• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

३७ वर्षदेखि मानिसको साथी बनेको जंगली हाँसको कथा

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (५ साल अघि)
  • ९७६ पाठक संख्या
  • 150165493_4177565992254813_469180229670333407_o_iQ91QffuuD
    फाईल तस्विर

    टर्की । टर्कीका एक अवकाशप्राप्त हुलाकी र सेता हाँसबीचको मित्रताको कथा झन्डै ४ दशकदेखि प्रसिद्ध छ र उनीहरुको मित्रताले दशौं लाखको मनलाई पगालेको छ ।
    १९८४ मा जब रेसेप मिर्जानले घाइते हाँसलाई इर्डिने प्रान्तमा भेटेका थिए, त्यतिबेला यही हाँस आफ्नो सबैभन्दा नजिकको साथी बन्नेछ भन्ने उनलाई हेक्का थिएन । साथीहरुको समूहमा कारमा हिडिँरहेका बेला खाली मैदानमा पखेंटा भाँचिएको हाँसमा रेसेपको नजर गयो । रेसेपलाई लाग्यो कि यस हाँसलाई यत्तिकै छाड्नु भनेको अन्य जनावरको आराहा बन्न दिनुु हो । त्यसैले उनले कार रोके र हाँसलाई आफूसँगै राखे । त्यसपछि घर लगेर यस हाँसको उपचार गरे ।

    ‘मलाई लाग्यो कि फ्याउरोको आहारा बन्न दिनुुभन्दा यसलाई मैले घर लग्नु ठिक हुन्छ । घर ल्याएपछि हामी एकअर्कासँग परिचित भयौं र कहिल्यै अलग भएनौं,’ एशोसियट प्रेससँगको कुराकानीमा रेसेपले भने । रेसेपका अनुसार यो पोथी हाँसले आफ्नो भाँच्चिएको पखेंका ठिक भएपछि पनि उडेर जान मन गरेन । बरु, रेसेपको फार्ममै रहेका अन्य जनावरहरुसँग घुुलमिल भएर यही बस्न थाल्यो । ग्रिससँग सीमा जोडिएको कारागाक क्षेत्रमा रेसेपको फार्म छ, जहाँ उनले अन्य जनावर पनि पालेका छन् । यो हाँस यही फार्म वरपर डुल्दछ र रेसेपले यसलाई गारिप नाम दिएका छन् ।

    ‘मैले बोलाउने बित्तिकै आउँछ । कहिल्यै मलाई छाडेको छैन, बाढी आउँदा पनि छाड्नि,’ रेसेपले भने, ‘हाँस बलियो थियो, तर अहिले वृद्ध भइसकेको छ । मलाई आशा छ अझै लामो समय हामी एकअर्काको साथ हुनेछौं ।’ रेसेपले गारिपका लागि अलग खोर बनाइदिएका छन्, तर गारिप रातमा मात्रै यहाँ बस्छ । दिउँसो भने अन्य मानिसहरु भए ठाउँ पुुग्छ र उनीहरुसँग घुलमिल हुन्छ।

    केही वर्ष पहिले श्रीमतीको निधन भएयता रेसेपले धेरैभन्दा धेरै समय फार्ममा जनावरहरुसँग बिताउँछन् । उनका छोराछोरी छैनन् । त्यसैले गारिपलाई रेसेप आफ्नो सन्तान भन्छन् । संरक्षित वातावरण पाएमा १ दशकसम्म हुपर हाँस बाँच्नसक्छ । तर गारिपले आफ्नो प्रजातीका अन्य जनावरहरुको औसत आयुुभन्दा धेरै आयुु बिताइसकेको छ । यो कथाले हामीलाई त्यस पेन्गुुइनको संझना गराएको छ, जसको ज्यान एक मानिसले बचाएका थिए । त्यसपछि उक्त पेन्गुुईन सधैं ती मानिसलाई भेट्न आइरहन्थ्यो।

  • राेचक
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • यस्तो हुनेछ अन्तरिक्षमा जन्मिने पहिलो बच्चा !

  • फालेको चूरोटको फिल्टर जम्मा गरेर बन्यो करोडौंको कम्पनि

  • विश्व कीर्तिमान रचे ६ महिने बालकले

  • लुओ जनजातिको अनौठो परम्परा


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution