• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ आश्विन २८, मंगलबार | Tuesday, 14, Oct, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चाेकबाट डेढ अर्बको आलु बिक्री

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार (४ साल अघि)
  • ९७८ पाठक संख्या
  • 152153169_3677555132364953_3585843668415399674_o
    फाईल तस्विर

    सिन्धुपाल्चोक । नदी छेउको चिटिक्क गाउँसँगै फराकिला फाँट र खेत । त्यही फाँटमा कोही आलु खनेर बोरामा भर्दै छन्, कोही जोख्दै सडकसम्म लगेर बिक्री गरिरहेका छन् ।

    काभ्रेस्थित कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै ८४ हजार ९ सय ३० टन आलु उत्पादनबाट सिन्धुपाल्चोकका कृषकहरूले १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरे । गत आवमा वर्षे र हिउँदे सिजनमा गरी जिल्लाभर २ अर्ब ५४ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पुजन जंगमले बताए । ‘यो वर्ष भने महँगो बीउ र सिँचाइको कमीले उत्पादनमा केही कमी हुने अनुमान गरेका छौं । प्रत्येक वर्ष जति उत्पादन भए पनि ६० प्रतिशत मात्रै बिक्रीमा जाने गरेको छ । अन्य घरमै खपत भएको देखिन्छ,’ उनले भने । जिल्लाभर हिउँदे र वर्षे गरी ८ हजार ५ सय ५० हेक्टरमा आलु खेती गरिएको जंगमले बताए ।

    ज्ञान केन्द्रका अनुसार वर्षे आलु २८ र हिउँदे आलु ६० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । विभिन्न संघसंस्था र स्थानीय तहले कृषि उत्पादनलाई अभियानका रूपमा सघाएपछि व्यावसायिक रूपमा आलु लगाउने कृषक बढ्दै छन् । खेतबाटै धमाधम आलु बोरामा हालेर व्यवसायीलाई प्रतिकिलो २७ रुपैयाँमा बेचिरहेको बलेफी गाउँपालिका–४ फुल्पिङकोटका केशव थापाले सुनाए । ‘अहिले आलुको सिजन हो, जता पनि यसकै चटारो छ । ब्रह्मायणी करिडोरभरिका कृषकलाई आलु निकालेर बेच्न मारामार छ,’ उनले भने । आलुबाटै ८० हजारदेखि १ लाखसम्म कमाइ गरिरहेको उनले सुनाए । ‘मेहनतनुसार बजार पाए आलुबाट राम्रै कमाइ हुँदो रहेछ । त्यही भएर सबै यसमा लागेका छन्,’ उनले भने ।

    सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका सिपाघाटकी कविता माझीलाई आलु नबिक्ला भन्ने तनाव छैन । मेलम्ची, काभ्रेको धुलिखेल, बनेपा र काठमाडौंसम्मका व्यवसायी आलु किन्न खेतमै पुग्ने गरेको उनले बताइन् । ‘आलुको माग भइरहने कारणले सबैले लगाउँछन् । पकेट क्षेत्र भएकाले बर्सेनि आलु मेलाजस्तै हुन्छ यहाँ,’ उनले भनिन् । राम्रो आलुलाई बजारमा बिकाउन त्यति धेरै कसरत गर्न नपरेको उनको अनुभव छ । आलुको व्यावसायिक आम्दानीले परिवार चलाइरहेकी उनले अरू सिजनअनुरूपका तरकारी पनि लगाउँछिन् । जिल्लाको लिसंखुको मुडेको आलु बजारमा प्रतिकिलो ६० रुपैयाँसम्म बिक्री हुन्छ । यहाँ उत्पादित आलुको मुख्य बजार काठमाडौंलगायत सहर हुन् ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • तातोपानी नाका सुधार गर्न सर्वपक्षीय छलफल

  • सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बस्नेत विजयी

  • उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा व्यवसायी श्रेष्ठ सिफारिस

  • तातोपानी सीमा नाका बन्द हुने


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution