• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

संघीयताः गाउँगाउँमा सिंहदरबार कि राजदरबार ?

युवराज अधिकारीप्रकाशित मिति: २०७७ फागुन २२, शनिबार (१ साल अघि)
  • ६४६ पाठक संख्या
  • yu
    युवराज अधिकारी

    करिब तीन करोड जनताहरुको आशाको केन्द्रको विन्दु हो नेपाल सरकार । हामीले सुखको समयमा खुसी साट्ने, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर पार्नेदेखि सानासाना दुःख र स्वाधीनताको सवालसम्मको जवाफ माग्ने नेपाल सरकार समक्ष हो।

    देशले विषम परिस्थितिको सामना गर्दा तीन करोड मुटुभित्रका शिरा र धमनीहरुको पीडा बयान गर्न सकिन्न। माटो रक्षा गर्नुपर्ने मामिलामा सुदुरपूर्वदेखि सुदुरपश्चिमसम्मका प्रत्येक व्यक्ति भित्र व्यक्त गर्न नसकिने श्रद्धा हुन्छ।

    यो देशप्रति सबै जनताको सम्मान उत्तिकै छ। तर सवाल यहाँ अर्को छ। के देश चलाउनेहरुले सबै जनताहरुलाई एकै नजरले हेरेका छन् ररु

    पूँजीवाद, समाजवाद अथवा साम्यवाद जुनसुकै व्यवस्थामा पनि मानिसको वर्गिकरण गरिन्छ। वर्गहीन समाजको परिकल्पना गर्नुपर्दा पनि वर्गानुरूपको विभाजन जरुरी छ कि कुन परिवेशमा बाँचिरहेको मानिसलाई कस्तो दैनिकी उपलब्ध गराउने भनेर।

    यस्तोमा कुनै पनि वादको सहि तरिकाले वैचारिक उडान नभएको नेपालमा नचाहेर पनि विविध वर्गहरुका बिम्बहरु देखिरहन्छन्।

    मजदुरी गरेर खानेहरुको कुरा गरौँ। खेत छैन भने के खान्छन् र कसरी खान्छन्रु  खेत छ भने केही फलोस् नफलोस् कर तिर्नुपर्छ राज्यलाई। बडो विस्मयको कुरा छ। व्यापारीका कुरा गरौँ। कलकारखाना चलाउन बिचौलियाकोमा धाउन पर्ने।

    मन्त्रालयस्तरका कामहरुमा राज्य चलाउनेहरुले बौद्धिक बिचौलिया पाल्ने परम्परा नै बसिसक्यो। ओम्नि, यति, सैलुङ प्रकरणहरु केही उदाहरण हुन्।

    सरकारी कर्मचारी, जनप्रतिनिधि, प्रदेश मन्त्री, पार्टीका उच्चपदस्थ नेताहरु, पुर्व प्रधानमन्त्रीहरुदेखि लगेर प्रधानमन्त्रीसम्मका कामकारबाई अन्तर्गतका वैयक्तिक र संस्थागत स्वार्थले आम नागरिकको जीवनमा धेरै उतारचढाव आउँछन् र आउनेछन् पनि।

    मजदुर, शिक्षक, लेखक, कलाकार र खेलाडीहरु पनि राज्यका नागरिक हुन्। उनीहरु पनि राज्यको स्तरोन्नतिका साझेदार हुन्। प्रधानमन्त्री बिरामी हुँदा राज्यको सम्पतिले वैदेशिक उपचार गर्न मिल्ने रहेछ।

    स्थानीय सरकारका जनप्रतिनिधिका लागि गाडी अनि इन्धन पनि हुने रहेछ। तर आम नागरिकले सुत्केरीलाई अँझै डोकोमा राखेर अस्पताल पुर्‍याउनु पर्ने रहेछ।

    यो कुनै समाजलाई परिवर्तन गर्न खोज्ने लेख होइन। न त लेख्नलाई मात्र लेखिएको हो। यो एक कथा हो। यस कथाभित्र मेरी आमाका केही कथाहरु छन्। यस कथाभित्र आमाले आफ्नै गाउँँघरसँग गरेका केही संघर्षहरु छन्। यद्यपि यो मेरी आमाको कथा मात्र पनि होइन। यो हामी सबैको कथा हो।

    कथा एक

    आमा शिक्षिका हुनुहुन्छ। जतिबेला म नौ कक्षा पढ्दै थिएँ उहाँले पढाउने विद्यालय जुम्ला जिल्लाको साविकको बड्की गाविस वडा नं २ मा रहेको देवारगाउँमा थियो।

    उहाँ मलाई, दिदीलाई र बुवालाई भेट्न दुई तिन महिनामा एक पटक आउनुहुन्थ्यो। आमा हामीलाई भेट्न आउँदा म ज्यादै खुसी हुन्थेँ। आमा हामीसँग बस्दासम्म म विद्यालयबाट साँझ घर पुग्ने बित्तिकै जहिलेपनि घरको मूल ढोकाबाटै, “मम्मी म आइग्याँ” भनेर मातृभाषा (खस) मै भन्थेँ।

    एक सामान्य दिनमा म विद्यालयबाट घर फर्केँ र त्यसैगरी मेरो बालसुलभ कण्ठ बोल्यो, “मम्मी म आइग्याँ।” यी शब्दहरु बोल्ने बित्तिकै मैले याद गरेँ की आमा त बिहानै आफूले पढाउने ठाउँ फर्किसक्नुभएको थियो।

    म जन्मनुभन्दा अगाडि नै आमाले शिक्षक सेवा आयोग उत्तिर्ण गरेर स्थायी शिक्षक बनिसक्नु भएको थियो। अहिले उहाँले सत्ताइस वर्षदेखि अनवरत रुपमा पढाइरहनुभएको छ यद्यपि उहाँ हामीदेखी अँझै टाढा बस्नुहुन्छ।

    कथा दुई

    मेरी आमाको २०७६ सालको मंसिरमा सरुवा भयो। उहाँको जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं ५ मा रहेको श्री रुपाकोट निमाविमा सरुवा भयो। पहिलो दिनदेखि नै आमा हरेक दिन विद्यालय जानुहुन्छ। अहिले पनि उहाँ लकडाउन पछि विद्यालय खुलेका कारण पढाउन गइसक्नुभयो।

    कोरोना भाइरसले सिर्जित महामारीले नेपाली निम्न वर्गीय समाजमा असर परेको सबैलाई अनुभव छ।  सरुवा भए देखि अहिलेसम्म गरेर २०७६ मंसिर देखि २०७७ मंसिरसम्मको तलव पाउनुभएको छैन। तलबको लागि कुरा गर्दा उहाँ पढाउने विद्यालयको प्रधानाध्यापक, हिमा गाउँपालिकाका शिक्षा संयोजक, गाउँपालिकाका उपाध्यक्ष र अध्यक्ष सबैले अनेकथरी कुरा गरेर अहिलेसम्म तलब दिएका छैनन्।

    एक महिनाको मात्र तलब दिएका छन्। बाँकी एघार महिनाको तलब अँझै पाउनुभएको छैन। सामुदायिक विद्यालयका स्थाई शिक्षकको त यस्तो अवस्था छ भने निजी विद्यालयमा पढाउने शिक्षकहरुको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ।

    कथा तीन

    स्थानीय सरकारमा एकसयएक छोटा महाराजहरु हुनुहुन्छ। मेरी आमाले तलब नपाएको कारण यो पनि हो। गुटबन्दी राजनीतिको खेलमा विद्यालयहरु पनि फसेका छन्। “तिमी कांग्रेस कि नेकपा?”, प्रश्न तेर्साइन्छ। न मेरी आमा कांग्रेस, न नेकपा, न राप्रपा, न अर्को कुनैमा हुनुहुन्छ।

    के पढाएर कर्म गरेपछि आउनुपर्ने तलबको लागि कुनै पार्टीको कार्यकर्ता हुनुपर्ने हो र? विद्यालयदेखि गाउँपालिकासम्म राजनीति छ।

    नेकपा भए कता पट्टिको? पूर्व एमाले कि पूर्व माओवादीरु यहाँ संघीयतालाई स्थानीय सरकारका केही छोटा महाराजहरुले कमाइ खाने भाँडो बनाएका छन्।

    (कालिकोटका लेखक विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान, धरानमा बिडिएस दोश्रो वर्षमा अध्ययन अध्ययन गर्दैछन्।)

  • विचार
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • निर्वाचनमा बालबालिकाको प्रयोग रोकौं

  • स्तनपानः अर्थ, फाईदा र स्तनपान सप्ताहको चर्चा

  • बढ्दो महंगी, खाद्य संकट र विश्व व्यवस्था

  • मेलम्ची नगरप्रमुखलाई खुला पत्र


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution