• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

अकल्पनीय रुपमा प्राप्त यो महत्वपूर्ण समयलाई सही सदुपयोग गरौं

सुरेन्द्र नेपाल श्रेष्ठप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • ३५९ पाठक संख्या
  • 123997762_10158761436901358_2732082039229287304_n
    फाईल तस्विर
    अहिलेको विश्व परिवेश अति नै त्रासदीपूर्ण अवस्थामा गुज्रीरहेको छ l हाम्रो मनोबल पहिला भन्दा अझै उच्च राख्नु पर्ने जरुरी छ । मानसिक रूपमा कमजोर भयौं भने सामान्य अवस्थामा भन्दा धेरै समस्या थपिंदै जानेछन् र अहिलेको भन्दा झन् ठूलो नोक्सानी हुन सक्नेछ । अप्ठ्यारो घडीमा मैले अहिलेसम्म प्रयोग गर्दै आएको एउटा सूत्र तपाईंहरु समक्ष शेयर गर्न चाहन्छु ।

    – संभावित परिणामको पूर्ण आँकलन गर्ने,
    – हुन सक्ने क्षतिलाई सके सम्म कम गर्न कोशिश गर्ने,
    – कुनै पनि अवस्थालाई सहज रूपमा स्वीकार गर्ने l

    अहिले हामीले सबैभन्दा बढी चिन्ता गरेको विषय भनेको मृत्यु नै हो । यसलाई न कसैले टारेर टार्न सक्छ न त कसैले चाहेकै हुन्छ । तर मरिन्छ भनेर जे पायो त्यहि गर्न भने हुँदैन । हाम्रा सचेत क्रियाकलापहरुले मृत्युलाई केही पर घचेट्न भने सक्नेछौं । मानव विकासको इतिहासमा यस्ता धेरै घटनाहरू घटे तर प्रविधि विकासको छलाङले गर्दा पहिला जस्तो यो अनभिज्ञताको विषय भने बन्न सकेन । सबैले सबै कुरा सेकेन्ड भरमा थाहा पाउँदा हाम्रो चेतनाले पनि छिटो छिटो प्रतिक्रिया जनाउन थालेका कारण हामीमा बढी डर लाग्नु स्वाभाविक हो ।

    रोगको गति र अपत्यारिलो सन्जाल हेर्दा संसारका बहुसंख्यक मानिसहरूलाई यो समस्याले प्रभावित पार्ने देखिन्छ । तर सबै मानव जाति निमिट्यान्न भने हुने छैन । यो कहर पनि बितेर जानेछ, फेरी नयाँ पालुवा पलाउनेछ । आउने समाजमा नयाँ विधि, नयाँ अध्याय शुरू हुने नै छ । ती व्यवस्थामा हामी भएपनि परिवर्तन हुने छन्, हामी नभएपनि परिवर्तन हुने नै छन् । शतप्रतिशत जीवनआयु बाँच्ने स्वार्थ मानवीय गुण हो र हामी जस्तोसुकै अवस्थामा पनि आफ्नो र आफ्नाहरुको सुरक्षाको चासोलाई चनाखो भइ चाख मानेर हेरिरहेका हुन्छौ, गुनीरहेका हुन्छौं । तर सबै प्रक्रियामा हाम्रो सधै सहभागिता अनिवार्य छ जस्तो ठानिनु भने हुँदैन । बरु हाम्रो अनुपस्थितिमा पनि हाम्रो सम्झना बाँकी रहने कामहरु गर्दै जानु पर्दछ । आफ्नोतर्फ बाट अपनाउनु पर्ने सम्पूर्ण होशियारी अपनाऔं । परिवार, साथीभाइ, छरछिमेकीहरुसँग नियमित सम्पर्कमा बसौं

    अकल्पनीय रुपमा प्राप्त यो महत्वपूर्ण समयलाई सही सदुपयोग गरौं । भविष्यमा लेखिने इतिहासमा यो केवल कालो अध्यायको रूपमा चित्रण नगरी मानवता र प्रविधी बीच प्रकृतिले कसरी सामजस्यता ल्याउंदोरहेछ भन्ने प्रमाणित गरोस। हामीले बाँचेको यो समय मानवीय विकासमा एउटा महत्वपूर्ण कोशे ढुंगा साबित हुनेछ । पूर्वीय दर्शनमा एउटा अचम्मको विश्वास सर्बव्यापी छ, तिमी एक पाइला उठाउ, उसले हजार पाइला जोडाउछ । उ तत्व सर्वव्यापी प्रकृति तत्व हो, जसलाई धर्मले ईश्वर भनेपनि मानवीय उच्चतम् विवेकको अवस्था हो त्यो। अहिले यो रोगको महामारीमा मृत्युको भयले असहाय भइ हामी जसरी छटपटाएका छौं अन्तत: समर्पण बाहेक अर्को कुनै उपाय छैन । आत्मविश्वास बलियो बनाऔं, आफैप्रति समर्पण जनाऔं, प्रकृतिप्रति समर्पण जनाऔं र अस्तित्वलाई धन्यवाद दिउं ताकी यस्तो सुझबुझ र मनोरम जीवन उपहार दिएकोमा अनुग्रहीत होउं । हरक्षण पहिलो र अन्तिम क्षण मानेर उत्सवपूर्वक मनाऔ । सबैमा आफैप्रति सतर्क रही आन्तरीक तथा बाह्य स्वतस्फुर्त अनुभूती गर्न अनुरोध गर्दछु । सांसारिक सम्बन्ध त हामीले एक दिन यो वा त्यो बहानामा तोड्नु नै छ ।

  • विचार
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?

  • निर्वाचनमा बालबालिकाको प्रयोग रोकौं

  • स्तनपानः अर्थ, फाईदा र स्तनपान सप्ताहको चर्चा

  • बढ्दो महंगी, खाद्य संकट र विश्व व्यवस्था


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution