• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

राष्ट्रिय प्रसारण लाइनमा जोडिदैं शिवश्री हाइड्रोपावरको बिजुली

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • ८३९ पाठक संख्या
  • 1613570149.Shibashree Hydro
    फाईल तस्विर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका-४, फुल्पिङकट्टीमा निर्माण भइरहेको शिवश्री हाइड्रोपावरको उत्पादन केन्द्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

    २२ दशमलव २ मेगावाट क्षमताको सो हाइड्रोपावरको सत प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाका अध्यक्ष बच्चु पौडेलले बताए । ‘आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ’, उनले भने ‘अब दुई तीनदिन भित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडेर नियमित प्रसारणमा जाने तयारी गरिरहेका छौं ।’

    आयोजनाको अनुसार अब तत्काल परीक्षण प्रसारण गरिने छ । आयोजनाको आन्तरिक प्राविधिकबाट सम्पूर्ण परीक्षण सफल भइसकेको कारण नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिसहित अन्तिम परीक्षणको तयारी भएको छ । सो परीक्षण सफल भएपछि आयोजनाको २२ दशमलव २ मेगावाट विजुली केन्द्रिय प्रसारण लाइनमा जोडिनेछ ।

    २०७५ सालको साउन महीनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम २ वर्षभन्दा बढी ढिला भईसकेको छ । ‘हामीले जुरे पहिरो, भूकप्प र भोटेकोशी बाढीको समेत सामना गर्नुपर्‍यो’, अध्यक्ष पौडेलले भने ‘जसको कारण हामीले समयमै निर्माण सामग्री आयोजना स्थलमा पुर्‍याउन सकेनौं र आयोजना केहि समय ढिला हुन पुग्यो ।’

    पटक–पटकको विपत्तिका कारण अरनिको राजमार्ग क्षतिग्रस्त हुँदा सामग्री ढुवानीमा बाधा परेको कारण आयोजनामा ढिलाई भएको पौडेलले बताए ।

    आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षणको तयारी गरीरहेकै बेला २०७६ साल असार २१ गते राती मार्मीङ खोलामा बाढी आँउदा आयोजनाको मुहानस्थालमा ठूलो क्षति पुगेको थियो । सो बाढीका कारण आयोजनामा कार्यरत २ जना कर्मचारी समेत वेपत्ता भएका थिए भने दुईजना गम्भीर घाइते भएका थिए ।

    घटनामा वेपत्ता भएका आयोजनाका एक जना इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अझै अज्ञात छ । त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँधस्थलको कर्मचारी आवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना कर्मचारीले ज्यान गुमाएका थिए । जसको कारण पनि निर्माण समय र लागत समेत लम्बिएको आयोजनाले जानकारी दिएको छ ।

    आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

  • अर्थ
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा व्यवसायी श्रेष्ठ सिफारिस

  • तातोपानी सीमा नाका बन्द हुने

  • तातोपानीबाट ४५ हजार मतपेटीका भित्रियो

  • मेलम्ची नगर उद्योग वाणिज्य सघंको अध्यक्षमा धिताल


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution