• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १६, सोमबार | Monday, 30, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

शैक्षिक सत्र : महिना पुर्‍याउने कि सिकाइ !

देवीराम आचार्यप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (४ साल अघि)
  • ६९६ पाठक संख्या
  • Academic_year_devi
    फाईल तस्विर

    कोभिड सामान्य बन्दै गए पछि र खोप लगाउने क्रमसँगै शिक्षण सिकाइ विस्तारै पुरानै लयमा फर्किदै छ । ग्रामीण क्षेत्रमा सबै विद्यालय र कक्षाको पठनपाठन नियमित भैसकेको छ भने शहरी क्षेत्रमा कतिपय ठूला विद्यालयले सावधानी अपनाउँदै जोर विजोर वा कक्षा अनुसार शिक्षण सिकाइ शुरु गरेका छन् र यो अब छिट्टै सामान्य हुने अनुमान लगाउन सकिन्छ । दश महिनासम्मको शिक्षण सिकाइमा आएको अवरोधले विद्यार्थीको सिकाइमा के कति क्षति भएको छ, यत्तीकै अनुमान लगाउन कठिन छ । यो लामो अवधिमा विद्यालयमा सिक्ने भाषा, सामाजिक अध्ययन, गणित र विज्ञानका सैद्धान्तिक विषय भन्दा बालबालिकाले केही न केही त सिकेकै छन् तर त्यो हाम्रो शिक्षण सिकाइको लक्ष्यमा समावेश नभएकाले हामीलाई तोकिएका विषयको सिकाइ महत्वपूर्ण लाग्नु स्वभाविक नै हो ।

    औपचारिक विद्यलायको लक्ष्य भनेकै पाठ्यक्रमले तोकेका शैक्षिक उद्देश्यहरु विद्यार्थीमा धेरै भन्दा धेरै हासिल गराउनु हो । यस अर्थमा पाठ्यक्रमले निर्धारण गरेका शैक्षिक उद्देश्य हासिल गराउन सकिएन भने त्यो विद्यालय सफल मान्न सकिदैँन । एक शैक्षिक सत्रमा सिकाउनका लागि निर्धारण गरिएका सबै विषयवस्तु विद्यार्थी समक्ष पुर्‍याउनु र अन्त्यमा त्यसको मूल्याङ्कन गरी तोकिएको मापदण्ड पूरा गरेका विद्यार्थीलाई अर्को कक्षामा लैजानु औपचारिक शिक्षा प्रणालीको एक महत्वपूर्ण काम हो । यस अर्थमा एउटा शैक्षिक सत्रमा वा कुनै पनि कक्षामा विद्यार्थीले के कति सिके वा सिकेनन् भन्नेले औपचारिक शिक्षा प्रणालीमा महत्त्वपूर्ण अर्थ राख्ने हुनाले नै शैक्षिक सत्रको समयावधि पनि उत्तीकै महत्वपूर्ण हुन्छ । कोभिडको कारणले अवरुद्ध शैक्षिक सत्र लम्बाउने कि नलम्बाउने भन्ने विषय अहिले वहसमा देखिन्छ । यो वहसले केबल विद्यार्थीको समयसँग मात्र चासो राखेको छ, सिकाइसँग यसको कम चासो देखिन्छ । वास्तवमा कोभिडले अवरुद्ध गरेको १० महिनाको सिकाइको क्षति कसरी पूर्ति गर्ने खास कुनै योजना वा रणनीतिहरु देखिएका छैनन् वहस केबल शैक्षिक सत्रको समय वा महिनालाई लम्बाउनेमा देखिन्छ ।

    कोभिडको अवधिमा धेरै बालबालिका वैकल्पिक सिकाइमा जोडिन सकेनन् । जोडिएका बालबालिकाले पनि प्रभावकारी रुपमा सिक्न सकेनन् । अनलाइन शिक्षा औपचारिक मात्र हुन पुग्यो । वैकल्पिक सिकाइ भनेको अनलाइन मात्र भन्ने बुझाई बन्यो । केही प्रयासहरु नभएका पनि होइनन् तर ती प्रयासहरुले सिकाइमा सार्थक रुपमा योगदान दिन सकेनन् र सबै बालबालिकालाई समेटन् सकिएन । समेटिएकाहरुलाई पनि प्रभावकारी रुपमा सिकाउन सकिएन । यसका थुप्रै कारण होलान् त्यता नलागौँ तर ध्यान दिनैपर्ने कुरा भने त्यो अवधिमा सिकाइ भयो वा भएन भन्ने महत्वपूर्ण हो । उक्त अवधिमा सिकाइ प्रभावकारी हुन सकेन ।

    केही विद्यालयका केही विद्यार्थीले वैकल्पिक सिकाइबाट सिक्न सके त्यो अर्थमा शैक्षिक सत्र लम्बाउनु गलत होला तर ठूलो संख्यामा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ भएकै छैन । शैक्षिक सत्रको पाँच महिनासम्म त धेरै सामुदायिक विद्यालयको औपचारिक सिकाइ शुरु भएकै थिएन । बन्दाबन्दीको कारण शिक्षकहरु विद्यालयसम्म पुग्न नसकिरहेको अवस्था थियो । अझ ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा त भौतिक रुपमा विद्यालय नखोल्दासम्म पठनपाठन नै हुन सकेन । त्यति बेला सम्म सात महिना नै बितिसकेको थियो ।

    सात महिना बितेपछि खुलेका विद्यालयको ध्यान पठनपाठनमा भन्दा पनि परीक्षामा गयो । पहिला पठनपाठन गरौँ परीक्षा त लिदै गरौला भन्ने तर्फ कसैको ध्यान पुगेन । पालिकाहरुले पनि परीक्षा गर्नमै रुचि देखाए । विद्यालयको ६ घण्टे पठनपाठन भन्दा २ घण्टे परीक्षा बढी उपलब्धि मूलक हुन्छ भन्ने कसरी पुष्टी हुन सक्ला ? कुनै परम्परागत ढाँचामा परिवर्तन गर्ने, नयाँ प्रयोग गर्ने, नवप्रवर्तन गर्ने र सिर्जनात्मताको प्रयोग गर्नेमा हाम्रो शिक्षा प्रणाली त कामयावी छैन नै शिक्षक, प्रधानाध्यापक र शिक्षाका प्रशासक पनि इच्छुक देखिन्नन् । त्यसैले त १० महिना पछि नियमित पठनपाठन शुरु नहुदैँ त्रैमासिक परीक्षाको औपचारिकता पुरा गरियो । अधिकांश विद्यालयमा शिक्षण सिकाइ सुरु भएको भए पनि अझ पूर्णत सुरक्षित भएर पुरानै लयमा आइपुगेको छैन । यस अर्थमा औपचारिकताको लागि १।२ महिना मात्र शैक्षिक सत्र लम्बाउनुले विद्यार्थीको सिकाइलाई भन्दा समय पुगेको औपचारिकता मात्र पूरा गर्नेछ ।

    थप गरिएको शैक्षिक सत्रमा पनि विद्यालयमा नियमित पठनपाठन हुने, विदाहरु कम गर्ने, कक्षा कोठामा आधारित परीक्षामा जोड दिदै औपचारिक परीक्षा कम गरी सिकाइलाई थप प्रभावकारी बनाउने रणनीति र योजनाहरु तयार गर्ने र शिक्षकहरुलाई उत्प्रेरणा सहित परिचालन गर्नु जरुरी हुन्छ । सामान्य अवस्थामा पनि सिकाइ प्रभावकारी नभएको र कमजोर हँुदै गएको परिवेशमा थप गरिएको शैक्षिक सत्रमा थप मेहनत नगरी नियमित रुपमा मात्र सञ्चालन गर्नु विद्यार्थीको सिकाइका दृष्टिले महत्व राख्दैन । समय भने पूरा हुनेछ ।

    यो वर्ष शैक्षिक सत्र यो समयसम्म थप गरिएको वा नगरिएको भन्ने ठूलो वहस र चिन्तनमा नलागेर बालबालिकाले सिक्नु पर्ने न्यूनतम सक्षमता हासिल गराएर माथिल्लो कक्षामा लैजान सक्ने अधिकार विद्यालयलाई दिन पनि सकिन्छ । यसो गर्दा विद्यालयले आफूले पठनपाठन शुरु गरेको समयसँग तुलना गरी योजना निर्माण गरेर यो वर्षको बाँकी अवधि र अर्को शैक्षिक सत्रलाई आफै मिलान गरी योजना तयार गरेर २ शैक्षिक सत्रलाई पूरा गर्न सक्छन् । अथवा कुन कुन पालिकामा विद्यालय कहिले खुले, शिक्षण सिकाइको अवस्था के छ ? अब कति समयमा न्यूनतम सिकाइ पूरा हुन सक्छ भन्नेमा पालिकाहरुमै सूचना जानकारी छन् । बाँकी समयमा कस्ता अतिरिक्त योजनाहरु तयार गरेर सिकाइलाई निरन्तरता दिन सकिन्छ र कुन समयबाट विद्यार्थीलाई अर्को कक्षाको शिक्षण सिकाइ गराउने भन्नेमा पालिकालाई नै जिम्मेवारी दिन पनि सकिन्छ ।

    केन्द्रबाट देशभरको अवस्थालाई सामन्यीकरण गरि एउटै निर्णय गर्नु भन्दा पालिकालाई दिदाँ अझ थप प्रभावकारी हुन सक्छ । कुनैबेला विद्यालय नखोल भन्ने निर्देशन दिदैँ गएर समय बितेपछि सञ्चालनको निर्णय गर्ने अधिकार पालिकालाई दिएकै हो । यही सिकाइमा आधारमा पनि शैक्षिक सत्रको समय सम्बन्धी निर्णय गर्ने अधिकार पालिकालाई दिन सकिन्छ । पालिकाले आफ्नो क्षेत्रो अवस्था अनुसार २ शैक्षिक सत्र मिलान हुने गरी निर्णय गर्न सक्छन् जुन बढी प्रभावकारी हुन्छ । विद्यालय तहको अन्तिम कक्षा १२ को सन्दर्भमा मात्र केन्द्रबाट कुनै खास प्रकारको निर्णय गरी स्थानीय स्तरमै शैक्षिक सत्र मिलान गर्ने जिम्मेवारी दिदाँ बालबालिकाहरुको सिकाइको क्षति न्यूनीकरण हुन सक्छ ।

    यदि पालिकागत वा विद्यालयगत रुपमा यो काम नगरी केन्द्रबाट तोकियो भने धेरै विद्यार्थीको सिकाइको क्षति परिपूर्ति हुन सक्ने अवस्था पनि हुदैँन र विद्यालय तथा पालिकाहरुले पनि न्यूनतम सिकाइ हासिल त भएको थिएन तर केन्द्रले यस्तै निर्णय गर्यो भन्ने बहाना बनाउने काम मात्र हुन्छ । पालिकालाई यस्तो निर्णय गर्ने अधिकारले जवाफदेहिता, जिम्मेवारीबोध र वास्तविक आवश्यकता अनुसार शैक्षिक सत्र मिलान हुन संभव छ र सिकाइको क्षति परिपूर्ति हुन सक्छ ।

    संघीयताको असल अभ्यास पनि हुनेछ र बालबालिकाको सिकाइमा थप टेवा पुग्नेछ । अधिकार दिन र लिन दुवै तयार हुनु जरुरी छ । स्थानीय सरकारले गर्ने निर्णयले बालबालिकाको सिकाइमा पुगेको क्षति न्यूनीकरणमा सहयोग पुग्ने छ ।

    आचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनमा विद्यावारिधिको शोध गर्दै छन् ।

  • विचार
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?

  • के हो आँखामा लाग्ने कन्जन्टिभाईटिस रोग ?


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution