्टी हुने हो भने किन चोथ्र्यो होला र ? चोर्ने कसैलाई रहर होला र ? बलात्कार पनि त्यस्तै हो । कानुन कडा बनाएर होइन, बलात्कार गर्नै नपर्ने वा नगरे पनि हुने परिस्थिति र मनस्थितिको विकास गर्नु आवश्यक छ ।

    किन पशुले बलात्कार गर्दैन ?

    जनावरमध्येको एक हो, मान्छे । तर, मान्छेबाहेक अरु जातिका जनावरले बलात्कार गर्दैनन् होला । कुनै–कुनै जनावरमा बलात्कार हुन पनि सक्ला ! तर हामीले बढी हिमचिम गरेका जनावरले बलात्कार गरेको देखेको छैन । जैविक आवश्यकताका आधारमा जनावरले सहमतिमै यौनसम्पर्क गर्छन् ।

    तर मान्छेले बलात्कार गर्छ । किनकि, मान्छेलाई आफू सर्वश्रेष्ठ प्राणी भएको भ्रम छ । त्यही भ्रमका आधारमा अनेक नियम बनाएको छ । नियमभित्र आफूलाई, आफ्नो चाहनालाई, मनलाई, विवेकलाई कैद गरेको छ । सीमित कुराभित्र राख्न खोज्दा मान्छेले धेरै कुरा बाहिर राखेको छ । आफूले बनाएको दायरा भन्दा बाहिरको कुरालाई मान्छेले स्वीकार्नै सक्दैन । त्यही स्वीकार्न नसकेको, तर गुम्सिएको भावना तथा चाहनाको उपज हो, बलात्कार । चेतनशील एवम् विवेकशीलको नाममा मान्छे प्रकृतिविरुद्ध जान्छ । संसारमा मान्छेभन्दा प्रकृतिविरोधी अरु जनावर पनि छैन होला । प्राकृतिक चाहनालाई नियमको जन्जीरले बाँधेर मान्छे आफैं दुःखी छ, पीडित छ । त्यही दुःख र पीडाको परिणाम पनि हो, बलात्कार ।

    यौनः शोषण कि पोषण ?

    यौन हर सजीव प्राणीको अत्यावश्यक एक प्रक्रिया हो । जसलाई प्रजनन प्रक्रियासँगै सन्तुष्टि र सुखभोगको विषय पनि मान्ने गरिन्छ । मान्छेमा शारीरिक विकाससँगै यौनचाहना सुरु हुन्छ । त्यसलाई हाम्रो समाजले पापको रूपमा लिन्छ ।

    विवाहपूर्वको यौन वा विवाहइतर दम्पतीबाहेकको यौनलाई अपराध मानेकै कारण पनि बलात्कार जस्तो जघन्य अपराध भइरहेको छ । सहमति र सुरक्षित रूपमा उमेर पुगेका र चाहना भएकाबीच शारीरिक सम्बन्ध हुनुलाई स्वभाविक रुपमा ग्रहण गर्ने हो भने बलात्कार कम हुने थियो । तर, शरीरका लागि अत्यावश्यक यौनलाई अतिरञ्जित बनाएर हाम्रो समाजले झन् अपराध गरिरहेको छ ।

    चाहना र आवश्यकताका आधारमा सम्पर्क गर्ने हो भने यौन पोषण हुनसक्छ । तर, यौनलाई नै अपराध जस्तो बनाइएको कुण्ठित समाजमा यौन शोषणको विषय हुन पुगेको छ ।  संसारमा सदुपयोग गर्ने हो भने केही पनि नराम्रो चिज छैन, दुरुपयोग गर्ने हो भने केही पनि राम्रो चिज छैन । त्यसैले यौनलाई शारीरिक आवश्यकता, जैविक तथा प्रजनन प्रक्रियासित मात्रै जोडेर हेर्ने हो भने बलात्कारमुक्त समाज निर्माण गर्न सम्भव छ ।

  • विचार
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • निर्वाचनमा बालबालिकाको प्रयोग रोकौं

  • स्तनपानः अर्थ, फाईदा र स्तनपान सप्ताहको चर्चा

  • बढ्दो महंगी, खाद्य संकट र विश्व व्यवस्था

  • मेलम्ची नगरप्रमुखलाई खुला पत्र


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution