• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

मेलम्चीलाई गिज्याइरहेको राहत

बुद्धिप्रसाद आचार्यप्रकाशित मिति: २०७८ अषाढ ५, शनिबार (५ साल अघि)
  • १६०७ पाठक संख्या
  • Bud
    ‍‍‍

    इन्द्रावती र मेलम्ची दिदीबहिनी मिलेर सुन्दर नगरी मेलम्ची र त्यसमाथिका थुप्रै पर्यटकीय क्षेत्रलाई कुरुप बनाएको चारदिन भन्दा बढी भैसक्यो । म परिचयको हिसाबले सानोतिनो पत्रकार, थोरथोरै शिक्षासेवी, अलि अलि गाउँको तुलेगाँडो फुच्चे नेता, सहकारीकर्मी, साहित्यानुरागी र बेला बेलामा मुड चल्दा कलम त त्यस्तै हो किबोर्डको माध्यमबाट आवाज ओकल्ने फेसबुके लेखक । मेलम्ची, हेलम्बु र पाँचपोखरीको यत्रो विनाशमा आजसम्म यो फेसबुकको भित्तामा एक शब्द पोख्ने हिम्मत जुटाउन सकेको छैन ।

    भन्छन् पीडा अधिक भयो भने आँसु झर्दैन रे । शायद् त्यो उक्ति म मा लागू भयो वा म आफैं निर्दयी बनें । मेलम्ची विनाशको भोलीपल्ट करिब दश बजेदेखि हरेक दिन दैनिक तीन चार घण्टाका दरले जागिरे झै विनाशमाथि पाइला टेकेर फर्किएको छु । हेरेरमात्र नपुगेर हरेक दिन एकाध फोटाहरु हातेफोनमा कैद गर्न पनि भ्याएको छु तर पोष्ट्याउने साइत जुरेको छैन । मेलम्चीबाटै चल्ने बिजुली बत्ती र त्यतैबाट जोडिएको वाइफाई मध्ये तेस्रो दिनबाट बिजुली त आयो तर वाइफाई फर्केको छैन । एकदुई थान फोटा त डाटा लिएर पनि हाल्न सकिन्थ्यो तर ग्यालरी खोल्ने बित्तिकै मन अमिलो भएर आउँछ । अनि नमीठो मानि मानि के पोष्ट्याउनु त्यसैले जाँगर मारियो शायद् ।

    मेलम्चीसंगको मेरो सामान्य सम्बन्ध त करिबकरिब २८ बर्ष पहिले एसएलसी दिन इन्द्रेश्वरी स्कुलमा जाँदा देखिकै हो तर प्रगाढ र आत्मीय सम्बन्ध भने २०६३ सालको अन्त्यतिर एउटा निजी वित्तीय संस्थाको कार्यालय प्रमुख भएर करिब साढे दुई बर्ष त्यहाँका आत्मीय मनहरुसंग बिताएपछि जोडिएको थियोे ।त्यसपछिका प्रायः दिनहरू शैक्षिक, सामाजिक अभियानमा निरन्तर मेलम्चीकै आसपासमा बितिसक्यो । मलाई लाग्छ मेलम्ची त्यसै मेलम्ची बनेको थिएन । त्यहाँका कर्मठ र कुशल मेलम्ची वासीको कठोर मेहनत, योगदान र रगत पसिनाले सिर्जित भएको थियोे । पन्ध्र बर्ष अगाडि जागिरेकोरुपमा मेलम्ची पस्दाको अवस्था, २०७८ असार १ गतेको अवस्था र आजको अवस्था त्यसै त्यसै मन कुडिने रैछ ।

    दुई गते बिहानै मेलम्ची पुगियो । दृश्य त अत्यासलाग्दो नै थियो तथापि एक मनले मलाई राहत पनि दियो यत्रो ठूलो विनाशमा मेलम्चीवासीले आफ्ना एकजना पनि प्रियजनहरु गुमाउनु परेन । यसबाटै प्रमाणित हुन्छ कि मेलम्चीवासीको चेतनास्तर कस्तो छ भन्ने । कस्तो एकता र एकमन छ भन्ने । पहिलो दिन कोही साथीहरूलाई भेट्ने साहस आएन । उस्तै गरि भोलीपल्ट पनि भारी मनमात्र बोकेर मेलम्ची पुगियो । टुलुटुलु हेर्नू र भावुक बन्नु बाहेक मसंग कुनै विकल्प पनि थिएन । न मसंग कुनै उपल्लो तहका नेताले दिएको राहतको पोका थियोे न फेसबुकमा फोटो पोष्ट्याउनका लागि अरुसंगबाट उठाएर ल्याएको दुई चार पाकेट खाद्यान्न । त्यसदिन जब एकदुई बाक्सा सामान बाँड्न चारपाँच वटा कारका लाइन मेलम्ची भीड गर्न आइपुगे त्यसपछि भने मलाई मेलम्ची बस्नै मन मरेर आयो । यो देशको बेइज्जत गर्न अरु कोहि नचाहिने भएछ । अब कथित अभियन्ता र युट्युबे पत्रकार भए काफी रैछ ।

    मलाई लाग्छ मेलम्ची त्यति कमजोर छैन । क्षति हुनबाट बचेका बाँकी बासिन्दाले मात्रै पनि एक बर्ष मेलम्चीलाई दुई छाक भात खुवाउन सक्छ । अझै त्यसमाथि राजनीतिक दलका कथित कार्यकर्ताको राहत राजनीति देख्दा त लाग्छ तिनीहरु मेलम्चीलाई सहयोग गर्न होइन गिज्याउन र गिजोल्न लागिपरेका छन् । के आफ्ना छिमेकी र वा आमालाई सहयोग गर्न काठमाडौमा नुन चामल लोड गरेदेखि मेलम्ची आइपुग्दासम्म फेसबुकमा दुई चार स्टाटस र लाइभ हाल्नु जरुरी छ ? के मैले मेरी आमालाई आज खिर खान दिए, स्याउ खान दिएँ भनेर फेसबुकमा प्रचार गरिन्छ ? कति मानवीय र आत्मीय मनहरुले दिएका सहयोग जम्मा पारेर राजनीति गर्न सरम छैन है कसैलाई ?

    सक्नुहुन्छ सकेको सहयोग पुनःस्थापना र पुन निर्माणका लागि कोष खडा भएको छ त्यसमा गर्नुस् । नत्र मजस्तै परबाट टुलुटुलु हेर्नुस्, आँसु खसाल्नुस्, जानुस् । स्वाभिमानी र कर्मठ मेलम्चीवासीको घाउमा नुनचुक छर्न मेलम्चीमा भीडभाड नगरिदिनुस् । मेलम्चीको आत्मसम्मान बचाइदिनुस् । बाढी पहिरो माथि कोरोनाको कहर नथपिदिनुस् ।

  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • गन्तव्यः चौतारा टु पाँचपोखरी

  • स्ववियु: एक चर्चा

  • बेरुजु नीतिगत भ्रष्टाचार हो, यसलाई रोकौं

  • साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution