• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २३, मंगलबार | Tuesday, 09, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ माघ ३०, शुक्रबार (४ साल अघि)
  • ८११ पाठक संख्या
  • rara-lake-tourist_V6EjyBiqqF
    फाईल तस्विर

    काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ ।

    पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल) ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो । उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरक्षा प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालीम म्यानुअल सार्वजनिक गरे ।

    यस परियोजनाले कोभिड–१९ पछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि सेवा तथा व्यवसाय सुचारु राख्नका लागि स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि सुरक्षा मापदण्ड बनाउने लक्ष्य राखेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छनोटमा परेका ११ नगरपालिकामा प्रशिक्षक (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको हो ।

    सो अवसरमा डा.स्टेफेन रोसेकले कोभिड–१९विश्वव्यापी स्वास्थ्य सङ्कट मात्र नभइ आर्थिक सङ्कटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुर्नवहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताए । उनले जर्मन सहयोग संस्था जीआइजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको र पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा.रसेकले प्रोटोकलले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    संयोजक जोशीले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीले तालीम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औँल्याएको जानकारी दिए । उनले सोही सर्वेक्षणका आधारमा पहिलो चरणको स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालीम सञ्चालन गर्न लागिएको बताए । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाइले स्थानीय तहमा प्रशिक्षक निर्माण गर्दा स्थानीयस्तरमा चाहिएको परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सिर्जना हुने बताए ।

    निर्देशिकाकी सम्पादक अञ्जना खड्काले परियोजनाको अपेक्षित नतिजाको बारेमा जानकारी दिइन् भने परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि प्रशिक्षित व्यवसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिइन् । यसरी पश्चिम नेपालमा कूल दुई हजार ७५० सेवा प्रदायक स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित जनशक्ति तयार हुने उनले बताइन् ।

  • पर्यटन
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • बलेफीकाे ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु

  • जुगललाई ‘पर्यटकीय केन्द्र’ बनाउन सुरु

  • जुगलको पाचँ हिमाल आरोहण खुलाउन नेपाल सरकारलाई सिफारिस


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution