• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

पाँच पोखरीः आँखामा ताल, पैतालामा हिमाल

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ फागुन १४, शुक्रबार (२ साल अघि)
  • ९८५ पाठक संख्या
  • 5-pokhari
    फाईल तस्विर

    मेलम्ची । सिन्धुपाल्चोक पुगेपछि एकपटक पाँचपोखरी ताल पुग्ने रहर धेरैको हुन्छ । प्रकृतिको अनुपम उपहार पाँचपोखरी ताल पुगेपछि जो कोही मोहित नहुने कुरै हुँदैन । हरियो दुबोले घेरिएको चौरको बीचमा रहेको निलो तालले लठ्ठै बनाउँछ ।

    त्यहाँ एउटा मात्रै ताल छैन । एउटा ठूलो र बाँकी ससाना तालहरुको संगम हो पाँचपोखरी । सिन्धुपाल्चोक भोताङमा अवस्थित समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा रहको छ यो ताल । पाँचपोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनै पूर्णिमाका दिन यो ताल आसपासमा ठुलो मेला लाग्ने गर्छ । मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा गरेपछि पाँचपोखरी पुग्न सकिन्छ ।

    काठमाडौंबाट जानेहरु मेलम्चीसम्म बस वा अन्य सवारी साधनका माध्यमले जान सक्छन् । मेलम्ची पुगेपछि पैदल यात्रा गरेर पहिलो दिन भोटाङ पुगेर बास बस्न सकिन्छ । भोटाङ सम्म बाटो र खानपिनका लागि होटलहरुको राम्रै व्यवस्था छ । तर, दोस्रो दिन भोटाङदेखि अगाडि जान जंगलको बाटो पर्ने भएकाले केही असहज पर्न सक्छ । ठाउँ ठाउँमा गोठ तथा छाप्राहरु भेटिन्छन् । समुद्री सतहबाट ३२ सय मिटरमा अवस्थित टपखर्कमा बास बस्ने सामान्य व्यवस्था छ ।

    यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइन्छ । ५ दिनको पैदल यात्रा गरेर पाँच पोखेरी पुग्न सकिन्छ । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पुरा हुने जनविश्वास रहेको पाइन्छ । पाँचपोखरी रहेको स्थलबाट करिव एक घण्टाको उकालो यात्रा गरेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

    उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन । विशेष गरी पाँचपोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ । पाँचपोखरी हुँदै तिलमान पास पनि गर्न सकिन्छ । तर यो पास निकै गाह्रो छ । यसको उचाई ५ हजार मिटर भन्दा पनी बढी रहेको छ ।

  • पर्यटन
  • फोटो कथा
  • प्रतिक्रिया दिनुहोस
    फोटो कथा सम्बन्धि थप
  • सिन्धुमा बाढी पहिरोको वितण्डा (कहाँ के के भयो, अपडेट र तस्वीरहरू)

  • स्वस्थ्य बच्चाको उपाधी ‘ज्याम्याङ’लाई (फोटो कथा)

  • हिमाली क्षेत्रमा हिमपातः कसैलाई रहर, कसैलाई कष्टकर (फोटो कथा)

  • मनमोहक भेमथाङ !


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution