• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

नेकपा (एमाले) का साथीहरूका नाममा

बुद्धिप्रसाद आचार्यप्रकाशित मिति: २०७७ फागुन २७, बिहिबार (१ साल अघि)
  • ७११ पाठक संख्या
  • Bud
    लेखक

    हुन त आजका मितिमा सर्वोच्च अदालतले तोकिदिए अनुसार कानुनी रुपमा म तपाईंहरु भन्दा अलग विचारधाराको मान्छे यद्यपि २३ गते अघि र त्यसपछि आजसम्म मेरो शरीरमा कुनै फरक धातुको विकास भएको छैन । विगतमा करिब १५ वर्ष तपाईंको पार्टीका नेताहरूको पछि अलि अलि लुखुर लुखुर हिँडेको याद र प्रचण्ड ओली कमरेड मिलेर मेरा एकदुई वटा खुद्रा मसिना पदहरु गायब पारेपछि पनि साथीहरूको लहैलहैमा बेला बेलामा संगसंगै हिडेको नाताले मनमा पलाएका केही भावहरु विसाउने प्रयास गरेको छु । अर्कोको घरभित्र किन छिरेको नभन्नु होलाः

    सर्वप्रथम त कमरेड बादल लगायतका नेताहरू एमाले मै बसिदिए म खुशी हुने थिएँ किनकि सामाजिक सञ्जालमा हामी जस्ता सोझा साझा मनुवालाई तपाईंहरुले लगाउने आतंककारीको ट्याग हट्ने थियोे जनयुद्धको सैन्य प्रमुख नै उतै भएपछि ।

    पार्टी गणतन्त्रमा जाने कि नजाने दोधारमै रहेको अवस्थामा समेत गणतन्त्रका लागि धरधरी रगत बगाउने गगन, रामकुमारी जस्ता योद्दाहरुलाई जुनसुकै पार्टीका भए पनि हामीले सम्मान गर्नसक्नुपर्छ ।

    सामाजिक सञ्जालमा अबको दिनमा माधव नेपाल, भिम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, घनश्याम भुषाल लगायतका नेतृत्व बिनाको एमालेको जुन परिकल्पना तपाईंहरु गरिरहनु भएको छ त्यो देख्दा लाग्छ नेपाली कम्युनिष्ट राजनीतिको बलियो शक्तिको रुपमा रहेको एउटा पार्टी पतनको दिशामा जाँदैछ । मदन भण्डारीको हत्या पछि र दशवर्षे जनयुद्धको समयमा समेत एमाले भन्ने जातको बीउ जोगाएर, माओवादी आन्दोलनलाई शान्तिपूर्ण बाटोमा ल्याउन अथक योगदान गर्ने मध्येका एक पात्र उनै माधव नेपाल हुन् । पार्टी गणतन्त्रमा जाने कि नजाने दोधारमै रहेको अवस्थामा समेत गणतन्त्रका लागि धरधरी रगत बगाउने गगन, रामकुमारी जस्ता योद्दाहरुलाई जुनसुकै पार्टीका भए पनि हामीले सम्मान गर्नसक्नुपर्छ । कमरेड विद्या भण्डारीको त्यो गरिमामय स्थान जनयुद्धका योद्धाहरु, गगन, गुरुराज र रामकुमारी जस्तै युवाको रगतले पोतिएको छ ।

    सिन्धुपाल्चोककै सवालमा भन्नुपर्दा अमृत सुवास, झम्क, डम्बर, कमल, अरुण, भगवती, जगन्नाथ लगायत सदैब सतिसालझै नडगमगाउने नेतृत्व बिनाको एमाले कस्तो होला ? के उल्लेखित नेतृत्वको खाडल शेरबहादुर, दावाहरुले पुर्न सक्लान् ? इतिहास त हेर्नुभएकै होला । यसको अर्थ सरेश, हस्त पण्डित, बालकृष्ण देउजा, होमनारायणलाई कमजोर र योगदान नगरेका नेता भन्न खोजिएको होइन । एउटा सिंगो गाडी त सानातिना नटबोल्टुको भर हुन्छ भने इन्जिन नै टुक्रिएर जाँदा कस्तो होला अवस्था ?

    होला राजनीतिमा कमजोर पक्षलाई अति नै पेलान हुन्छ र त्यसको पीडा कहिँ कतै बिझेको पनि हुन सक्छ तर साँच्चै आन्दोलन बचाउने हो भने सम्झौता पनि गर्नुपर्ने हुनसक्छ । र एउटा कुरा हिजो पार्टी छोडेर हिडेका भन्ने आरोप जुन लगाइरहनु भएको छ त्यो शब्दावली नै गलत छ । हिजो पार्टी छोडाउने को हो ? उनै केपी बा होइनन् ? लुसुक्क कसैलाई थाहै नदिई पार्टी भंग गर्ने ! र, भन्नै पर्छ अदालतको एउटा प्राविधिक विषयले आज कमरेड केपी वा जबर्जस्त बलियो देखिएका छन् तर भोली इतिहासमा एकीकृत भईसकेको कम्युनिष्ट आन्दोलन धुजा धुजा पारेको अपजस उनलाई नै जाने पक्का छ ।

    समग्रमा मेरो आशय विपक्षीसँग त स्वस्थ बहस र सामाजिक मुद्दामासँगै हिँड्नु पर्ने बेलामा आफ्नै बीचको यो वैमनश्यताले घाटा अरु कसैलाई होइन तपाईं स्वयंलाई हुने हो ।

    (लेखक सञ्चारकर्मी हुन् ।)

  • विचार
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • निर्वाचनमा बालबालिकाको प्रयोग रोकौं

  • स्तनपानः अर्थ, फाईदा र स्तनपान सप्ताहको चर्चा

  • बढ्दो महंगी, खाद्य संकट र विश्व व्यवस्था

  • मेलम्ची नगरप्रमुखलाई खुला पत्र


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution