• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २२, सोमबार | Monday, 08, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

कोभिड बिरुद्ध जनचेतना !

घनश्याम नेपालप्रकाशित मिति: २०७८ बैशाख १३, सोमबार (४ साल अघि)
  • ११५३ पाठक संख्या
  • 621038_403016656423060_306505148_o
    लेखक

    विश्वभरि महामारिको रुपमा फैलिएको कोरोनाभाईरस नेपालमा पनि दोश्रो लहरमा प्रवेश गर्दा सिन्धुपाल्चोक जिल्लामा पनि उक्त भाइरस फैलने त्रास भएकोले पूर्व तयारी र सावधानी अपनाउँन गृह मन्त्रालयले दिएको आदेशलाई जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको कोभिड बिरुद्दका जनचेतना कार्य चौतारा नगरपालिकाको सदरमुकाम नगर परिक्रमा गरि सम्पन्न भएको छ ।

    जिल्ला प्रहरी प्रमुख राजन अधिकारीको अगुवाईमा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तमाङ उपप्रमुख जानुका पराजुली चौतारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौडेल, ५ नम्वर वडाका वडा अध्यक्ष नरमान श्रेष्ठ, ४ का वडा अध्यक्ष चुडामणी नेपाल, १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, २ का वडा अध्यक्ष दिपेन्द्र थापा, १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ, जिल्ला जनस्वास्थ्य अधिकृत भोला पौडेल, रेडक्रस सिन्धुपाल्चोकका अधिकृत प्रविण श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला उद्योग बाणिज्य संघका निर्मल बस्नेत, पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाका वरिष्ठ पत्रकार तथा सर्वपक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुरेश कसजू, रेडियो सिन्धुका दिपक खत्री, लोकप्रिय दैनिकका प्रकाशक नेत्र बस्नेत, साहित्यकार घनश्याम नेपाल, लेखक एवम् ग्लोबलपाटी डटकमका सम्पादक, सुन्दर शिरीष, केशव अधिकारी, निर्माण व्यवसायी संघका अध्यक्ष छत्र तमाङ, शीव श्रेष्ठ, अरनिको यातयात व्यवसायी संघबाट प्रतिनिधित्व गर्ने कर्मचारी बिरेन्द्र श्रेष्ठ, पाँचपोखरी यातयात संघबाट कृष्ण श्रेष्ठ, टोल सुधार समितिबाट अमृतमान श्रेष्ठ, युवा समितिका अध्यक्ष तेजबहादुर थापा र सामुदायिक प्रहरीमा आबद्ध बेदबहादुर श्रेष्ठ लगायत अन्य सामाजिक अभियान्ता समेतको उपस्थितिमा चौतारा नगरबासी, बुद्धिजीवि समाजसेवी लगायतले चौतारा सदरमुकामको शीर टुँडिखेलबाट शुरू भएको ¥याली भिन्तुना चोक, बसपार्क, पुरानो बजार र भित्री बस्तीहरूमा समेत माईकिङ गरि कोभिडको बिरुद्धमा जनचेतना फैलाईयो ।

    जिल्ला प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी community police partnership को ब्यानर अघि अघि र पछि ¥यालीमा संलग्न नगरका नगर प्रमुख समेतको उपस्थितिमा अरु जिम्वेवार ब्यक्तित्व रहेको र सामुदायिक प्रहरीमा आबद्ध रहेका बौद्धिक ब्यक्तिहरूको उपस्थिति समेत रहेको थियो । बर्दिका प्रहरी र बिना बर्दिका प्रहरी आमनागरिक पनि भएकोले स्थानीय तह विभिन्न समुदाय सामाजिक अभियान्ताको ठूलो सहयोग भएकोले सम्पूर्ण सरोकार निकायहरूले नेपाल प्रहरीलाई साथ दिएको देखिन्थ्यो । विभिन्न अक्षरमा लेखिएको जन चेतनामूलक सुचित गरिने प्ले कार्ड र सम्झाई बुझाई सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, नेपाल सरकारको सुरक्षा नीती अनुसार स्वास्थ्य मापदण्डका सुरक्षाका सुनौला सिद्धान्तलाई कार्यन्वयन गर्न अनुरोध पनि गरिएको थियो । सोहि अवसरमा स्थानीय सर्वसाधारणलाई ४ सय ५० थान मास्क समेत वितरण गरिएको थियो ।

    उक्त कार्यक्रममा नगर प्रमुख अमानसिं तामाङले चौताराबासी लगायत बजार क्षेत्रमा देखिने यात्रुहरू, पैदल यात्री, ब्यवसायी र आफ्ना नजरले देखिएका मास्क बिना हिडँडुल गर्ने महिला पुरूषहरूलाई मास्क हात हातमा दिई मास्क लगाई सुरक्षित हुन आग्रह गर्नु भयो । यसै गरी जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले ब्यवसायीहरूको पसलमा आउने क्रेता र बिक्रेताहरूमा मास्क लाए नलाएको सवारीसाधनमा यात्रा गर्ने यात्रीदेखि सडकमा हिँडडुल गर्ने यात्रीहरूलाई विषेश निगरानीका साथ अवलोकन गरि मास्क लगाउँदा आफु सुरक्षित हुने भएकोले जनताका घर आँगनीमा आफै उपस्थिती भई कोभिडलाई सिन्धुपाल्चोक जिल्लामा प्रवेश नगराउन नागरिक र प्रहरीको हातेमालो दुःख र सुखमा हुने भएकोले सबैको साथ रहने भएकोले सदैव जनताका सेवामा हाजिर भई परिस्थितिको सामाना गर्न अनुरोध गर्नु भयो । सुरक्षा नै हाम्रो जीवनको महत्वपूर्ण विषय हो, सुरक्षा हाम्रो जीवनसँग जोडिने भएकोले कसैले पनि कसैमाथि खेलवाड नगर्न अनुरोध गर्नु भयो । यदि कसैले कसैमाथी जानी जानि खेलवाट गर्छ र लापरबाही गर्छ भने संक्रमिण ऐन २०२० अन्र्तगत कार्बाही गरिने जानकारी गराउनुभयो । कार्बाहीको दायारमा ल्याउने कार्य हुन्छ भन्ने हेक्का राखेर सभ्य नागरिकको परिचय दिन सिन्धुबासी प्रति अटल बिस्वास रहेको उहाँले भन्नुभयो ।

    त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले हाम्रै छेउछाउमा कोभिडका संक्रमित व्यक्ति हुनसक्ने खतरालाई ध्यानमा राखि आफु होसियारी भई सावधानि अपनाउन पर्ने भएकोले मास्क पहिलो उपाय भएको र मास्कको महिमा बुझ्न जरुरी रहेको अभिब्यक्ति दिनु भयो । यसै गरी पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले पत्रकार भनेका जनताका मन मष्तिष्कमा घुमिरहने सेवाका स्पन्दन तथा धडकन हुनु पर्ने भन्दै अहिलेको विश्वको विषम परिस्थिलाई ध्यानमा राखी जनतालाई होसियारि तथा सतर्कता गराई कोभिड बिरुद्धको रचनात्मक अभियान सिन्धुपाल्चोक प्रहरी कार्यलयबाट देख्न पाउँदा गौरव लागेको बताउनु भयो । जनताको सरोकार भएको बिषय भएकोले पनि आपूm र पत्रकार महासंघले गर्ने योगदान हरहमेसा सदैव हाजिर हुने बचन ब्यक्त गर्नुभयो । यसै गरी पत्रकार सुरेश कसजूले देश र जनताका लागि अग्रस्थानमा रहि जनताको सेवामा काम गर्ने नेपाल प्रहरीको आँटलाई हामी पत्रकारहरूले साथ दिईरहेको र जस्तो सुकै योगदान दिन पनि हामी तयार रहेको अभिब्यक्ति दिनु भयो ।

    जिल्ला जनस्वस्थ्य अधिकृत भोला पौडेलले छिमेकी मुलुकमा नयाँ प्रजातिका कोभिडका भाइरसहरू फैलने कार्य भईरहेको हुँदा सचेत भएर स्वास्थ्य मापदण्डलाई ध्यानमा राखि कार्य गर्न पर्ने अभिब्यक्ति दिनु भयो । सवै वडा अध्यक्षले मास्क वितरण गरे भने उद्योग बाणिज्य संघका सचिव निर्मल बस्नेतले भने उद्योगीहरुलाई आफ्नो सेवा प्रदान गर्न आफैले सहज वातावरण बनाउन सबै उत्तिकै जिम्मेवार भएको र हतार नगरि मास्क र सेनिटाईजर र सामाजिक दुरीलाई ध्यान दिएर आफु सुरक्षित भई सेवा ग्राहिलाई सुरक्षित तवरले सेवा प्रदान गर्न अनुरोध गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution