• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

अमेरिकामा सैलुन ब्यवसायमा रमाउदै नेपाली

ग्लोबलपाटीप्रकाशित मिति: २०७७ चैत्र १, आईतबार (५ साल अघि)
  • १९३९ पाठक संख्या
  • Model-Makeup
    फाईल तस्विर

    टेक्सास । एक दशकअघि टेक्सासको डालसमा माला महतले सैलुन सुरु गर्दा नेपालीले सञ्चालन गरेका सैलुन फाटफुट्ट मात्र थिए । सन् २००५ मा अमेरिका आएको केही वर्षपछि मालाले एभरेस्ट थ्रेडिङ सैलुनका नाममा सौन्दर्य व्यवसाय प्रारम्भ गरेकी थिइन् ।

    टेक्सासको सहरी क्षेत्र डालसमा सुरु भएको उनको व्यवसायका मुख्य ग्राहक अमेरिकी नै थिए । फाटफुट्ट केही नेपाली पनि उनको सैलुन पुग्थे । अहिलेसम्म करोडभन्दा बढी लगानी भैसकेको उनको सैलुनमा धेरै नेपालीले रोजगारीसँगै तालिमसमेत लिने मौका पाएका छन् । नेपाली महिलाहरूलाई यो व्यवसाय गर्न सहज छ, मालाले भनिन्– आफैं खट्न सके कमाइ पनि राम्रो छ । अहिले एभरेस्टका नाममा डालस क्षेत्रमा मालाको स्वामित्वका चारवटा सैलुन सञ्चालनमा छन् । मालाका अनुसार तालिम लिएका ५० जना नेपाली महिलामध्ये केहीले आइब्रो पार्लर खोलेका छन् भने कतिले अन्यत्र काम गरिरहेका छन् । थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिने भएकाले सैलुन अमेरिकाका सबैजसो राज्यका महिलाहरूको रोजाइमा पर्दै आएको छ ।

    सामान्यतः १० हजार डलरबाट सामान्य कोठा भाडामा लिएर पनि आइब्रो पार्लर चलाउन सकिन्छ । अहिले नेपालीहरूले २० हजार डलरदेखि १ लाख डलरसम्म लगानी गरेर सैलुन सञ्चालन गरेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । आईब्रो सेवा मात्र सञ्चालन गर्नेदेखि हेयर केयर, फेसियल, हिना ट्याटु, वाक्स सबै एकै ठाउँमा समावेश गरेर व्यवसाय सञ्चालन गर्ने नेपालीहरूको संख्या पनि उल्लेख्य पाइन्छ । त्यस्तै तालिम लिएर भारतीय, पाकिस्तानी तथा अमेरिकी पार्लरमा आफ्नो सीपको सदुपयोग गर्ने नेपालीहरू पनि त्यत्तिकै छन् ।

    झन्डै आठ वर्ष अमेरिकाकै न्युयोर्कमा सौन्दर्य क्षेत्रमा काम गरेको अनुभवलाई सदुपयोग गर्दै शारदा थापाले टेक्सासकै हर्स सहरमा आफनै लगानीमा सनसाइन ब्युटी सैलुन सञ्चालनमा ल्याइन् । न्युयोर्कबाट सैलुन व्यवसायी गर्न सपरिवार टेक्सास आएकी शारदाले राम्रो सम्भावना देखेरै यता आएको बताइन् । शारदाको पार्लरमा आईब्रो बनाउनेदेखि हेयर डिजाइन, फेसियल तथा नेल आर्टको सुविधा उपलब्ध छन् । पार्लरमा चार जनाले रोजगारी पनि पाएका छन् । शारदाको पार्लरमा ५० लाख रुपैयाँ लगानी छ ।

    सैलुन व्यवसायमा राम्रो अवसर देखेर नै ब्युटी स्कुलमा अध्ययन गर्ने नेपाली युवतीहरूको संख्या बढ्दो छ । यो व्यवसायको भविष्य देखेरै पोखराकी अपराजिता पहारी सुवेदी सौन्दर्यसम्बन्धी स्कुलमा अध्ययन गरिरहेकी छिन् । भारतीयले सञ्चालन गरेको पार्लरमा समेत प्रयोगत्मक तालिम लिइरहेकी अपराजिताले टेक्सासमै निकट भविष्यमा पार्लर सञ्चालन गर्न लागेको बताईन । हामी महिलाहरूका लागि यो भन्दा सजिलो अर्को पेसा छैन, अपराजिताले भनिन्– थोरै लगानीबाट पनि यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’

    नेपाली महिलाहरूमा ब्युटीपार्लर व्यवसाय प्रतिको आकर्षण बढ्दो छ, नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछाने भन्छन्– तालिम लिएर यो व्यवसायमा लाग्ने नेपालीहरूको संख्या उल्लेख्य छ । लामिछानेले कमाइसँगै ग्राहकबाट टिप्स पनि प्राप्त हुने भएकाले पनि नेपाली महिलाहरूमा यो व्यवसायप्रति आकर्षण बढेको हो । अमेरिकामा ब्युटिपार्लर सञ्चालनका लागि अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने कडा नियम छ । १ हजार ५ सय घण्टाको कोर्स पूरा गरेर परीक्षा दिएपछि मात्र लाइसेन्स पाइन्छ । टेक्सासको डालस क्षेत्रमा मात्र नेपालीहरूले सञ्चालन गरेको पार्लरको संख्या ५० भन्दा माथि भएको अनुमान गरिन्छ । टेक्सासका अन्य सहरी क्षेत्रमा पनि उल्लेख्य रुपमा नेपाली पार्लर छन् । सामान्यः आइब्रो बनाउने अन्यदेखि ब्युटिपार्लरले मासिक ५ लाख नेपाली रुपैयाँदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

  • ब्यवसाय
  • प्रतिक्रिया दिनुहोस
    जीवनशैली सम्बन्धि थप
  • युक्रेनमाथी दर्जनौँ क्षेप्यास्त्र प्रहार

  • युक्रेनमाथी रुसले गर्यो शैन्य आक्रमण

  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा खड्का

  • इराकी प्रधानमन्त्रीको हत्या प्रयास


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution