• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

जित्न सकिन्छ कोरोनालाई

पशुपति खनालप्रकाशित मिति: २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १५०८ पाठक संख्या
  • Psa copy
    ‍‍‍

    काम गर्ने क्रमाम मलाई पनि कोरोना ले अछुतो राख्न सकेन तर मैले कोरोनालाई जितेर अझ परिपक्कका साथ फेरी पनि काम गर्ने सुनौलो अवसर प्राप्त गरेको छु । म संक्रमित रहदा विभिन्न कुराहरुमा अतुलनिय सहयोग गरी मलाई कोरोनासँग लड्ने सहज वातावरण प्रदान गराउनु हुने सम्पूर्ण स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सहकर्मी आदारणीय सर म्याडमहरु, चौतरा अस्पताल परिवार, चौतारा साँगाचोकगढी नगरपालिका परिवार, मेरो स्वास्थ्यलाई ख्याल राख्न आफु संक्रमित हुन समेत नडराई दिन रात मेरो निम्ति खट्ने मेरा हितैसि मित्रहरु नगेन्द्र, रजिना, फुर्तेनजी, नारायण पौडेल सर, मलाई फोन म्यसेज मार्फत कोभिडसँग लडने हौसला दिनुहुने सम्पुर्ण मेरा शुभचिन्तकहरु र आफन्त तथा परिवार जनहरुमा आभारी छु ।

    कोरोना को यो भयाभह स्थितीमा सबैजनाले ‘अहिले नगरे कहिले गर्ने, मैले नगरेर कस्ले गर्ने’ भन्ने सोच राखि आफुले सक्ने सहयोग गरी यसको नियन्त्रण तथा रोकथामाको लागि जुटौं ।

    – सकेसम्म घर देखि बाहिर काम नपरेसम्म ननिस्कौ र निस्कनै परे अनिवार्य रुपमा उचित तिरिकाले मास्कको प्रयोग गरेर मात्र निस्कौं ।

    – मानिसहरुको बीचमा जाँदा मास्कको प्रयोगगरी २ मिटरको भौतिक दुरी कायम गराै‌ ।

    – सतहमा रहेका कुनै पनि चिज छोए पश्चात र अन्य अवस्थामा पनि वारम्वार साबुन पानीले मिचिमिचि हात धुने वा स्यानिटाईजरको वारम्वार प्रयोग गर्ने बानि बसालौं ।

    – सकेसम्म महामारीको बेला यात्रा नगरौ गर्नै परे जनस्वास्थ्यका माफदण्ड प्रयोग गरेर सुरक्षित तरिकाले गरौं ।

    – जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगीहरु कोभिड– १९ रोगहरुबाट बढी जोखिम हुने भएकाले उहाँ हरुको स्वास्थ्यलाई बढि प्राथमिक्ता दिई सुरक्षित राखौं ।

    – हामीले दैनिक खाईने खाना ताजा, तातो र ठिक समयमा सन्तुलित भोजन खाने गरौर खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खाने बानि बासालौं ।

    – हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने बानि बसालौं ।

    – संक्रमण प्रभावित ठाँउबाट आएका व्यात्तिहरुलाई अनिवार्य २ हप्तासम्म क्वारेन्टाईनमा बस्न सल्लाह सुझाव दिऔं ।

    – ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध परिवर्तन हुने, पखाला लाग्ने, एकदम थकान हुने, निद्रा लागिरहने, खाना नरुच्ने ,छालामा बिमिरा आउने, आँखा रातो हुने आदि लक्षण देखिएमा नजिकको स्वास्थ्य स्वास्थ्यकर्मी वा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सम्पर्क गरौं ।

    – संक्रमित व्यात्तिहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्याक्तिहरुले स्वास्थ्यकर्मी वा स्थानीय तहसँग सम्पर्क गरी परीक्षण गराै/गराऔं ।

    – परीक्षणका लागि स्वाव दिएका व्याक्तिहरु परीक्षणको रिपोट नआएसम्म अनिवार्य होम क्वारेनटाईनमा बसौं ।

    – आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्ने बानि बसालौं । सामाजिक सञ्जाल सकभर नहेराै‌/नचलऔं । अनधिकृत समाचारले तनाव बढाउँछ ।

    – संक्रमित व्याक्तिलाई दुर व्यावाहारको गर्नको सट्टा हर्स उल्लास बनाउने बानी बसालौं ।

    – होम आईसोलेसन बस्नेहरुका लागि मेरो अनुरोधः औषधी उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एकजनालाई निको भएको औषधीले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधी सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

    – सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगरौं । हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं ।

    (लेखक खनाल स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत हुन् ।)

  • पशुपति खनाल
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution